Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पोखरामा कोरोनाबारे गुनासो सुन्न हटलाइन सेवा   

१५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ सोमबारदेखि सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी […]

तीन सय हुम्लीको उद्धार   

१५ वैशाख, सिमकोट । नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारले बाँके र सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिए । आइतबार राति सुर्खेत र […]

इलाममा सामुदायिक अस्पतालको क्वारेन्टाइन हटाइयो  

१५ वैशाख, मङ्गलबारे । इलाममा सञ्चालित एउटा क्वारेन्टाइन स्थगन गरिएको छ । इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगन गर्ने निर्णय गरेको हो । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिका लागि क्वारेन्टाइन राखिएको थियो । बैठकमा पछि आवश्यकतानुसार […]

युरोपमा नेपाली होटल तथा रेष्टुरेन्ट व्यवसायी संकटमा

१५ वैशाख, बार्सिलोना। कोभिड- १९ ले नराम्रोसँग थलिएको युरोपमा ब्यापार, व्यवसाय र लगानी गरिरहेका नेपालीहरु अहिले चिन्तित देखिएका छन्  । युरोपमा नेपाली स्वामित्वका ५० भन्दा बढी होटलहरु अहिले बन्द हुँदा व्यवसायीहरु चिन्तित बनेका हुन्। गैर आवासीय नेपाली संघका अभियन्ताहरुको “ट्रिप इन होटेल ग्रुप’ द्वारा जर्मनीमा सञ्चालित झन्डै तीन दर्जन होटेल रहेका छन् । अन्य नेपाली […]

‘मजदुर रोकौँ, उत्पादनमा जोड गरौँ’

कोभिड–१९ को संक्रमण फैलन नदिन एक महिना अघिदेखि गरिएको लकडाउनका कारण मुलुकमा हुने आर्थिकलगायत सम्पूर्ण गतिविधिहरू ठप्प भएका छन् । उद्योग–व्यवसाय बन्द हुँदा हजारौं मजदुर कामविहीन बनेका छन् । काठमाडौंमा आम्दानीका स्रोत बन्द भएपछि केहीदिनयता मजदुरहरू धमाधम गाउँ फर्कन थालेका छन् । गाउँ जानेहरूका लागि सरकारले लकडाउन बिर्सिदिएको छ । उद्योगी–व्यवसायीहरूको संगठन नेपाल चेम्बर अफ […]

कोरोना भाइरस : २ लाख ६ हजारको मृत्यु, साढे ८ लाख निको भए

१५ वैशाख, काठमाडौं । कोरोना भाइस संक्रमणका कारण विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचारपछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् । कोरोना भाइरसका कारण […]

इटलीमा लगातार तीन दिनसम्म मृतक संख्या घट्यो, लकडाउन खुकुलो बनाइने

१५ वैशाख, काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लगातार घट्दै गएपछि सात हप्तादेखिको जारी लकडाउन खुकुलो पार्ने तयारी भएको छ । भाइरसको संक्रमण फैलिन नदिन मार्च महिनाको मध्यदेखि लगाइएका कडा प्रतिबन्धका प्रावधान मे महिनाको चार तारेखदेखि खुकुलो बनाउने प्रधानमन्त्री गुइसेपे कोन्टेले बताएका छन् । उनले मानिसहरुलाई सानो संख्यामा उपस्थित भएर मास्क लगाई […]

सर्वोच्चले फेरि भन्यो : गम्भीर मानवअधिकार उल्लंघनका घटनामा क्षमादान हुन्न

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वमा भएका मानव अधिकारको गम्भीर उल्लंघनमा क्षमादान दिन नमिल्ने भनी फेरि फैसला गरेको छ । यसअघि २०७१ साल फागुन १४ गते गरेको फैसलाविरुद्ध सरकारले दिएको पुनरावलोकन निवेदन खारेज गर्दै सर्वोच्चले मानव अधिकारको गम्भीर उल्लंघनमा क्षमादान दिन नमिल्ने फैसला गरेको हो । आइतबार सर्वोच्चमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, […]

प्रधानमन्त्रीको ध्यान : कोरोना भगाउने कि कुर्सी जोगाउने ?

