समाचार
१५ वैशाख, काठमाडौं । वाणिज्य विभागले टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्तालाई अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढीमा सामान बिक्री गरेको भन्दै सोमबार जरिवाना गरिएको विभागले जनाएको छ । उपभोक्तालाई बढी मूल्यमा बस्तु बिक्री गरेको गुनासो आएपछि सोमबार विभागले सुपर मार्केटमा अनुगमन गरेको थियो । कैफियत फेला परेपछि उपभोक्ता संरक्षण […]
१५ वैशाख, डोटी । काठमाडौंबाट सोमबार गृहजिल्ला आएका डोटीका ७३ जनालाई २१ दिन क्वारेन्टाइनमा राखिने भएको छ । बन्दाबन्दी -लकडाउन) का कारण काठमाडौंमै अलपत्र परेकाहरुलाई स्थानीय तहहरुले पहल गरी घर फर्काएका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयको सवारी पास लिएर आइतबार प्रस्थान गरेका बा५ख २८६१ र बा५ख २८७३ नम्बरका दुई बसबाट उनीहरु सोमबार डोटी पुगेका […]
१५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सरकारविरुद्ध संयुक्त संघर्ष वा मोर्चाबन्दी गर्ने कुनै निर्णय नगरेको बताएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाका नेताहरू सम्मिलित बैठकले सोमबार लोकतन्त्रवादी शक्तिहरूले एकताबद्ध भएर संघर्ष गर्ने प्रतिवद्धतासहितको तीनबुँदे विज्ञप्ति आएलगत्तै थापाले यस्तो असहमति सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा […]
१५ वैशाख काठमाडौं । भलिबल अहिले नेपालको राष्ट्रिय खेल हो । भौगोलिक हिसावले देशका सबै ठाउँमा सहजै खेल्न मिल्ने खेल भएकाले यो निकै लोकप्रिय पनि छ । तर अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने नेपालले भलिबलमा उल्लेख्य सफलता हात पार्न सकेको छैन । गत वर्ष नेपालको महिला टिमले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपको उपाधि जितेपछि […]
१५ वैशाख, कैलाली । ‘हामीलाई सरकारले कहिले नेपाल आउन दिन्छ ?’ बझाङ बुंगल नगरपालिका ४ का वीरेन्द्र लोहारले सोमबार फोन गरेर सोधे । उनीसँगै एक हजारभन्दा बढी नेपाली अहिले दार्चुलापारि अलपत्र छन् । क्वारेन्टाइनमा बसेको ३० दिन पूरा भइसक्दा पनि उद्धारमा चासो नदिएको भन्दै पछिल्लो समय उनीहरुले स्थानीय प्रशासन, सञ्चारकर्मी र सरोकारवालाहरुलाई सम्पर्क गरेर आफूहरुको […]
१५ वैशाख, काठमाडौं । जनता समाज पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता गर्न गएका सत्तारुढ नेकपाका युवा विद्यार्थी नेतालाई काठमाडौं प्रहरीले जाहेरी नलिई फर्काइदिएको छ । डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्रहत्या गरेको भन्दै सोमबार युवासंघ र अनेरास्ववियूका नेताहरु […]
१५ वैशाख, काठमाडौं । आइतबार अपरान्ह काठमाडौं उपत्यकामा पानी पर्यो । लकडाउनको उल्लंघन गर्दै केही व्यक्ति सडकमा निस्किने गरेको देखिए पनि झरीका कारण सडकमा मानिसहरु भने देखिएनन् । तर, सवारीसाधनमा यात्रा गर्ने क्रम भने उस्तै थियो । सरकारले कोभिड–१९ नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि पास लिएर हिँड्ने क्रम रोकिएको छैन । बानेश्वरबाट थानकोटसम्म जाने […]
१५ वैशाख, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले लकडाउन सुरु भएयता अहिलेसम्म ४ हजार ६ सय ९२ परिवारलाई राहत वितरण गरेको जनाएको छ । प्रकोप व्यवस्थापन कोषमार्फत विपन्न, गरिब तथा दैनिक ज्यालादरी गरी जिविकोपार्जन गर्ने मजदुरलाई राहत स्वारुप खाद्यान्न वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विनियोजन गरेको रकम र स्थानीय दाताले उपलब्ध गराएको रकमबाट १२ […]
१५ वैशाख, डोटी । लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका परिवारलाई वितरण गर्न लागिएको राहातले विवाद निम्त्याएको छ । सोमबार दिपायल सिलगढी नगरपालिकाको टोली राहात वितरण गर्नका लागि वडानम्बर २ मा पुग्यो । वडा कार्यालयले उपलब्ध गराएको सूची अनुसार ३४ जनालाई राहात वितरण गर्न गएको नगर प्रमुख मन्जु मलासीसहितको टोलीमाथि प्रश्नको ओइरो लाग्यो । […]
१५ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले रकम पठाएको महिना दिनमा पनि धेरैजसो स्थानीय तहमा राहत वितरण भएको छैन । लकडाउनको समयमा राहत नपाउँदा विपन्नहरूको बेहाल भएको छ । कतिपय स्थानीय तहले सामान खरिद गर्न टेण्डर नै गरेका छैनन् । प्रदेश सरकारले लकडाउनमा राहतका लागि गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उप–महानगरपालिकालाई २० लाख र […]
