समाचार
१४ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको आशय व्यक्त गरेका छन् । शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । ‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान […]
१४ वैशाख, बझाङ । बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको संक्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् । जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा […]
१४ वैशाख, वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । उनलाई आइसोलेसनमा […]
१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ । यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको […]
१४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी हुने ठानिएको रोबोट राष्ट्रिय आविष्कार केन्द्रले बनाएको छ । सो रोबोट आइतबार नेपाली सेनालाई हस्तान्तरण गरिँदैछ । सो रोबोटले कोरोनाका बिरामीहरूलाई खाना, औषधिलगायतका सामग्री पुर्याउने छ । यस्तो रोबोट नेपालकै पहिलो भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन्। ‘यसो हेर्दा यो रोबोट जस्तो देखिँदैन […]
महिना दिन भयो बन्दाबन्दीमा घरभित्रै खुम्चिएको हाम्रो समाज । सामाजिक दूरीको अभ्यासमा कैद छ समग्र अर्थतन्त्र । विश्वका करिब ९० प्रतिशत मानव बस्तीहरू यस्तै परिवेशमा छन् आज । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी संक्रमण फैलिरहेको बेला आशंका, अनुमान, अपेक्षा र आशाका बिच गुजि्ररहेको छ समय । भाइरसले केही आशंका पैदा गरेको छ । विश्वलाई ठप्प […]
१४ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या आठ सय २४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार चार सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
१४ वैशाख, काठमाडौं । कोरोनाले पारेको प्रभावबारे धेरै चर्चा भइसकेको छ र भइरहेको छ । हाम्रा साना–मझौला उद्योगहरू यसबाट धेरै प्रभावित छन् । पर्यटन उद्योग त सबैभन्दा मारमा छ नै । पहिलो कुरा हामीले यो सकंटबाट अन्तरमुखी र बन्द अर्थतन्त्र ठीक रहेछ भन्ने गलत पाठचाहिँ सिक्नु हुँदैन । बाहिरी संसारसँग भरपर्दा दुःख हुने रहेछ भन्ने […]
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार गरी स्वेद फर्काउन माग गरेकी छन् । आइतबार श्रममन्त्री रामेशवर राय यादवलाई ज्ञापनपत्र पठाउँदै सांसाद संग्रौलाले प्रवासमा रहेका श्रमिकहरु कोरोना भाइरसका कारण नराम्रोसँग प्रभावित भएकोले उनीहरुको उद्धार गर्न माग गरेकी हुन् । कांग्रेसले गठन गरेको छाया सरकारकी श्रममन्त्रीसमेत रहेका संग्रौलाले विभिन्न […]
कोरोना भाइरस डिजिज (कोभिड-१९) अथवा अहिले सार्स-२ नामाकरण गरिएको भाइरस संक्रमणका कारण विश्व नै महाविपद्को अवस्थामा छ । यो विपत्ति खास क्षेत्र, भूगोल जाति, समुदायप्रति मात्र लक्षित होइन विश्वव्यापी संक्रमणका कारण यो सिङ्गो मानव समुदायको अस्तित्वसँग जोडिएको विषय हो । यसको प्रभाव र विस्तार दिन दुई गुणा रात चार गुणाको दरमा फैलिरहेको छ । सर्वप्रथम […]
१४ वैशाख, लण्डन । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ […]
१४ वैशाख, काठमाडौं । केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी/अरब सागरबाट समेत जलवाष्पयुक्त […]
१४ वैशाख, काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । पञ्चाङ्ग निर्णायक […]
१४ वैशाख, बनियानी । झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । ‘कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्,’ सभापति […]
१४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस (कोभिड–१९) को विषयमा हुँदै आएको दैनिक प्रेस कन्फ्रेन्स बन्द गरेका छन् । ट्रम्पलाई सल्लाहकारले आगामी निर्वाचनमा यो प्रेस ब्रिफिङले असर पार्नसक्ने सुझाव दिएसँगै उनले आफ्नो नियमित प्रेस ब्रिफिङ रोक्ने निर्णय गरेका हुन् । नियमितरुपमा हुने प्रेस ब्रिफिङमा उनी पत्रकारहरुसँग विवाद गर्ने गरेका छन् । […]
१४ वैशाख, दाङ । लकडाउन जारी रहेकै बेला सडक डिभिजन कार्यालय दाङअन्तर्गत चार योजना निर्माणका काम सुरु भएका छन् । लकडाउनका समयमा रोकिएका सडकका योजनामध्ये अहिले ती योजनाका काम सुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारी जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम शुरु भएको छ । त्यस्तै घोराही–लमही सडक खण्डको सिस्ने खोला […]
१४ वैशाख, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो । साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासङ्घ नेपाल जाजरकोटका […]
१४ वैशाख, काठमाडौं । बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरसँग भने, ‘अहिले क्रसर रहेको क्षेत्र र त्यस वरपर उच्च निगरानी […]
१४ वैशाख, काठमाडौं । नेपालमा यतिबेला कोरोना भाइरसको भन्दा ‘राजनीतिक भाइरस’ को चर्चा बढी छ । तर, चीन र पश्चिमी राष्ट्रका वीचमा चाहिँ कोरोना भाइरसकै विषयमा दोषारोपण चलिरहेको छ । अमेरिका र चीनले मिलेर काम गर्नुपर्ने बेलामा झगडा गरिरहेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको चीनले दाबी गर्दै आइरहेको छ […]
१४ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण अमेरिका र युरोप सबैभन्दा बढी प्रभवित छन्, तर तीबाहेक ल्याटिन अमेरिकाका केही देशमा पनि हाल यो भाइरस तीब्र रुपमा फैलिरहेको छ । ल्याटिन अमेरिकी देश इक्वेडरमा २ मार्चमा जम्मा ६ जनामा देखिएको यो भाइरसको सक्रमण अहिले बढेर २२ हजार ७ सय ९१ पुगेको छ । त्यहाँका सरकारी अधिकारीका […]
१४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ […]
from समाचार – Online Khabar https://ift.tt/3bEPqbr
via IFTTT






