१४ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्दि्रत नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ । बेमौसममा अर्काको पार्टी फुटाउनका […]

अमेरिका र दक्षिण कोरियाली गुप्तचरको निष्कर्ष– किम जोन जीवित छन्

१४ वैशाख, काठमाडौं । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित […]

पूर्वकमाण्डरविरुद्ध अपहरणको जाहेरी आउँदा प्रहरी रनभुल्ल

१४ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले आइतबार फरक परिस्थितिको सामना गर्नुपर्‍यो । प्रहरीका निवर्तमान सर्वोच्च कमाण्डर सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीरबन्धकसम्बन्धी कसुरको किटानी जाहेरी उनको टेबुलमा आइपुगेको थियो । जाहेरी लिएर आउनेमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि बहालवाला सांसदहरूसमेत थिए । आइतबारबाटै काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल […]

केपी ओली रक्षात्मक, माधव नेपाल ‘रिजर्भ’मा

१४ वैशाख, काठमाडौं । नेकपाभित्र विवाद चर्किंदै गएका बेला माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सबै समस्याका बारेमा पार्टी बैठकमै छलफल हुनुपर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाव दिएका छन् । नेपालनिवास कोटेश्वरमा आइतबार तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल पक्षबाट निर्वाचित स्थायी कमिटी सदस्यहरुका भेला भएको थियो । सो भेलामा महाधिवेशनका बेला ओली पक्षमा […]

दिल्लीबाट फर्किएको ४७ दिनपछि कोरोना संक्रमण पुष्टि

१४ वैशाख, विराटनगर । भारतको नयाँ दिल्लीमा आयोजित तबलिगी जमातमा सहभागी भएर फर्किएका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । झापा बाह्रदशी-४ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चार दिनअघि परीक्षण गर्दा उनको शंकास्पद रिपोर्ट आएपछि आइतबार कोशी अस्पताल, विराटनगरमा पुन परीक्षण गरिएको […]

पोखरामा कोरोना राहत : कतै नाराबाजी, कतै वडाध्यक्षकै उजुरी

१४ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको ९ नम्बर वडा कार्यालयमा आइतबार ठूलो संख्यामा मानिसहरू जम्मा भएर नाराबाजी सुरु गरे । आफूहरू मजदुर भएको र खान–लाउनै मुस्किल भएकोले राहत दिनुपर्ने उनीहरूको माग थियो । वडाले त्यहाँ जम्मा भएका सबैको नाम राहतका लागि टिपेपछि नाराबाजी साम्य भयो । तर, वडाको दाबी छ, ‘उनीहरू कसैले उक्साएर कराएका हुन् […]

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने बताएका थिए । वैशाख २५ सम्म लकडाउन गर्ने र स्थितिमा सुधार आए सरकारको नीति तथा कार्यक्रम र […]

कोरियामा कामदार पठाउने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । भिसा आएर पनि धेरै कामदार जान नपाएपछि उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय भएको गरेको अर्थमन्त्री तथा सूचना […]

वैशाख ३१ सम्म सीमामा आवागमन रोक्ने निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ […]

र्‍यापिड टेस्ट रोक्न कांग्रेसको माग

१४ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरू र विज्ञहरूसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ […]

लकडाउनमा दालको कालोबजारी गर्ने पाँच जना पक्राउ

१४ वैशाख, वीरगञ्ज । मसुरोको दाल कालोबजारी गरेको आरोपमा बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगीसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उद्योगीहरू मोहनलाल चाचन, पवनकुमार झासहित उनका प्रतिनिधिहरू सुनिल शर्मा, सुरेश प्रसाद र सन्तोष झालाई पक्राउ गरेको हो । लकडाउनको मौका छोपेर उनीहरूले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको प्रहरीकाे दाबी छ । प्रहरीकाअनुसार पक्राउ […]

विप्लव निकट महिला संघकी केन्द्रीय अध्यक्ष बन्धु चन्द रिहा भएलगत्तै पक्राउ

१४ वैशाख, घोराही । नेत्रविक्रम चन्द (विप्लव) समूह सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई जिल्ला प्रशासन कार्यालय दाङले रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ । दाङस्थित पत्रकार जानकी चौधरीका अनुसार प्रशासन कार्यालय अगाडिबाट चन्दलाई पुनः पक्रेर प्रहरीले दाङबाट कपिलवस्तुतर्फ लगेको छ । ‘बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले […]

काठमाडौं महानगरका पसल बिहान १० बजेसम्म खोल्न छलफल

१४ वैशाख, काठमाडौं ।काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर […]



from समाचार – Online Khabar https://ift.tt/3cQYUk6
via IFTTT
Powered by Blogger.