Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

त्रिभुवन विमानस्थलमा बन्यो नयाँ प्रस्थान कक्ष, पुरानो भत्काइँदै

१५ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा नयाँ प्रस्थान कक्ष तयार भएको छ । नयाँ कक्ष बनेकाले अब पुरानोलाई भत्काइने छ । लकडाउनमा यात्रु नभएको मौका पारी विमानस्थलभित्र मर्मत सम्भार तथा संरचना निर्माणको काम जारी छ । सोही क्रममा नयाँ प्रस्थान कक्ष तयार पारिएको हो । यो प्रस्थान कक्ष नेपाल एयरलाइन्सले अष्ट्रेलिया […]

वीरगञ्जमा संक्रमितको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षण हुँदै

१५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका सफाइकर्मीको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । वीरगञ्ज महानगरपालिका-३ छपकैया घर भएका महानगरका एक जना सफाइकर्मीमा आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएसँगै ट्राभल हिष्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हो । पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यसहित ३३ जनाको […]

बजेटमा प्राथमिकताको सूची पहिल्याउँदै कृषि मन्त्रालय

१४ वैशाख, काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि पहिलो चरणको बजेट छलफल सम्पन्न गरेको छ ।अर्थमन्त्रालयले पठाएको प्रारम्भिक बजेट सिलिङमा टेकेर मन्त्रालयको सबै आयोजना तथा कार्यक्रमको आगामी प्राथमिकताको सूचीकरण थालिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए । मातहतका निकायसँग मन्त्रालयले एक चरणको छलफल सम्पन्न गरेको उनले बताए । ‘पहिलो […]

नेविसंघ नेता काफ्लेले दिए कोरोना कोषमा २ लाख

१५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले कोरोना राहत कोषमा दुई लाख रुपैयाँ नगद दिएका छन् । हालै वैवाहिक सम्बन्ध सुरु गरेका काफ्लेले बिहेको खर्च कटौती गरेर राहत कोषमा नगद सहयोग गरेको बताए । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनले नगद हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुकासहित स्वास्थ्य मन्त्रालयमा […]

विराटनगर महानगरपालिकाले पठाएका यात्रु काठमाडौं भित्रिए

१५ वैशाख, काठमाडौं । विराटनगरबाट ७ वटा बसमा आएका केही यात्रुहरु काठमाडौं प्रवेश गरेका छन् । नागढुंगा नाकामा यात्रुहरुको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो । मोरङ–काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाले अनलाइनखबरसँग भने, ‘सबैको नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, ज्वरो नापेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी […]

दिल्लीको धार्मिक सभामा सहभागी थिए वीरगञ्जका कोरोना संक्रमित

१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ का कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ । संक्रमितको ट्राभल हिष्ट्री अध्ययनका क्रममा भारतमा कोरोना भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको सभामा उनी पनि सहभागी भएको पाइएको हो । १ देखि १५ मार्चसम्म नयाँदिल्लीस्थित निजामुद्दीनमा तबलीगी जमातको धार्मिक सभा भएको थियो । […]

कर्णालीको बजेट निर्माण सुरु

१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरेको छ । प्रदेश सरकारले ३२ अर्बसम्मको बजेट ल्याउने गरी बन्दाबन्दी (लकडाउन) का बेलामा समेत मन्त्रालय तथा मातहतका निकायमा तयारी थालेको हो । नीति तथा कार्यक्रम र बजेटका साथै अत्यावश्यक प्रशासनिक कार्य सम्पादन गर्नुपर्ने भएकाले […]

स्वास्थ्य सचिवलाई चिकित्सक संघको चेतावनी : बोल्दा विचार गर

१५ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरूप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरूलाई विभेदीकरण गर्ने, स्थायी-अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक […]

काममा फर्किँदै जोन्सन

१५ वैशाख, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना […]

अलपत्र परेका नागरिक गाउँ फर्काउँदै ठोरी गाउँपालिका

१५ वैैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ फर्काउन सुरु गरेको छ । आइतबार पहिलो दिन चार वटा बसमार्फत दुई सय जना गाउँवासीलाई घर फिर्ता लगेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बसेका उनीहरु घर र्फकन नपाउँदा समस्यामा परेको गुनासो आएपछि […]

ढाँटेर भारतको साइत, वीरगञ्जबाट पोखरामै फिर्ता

१५ वैशाख, पोखरा । लकडाउनले बजार ठप्प हुँदा पोखरा पृथ्वीचोकबाट दुई वटा बस पूर्वतर्फ लागे । बसमा ६० जना यात्रु थिए । लकडाउनमा कहाँ हिँडे त ? उनीहरूले महानगरलाई बताए, ‘वीरगञ्ज जाने ।’ यो वैशाख ९ गतेको कुरा हो । वीरगञ्जका लागि भनेर पोखराका विभिन्न ठाउँमा काम गर्ने उनीहरूले आफैँ बसको व्यवस्था गरेर हिँडेका थिए […]

