समाचार
१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो । सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र दुई दशमलव १ प्रतिशत बढेको थियो । […]
१८ वैशाख, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बताएका हुन् । पहिलोपटक बेलायतले कोरोना भाइरसबाट समुदाय वा स्याहार केन्द्रमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या समावेश गरेको हो । […]
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे प्रमुख विपक्षी नेपाली कांग्रेसले बताएको छ । सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागेको र एकपछि अर्को भ्रष्टाचारमा मुछिएको कांग्रेसको आरोप छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले […]
१७ वैशाख, काठमाडौँ । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकावासी सबैलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन्। लकडाउन जारी नै रहेका बेला काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरे। ‘पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन […]
१७ बैशाख, काठमाडौं । विभिन्न क्षेत्रका १० जना प्रवुद्ध नागरिकहरुले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । मुलकमा कोरोना महामारीको जोखिमविरुद्ध संघर्षमा ध्यान दिनुपर्नेमा जोड दिँदै संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा डाक्टर अर्जुन कार्की, संविधानविद विपीन अधिकारी र पत्रकार कनकमणि दीक्षितसहित सुशील प्याकुरेल, जयप्रकाश गुप्ता, […]
चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो । यो खबरसँगै दुई कारणले नेपाली नाट्य क्षेत्रका सुनील पोखरेललाई पनि निकै मर्माहित पारेको छ । एउटा– राम्रो अभिनय […]
१७ वैशाख, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट ६ जनाको घर जलेको छ । आगलागीमा परी एक जना बालक जलेर घाइते भएका छन् । सुरुङ्गा नगरपालिका ३ बस्ने हरी मण्डलको घरबाट आगलागी सुरु भएको हो । आगलागीमा परी बद्री मण्डलका ३ बर्षीय छोरा कृष्णा जलेर घाइते भएका छन् । घरमा खेलिरहेको अवस्थामा […]
१७ वैशाख, वीरगञ्ज । बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा क्षेत्रलाई प्रशासनले क्षेत्र सिल गरेको छ । जीतपुरका ४३ वर्षका र सिम्रौनगढ […]
१७ वैशाख, जनकपुरधाम । एक महिना लामो लकडाउनकाबीच छाक टार्न समस्या भएपछि धनुषाको शहीद नगरपालिका २ का चन्दर साहले वडा कार्यालयले वितरण गर्न लागेको राहत लिन गए । वडा कार्यालय पुगेपछि उनलाई दाल, चामल, नून, तेल भएको एउटा पोका दिइयो । भात खान पाइने भएपछि उनी ती सामग्री नयाँ उमंगका साथ घर ल्याए । तर, […]
१७ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुदूरपश्चिमका पूर्वमाओवादी नेता लेखराज भट्ट केपी ओलीको गुटमा लागेको चर्चा मिडियामा व्यापक बनेको छ । मन्त्री भट्ट आफ्नो समूहतिर आएकोभन्दै ओली पक्षका नेताहरूले खुसियाली मनाइरहेका छन् । मन्त्री भट्ट आफ्नो गुटमा आएपछि अब संसदीय दलमा प्रधानमन्त्रीको बहुमत पुग्न सहज हुने भन्दै संस्थापन पक्षका सांसदहरूको हस्ताक्षर पनि […]
१७ वैशाख, सप्तरी । हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित कोशी बाँधमा गत मृत फेला परेको सुरज साहको हत्या उनकै साथीहरुले गरेको खुलेको छ । साहको हत्या गरेको आरोपमा प्रहरीले उनका साथीहरु सुजित कुमार मुखिया, प्याँ–प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरेको छ । उनीहरुले घरेलु हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानका […]
१७ वैशाख, काठमाडौं । खाडी मुलुकहरूमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदा त्यहाँका स्थानीयवासी मात्र होइन, नेपालीहरू पनि त्रासमा छन् । किनकी वैदेशिक रोजगारीका लागि विदेश गएका धेरै नेपालीहरू जोखिममा छन् । त्यसमध्ये एक देश हो बहराइन । मंगलबार एकैदिन बहराइनमा रहेका थप ७७ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भयो । यससँगै संक्रमित […]
१७ वैशाख, विराटनगर । कोरोना महामारीका कारण आर्थिक गतिविधि घटेका बेला प्रदेश १ सरकारले सानो आकारको बजेट ल्याउने गृहकार्य सुरु गरेको छ । चालु आर्थिक वर्षका लागि वर्ष ४२ अर्ब २० करोडको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि त्यो भन्दा सानो आकारको बजेट ल्याउन लागेको हो । कोरोना महामारीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेका […]
१७ वैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकले २५० मिलियन अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने र अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री प्रदान गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ […]
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले विवादास्पद अध्यादेशलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन् । कोरोना भाइरस (कोभिड-१९) का कारण सिङ्गो देश आक्रान्त भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्ने नियतका साथ संवैधानिक परिषद्सम्बन्धी […]
१७ वैशाख, बुटवल । सैनामैना नगरपालिकाले किसानलाई मिनीटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि पेशामा किसानलाई प्रोत्साहित गर्न नगरपालिकाले अगुवा किसानहरुलाई १२ थान मिनीटेलर र हलो वितरण गरेको हो । कृषि उत्पादन बढाउने र कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र र मौसम अनुसारको बिउ वितरण गरिएको […]
१७ वैशाख, काठमाडौं । सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो […]
१७ वैशाख, काठमाडौं । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ११ लाख ५० हजार नेरुसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाँउ बस्ने २९ वर्षीय लालबाबुकुमार यादव रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले उनलाई वीरगञ्जको रजतजयन्ती चोकबाट बुधबार पक्राउ गरेको हो । भारतको रक्सौलबाट ना.६२ प ९५७१ […]
१७ वैशाख, गुल्मी । आगलागीमा परेर घाइते भएका बाग्लुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरस्थित बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक समेत रहेका ४५ वर्षीय खनाल घइते भएका थिए । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको […]
१७ वैशाख, काठमाडौं । गोर्कर्णेश्वर नगरपालिका जोरपाटीमा विहान १० बज्नुअघि नै सडकमा मानिसहरुको भीड लाग्छ । लकडाउनका कारण सरकारले सर्वसाधारणलाई घरबाहिर ननिस्कन भने पनि यहाँको सडकमा विहान १० बजे र बेलुका ५ बजे ठूलो भीड लाग्छ । यो भीड लकडाउन उल्लंघन गर्नेहरुको होइन, लकडाउनका कारण समस्यामा परेकाहरु भोको पेट भर्न आएका हुन् । जोरपाटीमा स्थानीय […]
१७ वैशाख, काठमाडौं । बालुवाटारको शक्ति र स्रोत परिचालन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले हस्ताक्षर अभियान थालेको नेकपा नेता जनार्दन शर्माले आरोप लगाएका छन् । आफूहरुले भने सांसदहरूको हस्ताक्षर संकलन नगरेको शर्माले दाबी गरे । ‘बालुवाटारमा पो शक्ति, साधन स्रोत छ र हस्ताक्षर गर्छ, हामीले के हस्ताक्षर गर्ने ? मान्छेलाई घरघर गई गाडीबाट […]
from समाचार – Online Khabar https://ift.tt/2KJy8hg
via IFTTT