Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लकडाउन उल्लंघनको आरोपमा बिहानै १५ सय जना कारबाहीमा

१८ वैशाख, काठमाडौं । सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि कार्यान्वय गरेको लकडाउन उल्लंघनको आरोपमा बिहीबार एक हजार ५०८ जना कारबाहीमा परेका छन् । बिहान ८ बजेसम्मको अवधिमा अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक […]

रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ, साइबर अपराधको आरोप

१८ वैशाख, काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको अनलाइनखबरलाई बताए । साइबर ब्युरो […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ३८ हजार पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण […]

महाकालीपारिबाट उद्धार गर्न ढिलाइ, सीडीओलाई फकाउँदै जनप्रतिनिधि

१८ वैशाख कैलाली । बझाङको बुंगल नगरपालिका मेयर धनबहादुर बिष्ट बिगत पाँच दिनदेखि दार्चुलामा छन् । उनीसँगै हुन्छन् बैतडीको पुर्चौडी नगरपालिकाका तीन जना वडाध्यक्ष र डिलासैनी गाउँपालिकाका अध्यक्ष । उनीहरु चारै जना प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय धाउँछन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई भेट्ने र सीमापारि अलपत्र परेका नेपाली नागरिकलाई ल्याउन आग्रह गर्ने उनीहरुको दैनिकी […]

भन्सारमा थन्किए ४ हजार कन्टेनर, व्यापारी मर्कामा

१८ वैशाख, वीरगञ्ज । नेपाल-भारत दुवैतर्फ लकडाउन भए पनि अत्यावश्यक सामान कलकत्तालगायतका बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहसम्म नियमित आइरहेका छन् । रेलमार्गबाट दैनिक ३ देखि ४ र्‍याक सामान नेपाल भित्रिरहे पनि ती सामान मालबाहक गाडीमा लोड नहुँदा स्थान अभाव मात्रै भएको छैन, कुरेर बसिरहनु पर्दा व्यापारीहरु मर्कामा पनि परेका छन् । अहिले सुख्खा बन्दरगाह (ड्राइपोर्ट)मा […]

होङ्सी सिमेन्ट कारखानामा मजदुरको मृत्यु

१८ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा एकजना मजदुरको मृत्यु भएको छ । काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर विनयी त्रिवेणी गाउँपालिका-४ का २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी […]

रुपन्देहीको सीमा क्षेत्रमा एक हजार सशस्त्र प्रहरी परिचालन

१८ वैशाख, बुटवल । रुपन्देही प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालवाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट कसैलाई पनि प्रवेश गर्न नदिएको प्रशासनको दाबी छ । बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दुरीमा ८९ वटा अस्थायी चेकपोस्टमा एक हजार सशस्त्र […]

गाउँ फर्किएका ९९ प्रतिशत क्वारेन्टाइन बाहिर

१८ वैशाख काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाले लकडाउनका बेला काठमाडौं, काभ्रे, धादिङ, सिन्धुपाल्चोक लगायतका ठाउँबाट करिब १५ लाख रुपैयाँ खर्च गरेर सात सय जनालाई घर फर्कायो । ११ वटा क्वारेन्टाइन तयार पारेर बाहिर रोकिएका नगरपालिकावासीलाई फर्काएको नगर प्रमुख काशीचन्द्र बराल बताउँछन् । त्यसरी नगरपालिका प्रवेश गरेकामध्ये १८ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । अरू सबै […]

प्रधानमन्त्रीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाए : कांग्रेस

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे प्रमुख विपक्षी नेपाली कांग्रेसले बताएको छ । सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागेको र एकपछि अर्को भ्रष्टाचारमा मुछिएको कांग्रेसको आरोप छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले […]

वैशाख अन्तिम साता बजेट अधिवेशन, जेठ पहिलो साता नीति तथा कार्यक्रम

१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको छ […]

कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो । सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र दुई दशमलव १ प्रतिशत बढेको थियो । […]

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बताएका हुन् । पहिलोपटक बेलायतले कोरोना भाइरसबाट समुदाय वा स्याहार केन्द्रमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या समावेश गरेको हो । […]