वायुसेवा कम्पनीले बनाउन थाले सुरक्षा निर्देशिका, बुद्धको जहाजमा शौचालय बन्द

१४ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय-अन्तर्राष्ट्रिय उडानलाई २ जेठसम्म प्रतिबन्ध लगाएको छ । सोहीकारण त्यतिन्जेल जहाजमा यात्रा गर्न भने पाइँदैन । तर, उडानमाथिको प्रतिबन्ध वा लकडाउन खुल्नासाथ सबै क्षेत्र कोरोनामुक्त हुन्छ भन्ने पनि होइन । यसैसन्दर्भमा पर्यटन र हवाई उद्योगसँग सम्बन्धी विभिन्न क्षेत्रले सुरक्षा निर्देशिका बनाइरहेका छन् । नेपालको निजी लगानीतर्फ सबैभन्दा बढी यात्रु बोक्ने […]

मनकामनाका पुजारीको दुईवटा बन्दुकको इजाजत खारेज

१६ वैशाख, गोरखा । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरको साथमा रहेको तीनवटा बन्दुक मध्ये दुई वटाको इजाजत खारेज गरिएको छ । सुरक्षाको लागि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको गुनासो बढेपछि लाइसेन्स खारेज गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘शिकार खेल्दै हिँडेको भनेर सामाजिक दबाब पनि बढ्यो, फेरि हाललाई आवश्यक नरहेको भनेर […]

अनलाइन कक्षा निर्देशिका जारी, आदरार्थी शब्द प्रयोग नगरे कारबाही

१५ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको छ । त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् । जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने र […]

संसारका लागि त्रासदी बनेको कोरोना एक नेपाली महिलाका लागि सामान्य

१५ वैशाख, कोपनहेगन । कोरोना भाइरसबाट संक्रमित भएको एक सातामा डेनमार्कमा एक नेपाली महिला काममा फर्केकी छन् । डेनमार्कको कोपनहेगनमा रहेकी ती महिलालाई कोरोना भाइरस बाँकी छ वा छैन भन्ने अन्तिम परीक्षण नगरी काममा फर्काइयो । उनमा पहिलो पटकको परीक्षणमा पोजेटिभ देखिएको थियो । त्यसपछि परीक्षण नै गरिएन । पहिलो परीक्षण अघिल्लो बिहीबार नै भएको […]

भारतमा कोरोना भाइरसबाट एकैदिन ४८को मृत्यु

१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार चार सय नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना […]

बच्चालाई कसरी सिकाउने ? नेपाली आमाबुबाले नर्वेबाट सिकौं

१५ वैशाख, ओस्लो । नर्वेमा विद्यार्थी लिन वा पुर्‍याउन स्कुलले गाडी पठाउँदैन । बच्चाहरु आफैं जान्छन् । किन्डरगार्डेनका बच्चाहरुलाई चाहिँ अभिभावक आफैंले पुर्‍याउने र ल्याउने गर्नुपर्छ । यसको खास कारण बच्चालाई मानसिकरुपमा असर नपरोस् भनेर हो । बुबाआमाले स्कुल वा किन्डरगार्डेनसम्म पुर्‍याउँदा बच्चाहरु आफू सुरक्षित महसुस गर्छन् र उनीहरुको सिकाइ राम्रो हुँदै जान्छ भन्ने बुझाइ […]

‘आक्रमण ओलीमाथि सीमित छैन, पार्टीमाथि भैराखेको छ’

१५ वैशाख, काठमाडौं । पूर्वमन्त्री रामचन्द्र झा मधेसका पुराना कम्युनिस्ट नेता हुन् । पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता आदर्श नेताहरुको प्रेरणाले पञ्चायतकालदेखि नै कम्युनिस्ट बनेका झा धनुषामा लामो समय तत्कालीन नेकपा एमालेको जिल्ला प्रमुख रहे । करिब १५ वर्षसम्म जनकपुर अञ्चलको इञ्चार्ज रहे । र, उनले मधेसमा एमालेको बिउ जोगाए । तर, एमालेभित्रै आफूमाथि […]

पोखरामा कोरोनाबारे गुनासो सुन्न हटलाइन सेवा   

१५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ सोमबारदेखि सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी […]

तीन सय हुम्लीको उद्धार   

१५ वैशाख, सिमकोट । नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारले बाँके र सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिए । आइतबार राति सुर्खेत र […]

जीडीपीको ५ प्रतिशत बराबरको राहत प्याकेज चाहिन्छ

कोभिड-१९ को प्रकोप सुरु हुनुभन्दा पहिला नै हाम्रो अर्थतन्त्र विस्तारै ‘स्लो डाउन’ मा गइसकेको थियो । एसियाली विकास बैंक (एडिबी) ले  नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिसकेको थियो । अहिलेको अवस्थामा त हाम्रो वृद्धि सकारात्मक भयो भने मात्रै पनि भाग्यमानी मान्नुपर्छ । कोरोनाको सन्त्राश र लकडाउनले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करिब ५ सय […]



from समाचार – Online Khabar https://ift.tt/2VDJZ72
via IFTTT
Powered by Blogger.