Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लकडाउनमा विपन्नलाई निःशुल्क भोजन, पाँच दिनमै चार हजारले खाए

१३ वैशाख, काठमाडौं । काठमाडौंमा दैनिक ज्यालादारी गरेर गुजरा चलाउनेहरुले स्थानीय तहले बाँडेको राहतमा समेत पहुँच नपाएको गुनासो आइरहेका बेला टोल टोलमा विभिन्न संस्था र व्यक्तिले भोकाहरुलाई भोजन गराउने अभियान नै चलाइरहेका छन् । वडाले बाँड्ने खाद्यान्न राहतमा सम्पन्नले समेत अधिकार खोज्न थालेपछि कतिपय वडाध्यक्षहरुकै पहलमा सामुहिक भोजनको व्यवस्था गर्न थालिएको हो । काठमाडौंको महाराजगन्ज […]

कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई जना बालकको मृत्यु

१३ वैशाख, कैलाली । कैलालीको कन्द्रा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-१२ शिवपुरका-११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरी रहेका छन् । घर नजिकैको कन्द्रा नदीमा नुहाउन गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले […]

तामाकोसीमा डुबेर एक किशोरको मृत्यु

१३ वैशाख, रामेछाप । रामेछापमा तामाकोसी नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नम्बर २ टेकानपुरका १८वीर्षिय सुमन रम्तेल रहेका छन् । सदरमुकाम मन्थली नजिकै तामाकोसी नदीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको रामेछापका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । नदीमा डुबेका किशोरको उद्दार गरी […]

भैंसेपाटी पुगेर विष्णु पौडेलले गुट फेरेकै हुन् ?

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई अध्यादेश फिर्ता लिने बचन दिइसकेपछि पनि भैंसेपाटीमा नेकपाको ९ सदस्यीय सचिवालयका ६ जना नेताको अलग्गै बैठक किन बस्यो ? जुन बैठकमा महासचिव विष्णु पौडेलको सहभागितालाई लिएर ओली समूहभित्र खैलाबैला मच्चिएको थियो । जबकि, नेकपाभित्र अन्तरविरोध समाधान गर्ने भूमिकामा प्रायः मध्यस्थकर्ता बन्ने गरेका पौडेल […]

वैशाखमा पनि जाडो किन ?

१३ वैशाख, काठमाडौं । शनिबार काठमाडौंको अधिकतम तापक्रम २२-२४ डिग्री सेल्सियस मापन भयो । यो तापमान गत वर्षकोभन्दा ३ डिग्री सेल्सियस कम हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अभिलेख अनुसार २०७६ वैशाख १३ गते अधिकतम तापक्रम २५-२७ डिग्री सेल्सियस मापन भएको थियो । वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार प्रि-मनसुनी वर्षाका कारण […]

कोराना संक्रमित चितवनका युवक डिस्चार्ज

१३ वैशाख, चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं. ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ । ती युवकको शुक्रबार कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए […]

निको भइसकेकामा पुनः संक्रमण हुँदैन भन्ने छैन : डब्ल्यूएचओ

१३ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) बाट निको भइसकेका बिरामीलाई यो भाइरसको संक्रमण फेरि देखिँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नपाइएको बताएको छ । साथै डब्ल्यूएचओले शरीरमा विकास भएको एन्टिबडीले दोस्रोपटक हुन सक्ने संक्रमणबाट बचाउँछ भन्ने प्रमाण पनि नपाइएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन चेतावनी दिएको छ […]

मजदुर संगठनको माग– श्रमिकको तलब भुक्तानी देऊ

१३ वैशाख, वीरगञ्ज । विभिन्न पार्टी निकट मजदुर संगठनले श्रमिकको पारिश्रमिक भुक्तानी गर्न माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका हुन् । सरकारले २०७६ चैत १६ गते औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुले खाइपाइ आएको सम्पूर्ण पारिश्रमिक […]

‘धौलागिरिका स्वास्थ्यकर्मीले हिम्मत देखाए, धेरैधेरै धन्यवाद’

१३ वैशाख, पोखरा । फ्रान्सबाट फर्किएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गण्डकी प्रदेशमा खैलाबैला मच्चियो । उपचारका लागि पोखरा लैजाने कि टेकु (शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल) लैजाने भन्ने छलफल चल्यो । तर धौलागिरि अस्पतालका मेसु शैलेन्द्र बिके पोखरेलले बागलुङमै उपचार गर्ने हिम्मत देखाए । उनको […]

बागलुङबाट ल्याइएका पर्सा र रौतहटका मजदुर क्वारेन्टाइनमा

१३ वैशाख, वीरगञ्ज । लकडाउनमा अलपत्र मजदुर बोकेर बिहीबार बागलुङको गल्कोटबाट छुटेका दुईवटा बस गाउँ आइपुगेको छन् । पर्सा र रौतहटका मजदुर बोकेर दुईवटा बस मजदुरको गाउँ पुगेका हुन् । पर्सामा छ जना भारतीयसहित ४३ जना आइपुगेका छन् । उनीहरूमध्ये अधिकांश निर्माण कार्यमा खट्ने राज मिस्त्री र मजदुर हुन् । गल्कोट नगरपालिका वडानम्बर ५ र […]