१५ वैशाख, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा महत्वपूर्ण आयोजना र अत्यावश्यक वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्ने उद्योग सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको छ । सोमबार जारी गरेको सूचनामा प्रशासनले जिल्ला विपद् व्यवस्थापन समितिको वैशाख १२ गतेको निर्णयअनुसार यस्ता आयोजना र उद्योग सञ्चालन गर्न भनिएको छ । सरकारले लागु गरेको लकडाउनको […]
१५ वैशाख, राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ । एक हप्ताअघि सञ्चालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर)मा शङ्कास्पद बिरामीको स्वाब नमुना संकलन गर्ने सामग्री भिटिएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले जानकारी दिए । आइसोलेशन अस्पतालमा रहेका कोरोना शंकास्पद बिरामीको […]
१५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्न सिंगापुर सफल मानिएको थियो । उसको तारिफ हुन शुरु भएको थियो । तर, अहिले अवस्था फेरिएको छ । ५० लाख जनसंख्या भएको सिंगापुरमा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । अहिलेसम्म १३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । अहिले पनि सिंगापुरले भाइरस […]
१५ वैशाख, काठमाडौं । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् […]
१५ वैशाख, काठमाडौं । पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ । सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल)ले माफी मागेको हो । […]
१५ वैशाख, चितवन । प्रहरीले सोमबार चितवनमा दुई जना पत्रकारलाई नियन्त्रणमा लिएको छ ।भरतपुरको चौबिसकोठीमा समाचार संकलन गर्न पुगेका पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पत्रकारको परिचय दिँदा समेत ड्यूटीमा खटेका प्रहरीले जथाभावी अपशब्द बोल्दै क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दै दुर्व्यवहार गरेको उनीहरूले बताएका छन् । प्रहरीले क्यामेरामा रहेको फोटो […]
१५ वैशाख, काठमाडौं । तस्करीको लागि छोकडा बोकेर भारततर्फ जान लागेको एउटा ट्रकलाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । ना.५ख.९८५९ नम्बरको ट्रकसहित वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय निशाल भन्ने विशाल क्षत्रीलाई प्रहरीले वीरगञ्जको रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको हो । भारततर्फ तस्करी गरी लैजान लागेको विशेष सूचनाको आधारमा छोकडा लोड भएको ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले […]
१५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को शंका लागे परीक्षणमा आउन आह्वान गरेको छ । हालै मात्र केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सको आरडीटी टेष्ट पोजेटिभ आएको थियो । तर पीसीआर विधिबाट परिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ र परीक्षणको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको […]
१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरुको राजनीतिक भेटवार्ता चलिरहेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । त्यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भने वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले भेटेका छन् । दुवै नेताले छुट्टाछुट्टै भेटेको नेकपा […]
१५ वैशाख, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको पीसीआर परीक्षणमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले सोमबार पत्रकार सम्मेलन गर्दै ११ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन् । प्रतिष्ठानमा घोराही उपमहानगरपालिका-१५ र १६ का ५ जना, तुलसीपुर उपमहानगरपालिका- ६ का ५ जना र सल्यानका १ जना व्यक्तिको […]
१५ वैशाख, नारायणपुर । दाङमा ट्याक्टर दुर्घटना हुँदा सोमबार एक किशोरको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पुर्याउने क्रममा […]
from समाचार – Online Khabar https://ift.tt/2KCbJ5D
via IFTTT