अर्थतन्त्रलाई झड्का : उच्च महत्वाकांक्षा, न्यून आर्थिक वृद्धि

१७ वैशाख, काठमाडौं । अर्थमन्त्रीमा पुर्नबहाली हुनुअघि गत माघ २९ गते डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै विकास बजेट २० प्रतिशत र राजश्वको लक्ष्य करिब ५ प्रतिशतले घटाए । तर, मन्त्री खतिवडाले त्यसबेला आर्थिक वृद्धिको अनुमान घटाएनन् । बरु उनले हौसिएर भनेका थिए, ‘ वित्तीय क्षेत्रको विस्तार समेतबाट चालु […]

रेमिट्यान्समा धक्का : एकै वर्ष १ खर्ब ६३ अर्ब घट्ने

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको अनुमानित विवरणअनुसार यो वर्ष ७ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिनेछ । यो नेपालको कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत हुनेछ । गत वर्ष नेपालमा आठ खर्ब ७९ अर्ब रेमिट्यान्स […]

नागरिक ल्याउने र पठाउने होडबाजी नगरौं : मेयर शाक्य

१७ वैशाख, काठमाडौँ । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकावासी सबैलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन्। लकडाउन जारी नै रहेका बेला काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरे। ‘पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन […]

१० नागरिकको ध्यानाकर्षणः प्रधानमन्त्रीको राजीनामा माग्नु अप्राशंगिक

१७ बैशाख, काठमाडौं । विभिन्न क्षेत्रका १० जना प्रवुद्ध नागरिकहरुले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । मुलकमा कोरोना महामारीको जोखिमविरुद्ध संघर्षमा ध्यान दिनुपर्नेमा जोड दिँदै संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा डाक्टर अर्जुन कार्की, संविधानविद विपीन अधिकारी र पत्रकार कनकमणि दीक्षितसहित सुशील प्याकुरेल, जयप्रकाश गुप्ता, […]

प्रिय साथी इरफान, बिदा !

चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो । यो खबरसँगै दुई कारणले नेपाली नाट्य क्षेत्रका सुनील पोखरेललाई पनि निकै मर्माहित पारेको छ । एउटा– राम्रो अभिनय […]

सप्तरीमा आगलागीबाट ६ घर जल्यो, एक बालक घाइते

१७ वैशाख, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट ६ जनाको घर जलेको छ । आगलागीमा परी एक जना बालक जलेर घाइते भएका छन् । सुरुङ्गा नगरपालिका ३ बस्ने हरी मण्डलको घरबाट आगलागी सुरु भएको हो । आगलागीमा परी बद्री मण्डलका ३ बर्षीय छोरा कृष्णा जलेर घाइते भएका छन् । घरमा खेलिरहेको अवस्थामा […]

बारामा संक्रमित भेटिएको दुई गाउँ सिल

१७ वैशाख, वीरगञ्ज । बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा क्षेत्रलाई प्रशासनले क्षेत्र सिल गरेको छ । जीतपुरका ४३ वर्षका र सिम्रौनगढ […]

भोकले पिरोलिएकाहरुलाई राहतमा सडेको चामल

१७ वैशाख, जनकपुरधाम । एक महिना लामो लकडाउनकाबीच छाक टार्न समस्या भएपछि धनुषाको शहीद नगरपालिका २ का चन्दर साहले वडा कार्यालयले वितरण गर्न लागेको राहत लिन गए । वडा कार्यालय पुगेपछि उनलाई दाल, चामल, नून, तेल भएको एउटा पोका दिइयो । भात खान पाइने भएपछि उनी ती सामग्री नयाँ उमंगका साथ घर ल्याए । तर, […]

लेखराज भट्ट केपी ओलीतिर लाग्दा प्रचण्ड ढुक्क !

१७ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुदूरपश्चिमका पूर्वमाओवादी नेता लेखराज भट्ट केपी ओलीको गुटमा लागेको चर्चा मिडियामा व्यापक बनेको छ । मन्त्री भट्ट आफ्नो समूहतिर आएकोभन्दै ओली पक्षका नेताहरूले खुसियाली मनाइरहेका छन् । मन्त्री भट्ट आफ्नो गुटमा आएपछि अब संसदीय दलमा प्रधानमन्त्रीको बहुमत पुग्न सहज हुने भन्दै संस्थापन पक्षका सांसदहरूको हस्ताक्षर पनि […]



from समाचार – Online Khabar https://ift.tt/2YkzZBk
via IFTTT
Powered by Blogger.