क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण

१३ वैशाख, काठमाडौं । क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । त्यसैले क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए […]

सुनसान रमजान (फोटो फिचर)

१३ वैशाख, काठमाडौं  काठमाडौं । लकडाउनका कारण मुस्लिमहरूको मुख्य पर्व रमजानको पहिलो दिन काठमाडौंको घण्टाघरमा रहेको पञ्चकाश्मिरी तकिया सुनसान रहृयो । भित्र रहेका ४/५ जना नमाजीहरूले नमाज पढ्नेबाहेक यो वर्ष अरू नमाजीहरूलाई यहाँ प्रवेश निषेध गरिएको थियो । त्यसैले यो वर्ष अरू समयजस्तो मस्जिद नमाजीहरूले भरिएका थिएनन् । नमाज पढ्दै गरेका नमाजीमध्येका एक महोलना तालुकदार यो […]

लकडाउनमा व्यापार : लोभले लाभ, लाभले विलाप

१३ वैशाख, काठमाडौं । बढी मोल लिएर खाद्य वस्तु बिक्री गरेको भन्दै बिहीबार ललितपुर इमाडोलको कटुवाल स्टोरलाई वाणिज्य विभागले २ लाख रुपैयाँ जरीवाना गर्‍यो । खरिद मूल्यभन्दा बढी नाफा लिएर नुन, तेल र चामल बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार जरीवाना गरेको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले बताए । गत वैशाख […]

मुख्यमन्त्री गुरुङको प्रस्ताव : आवागमन रोकौँ, उत्पादन र निर्माण खुला गरौँ

१३ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारेका छन् । उनले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई टेलिफोन गरेर लकडाउनको नयाँ मोडल बनाउन प्रस्ताव गरेका हुन् । बागलुङकी कोरोना संक्रमित मनकुमारी पौडेल र अंशु सापकोटा निको भएर घर फर्किएपछि गण्डकी प्रदेश ‘ग्रिन जोन’मा परेको मुख्यमन्त्री […]

भक्तपुरमा प्राथमिकता प्राप्त विकास निर्माणको काम सुरु गर्न सुझाव

१३ वैशाख, भक्तपुर । सांसदहरूले भक्तपुरमा कोरोना भाइरस संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै उच्च प्राथमिकताप्राप्त विकास निर्माण र अत्यावश्यक व्यवसायलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् । जिल्ला समन्वय समिति भक्तपुरले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागीहरूले सो सुझाव दिएका हुन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति […]

डब्ल्यूएचओले भन्यो– नेपाल कोरोनाको अति उच्च जोखिमबाट एक स्थान तल

१३ वैशाख, काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण […]

मोटरसाइकल दुर्घटनामा प्रहरीको जवानको मृत्यु

१३ वैशाख, कोहलपुर । बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो । ड्युटी सकेर भे३प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु […]

सरकारको निष्कर्ष : लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा

१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने […]

अनुदानको रासायनिक मलसहित दुई जना पक्राउ

१३ वैशाख, वीरगञ्ज । बाराको विश्रमपुरबाट प्रहरीले ९० बोरा रासायनिक मलसहित दुई जनालाई पक्राउ गरेको छ । बिश्रामपुर–२ बस्ने महेन्द्र साह तेली र २८ वर्षीय रामबाबु पन्डित पक्राउ परेका हुन् । महेन्द्र माँ गायत्री खाद भण्डारका सञ्चालक र रामबाबु ना.६ त ७३६८ नम्बरको ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ । कालोबजारी गर्ने उदेश्यले रासायनिक मल […]

सडकमै बनाइयो स्वचालित स्यानिटाइजिङ स्टेसन

१३ वैशाख, बुटवल । कोरोना भाइरसको संक्रमण रोकथामका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर प्रवेश गर्ने सिद्धार्थ राजमार्गको नाकामा स्वचालित स्यानिटाइजेसन स्टेसन बनाएको छ । उत्तरी प्रवेशद्वार योगिकुटीमा शनिबारदेखि स्यानिटाइजेसन स्टेसन सञ्चालनमा आएको हो । राजमार्गमा गुड्ने सवारी साधन र पैदल हिँड्दै गरेका मानिसको शरीरमा प्रवेशद्वारमाथि पाइपमा जडान गरिएका १२ वटा नोजलबाट स्वचालित रुपमा सेनिटाइजर स्प्रे […]

हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण […]



from समाचार – Online Khabar https://ift.tt/2S4k0na
via IFTTT
Powered by Blogger.