समाचार
१५ वैशाख, काठमाडौं । प्रहरीले वीरगञ्जबाट एक ट्रक छोकडासहति चालकलाई नियन्त्रणमा लिएको छ ना.५ख.९८५९ नम्बरको ट्रकसहित वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय निशाल भन्ने बिशाल क्षेत्रीलाई प्रहरीले वीरगञ्जको रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको हो । भारततर्फ तस्करी गरी लैजान लागेको विशेष सूचनाको आधारमा छोकडा लोड भएको ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालक क्षेत्रीलाई […]
१५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को शंका लागे परीक्षणमा आउन आह्वान गरेको छ । हालै मात्र केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सको आरडीटी टेष्ट पोजेटिभ आएको थियो । तर पीसीआर विधिबाट परिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ र परीक्षणको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको […]
१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरुको राजनीतिक भेटवार्ता चलिरहेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । त्यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भने वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले भेटेका छन् । दुवै नेताले छुट्टाछुट्टै भेटेको नेकपा […]
१५ वैशाख, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको पीसीआर परीक्षणमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले सोमबार पत्रकार सम्मेलन गर्दै ११ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन् । प्रतिष्ठानमा घोराही उपमहानगरपालिका-१५ र १६ का ५ जना, तुलसीपुर उपमहानगरपालिका- ६ का ५ जना र सल्यानका १ जना व्यक्तिको […]
१५ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित होटेल र एयरलाइन्स उद्योग बचाउन वित्तीय प्याकेज ल्याउनुपर्ने माग गरेको छ । चेम्बर अध्यक्ष राजेशकाशी श्रेष्ठले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष सुझाव पेश गर्दै होटल तथा एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न आग्रह गरेका छन्। ऋण, ऋणको ग्यारेन्टी, कर्पोरेट […]
१५ वैशाख, नारायणपुर । दाङमा ट्याक्टर दुर्घटना हुँदा सोमबार एक किशोरको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पुर्याउने क्रममा […]
१५ वैशाख, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित छन् या छैनन् ? अहिले विश्वभरका मानिसहरु यो प्रश्नको विश्वसनीय जवाफ खोजिरहेका छन् । व्यापक सञ्जाल भएका प्रख्यात अन्तर्राष्ट्रिय मिडियाहरुले ‘एस’ र ‘नो’ मा जवाफ दिन सकिरहेका छैनन् । चारै ध्रुवका अन्तरकुन्तर सूचनाहरु राख्ने शक्तिशाली देशका खुफिया एजेन्सीहरुले पनि यथार्थ पत्ता लगाउन सकेका […]
१५ वैशाख, बुटवल । नागरिक अभियान रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको ओपीडी सेवा सुचारु गर्न अस्पताल प्रशासनसँग माग गरेको छ । लकडाउनसँगै एक महिनासम्म ओपीडी सेवा बन्द हुँदा बिरामीहरु उपचार पाउनबाट वञ्चित भएको भन्दै अभियानले सेवा सुचारु गर्न माग गरेको हो । अभियानका संयोजक एवं पूर्वसभासद विनोद पहाडी नेतृत्वको एक टोलीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र […]
१५ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ । तयारी पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट एक थान मोटरसाइकल समेत जलेको छ भने गोदम आसपासका […]
१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी तीव्र भइरहेका बेला ओली र माधव कुमार नेपाल बीच समझदारी गराउने प्रयास जारी छ । दुवै पक्षका नेताहरुबीच शक्ति बाँडफाँटको छलफल हुनुअघि प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच सोमबार पुनः छलफल भएको छ । ओली र नेपालबीच एक्लाएक्लै कुराकानीपछि दुवैतर्फका नेताहरु संवादमा जुटेका छन् । […]
१५ वैशाख, काठमाडौं । चीनको वुहान सहरबाट कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको थियो । आइतबार त्यही वुहानमा कोरोना भाइरसका बिरामीको संख्या शून्यमा झरेको छ । वुहानका अस्पतालहरूका रहेका कोभिड–१९ का सबै बिरामीलाई डिस्चार्ज गरिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले यो उपलब्धि वुहानका स्वास्थ्यकर्मीको कडा मेहनत र उनीहरूको सहयोगको कारण […]
१५ वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुहरु १० घण्टादेखि थानकोटमा अलपत्र परेका छन् । महानगरले अलपत्र परेकाहरुलाई सात वटा गाडीमा राखेर १६० जनालाई पठाएको थियो । आइतबार ३ बजेतिर गाडी चढेका उनीहरु विहान ५ बजेतिर थानकोट आइपुगेका थिए । ‘काम परेर जाँदा लकडाउनका कारण उतै थुनिएका थियौं । स्थानीय तहले पास बनाएर पठाएपछि […]
कारोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण देशभरको जनजीवन ठप्पजस्तै छ । यसबाट अर्थतन्त्रमा परेको प्रभावबारे विस्तृत अध्ययन गर्ने जिम्मेवारी सरकारले राष्ट्रिय योजना आयोगलाई दिएको छ । त्यसो त सरकारको सल्लाहकारका रुपमा योजना आयोगको जिम्मेवारी अल्पकालीन, मध्यमकाल र दीर्घकालीन योजना निर्माणमा खटिनु नै हो । तर, विशेष निर्णयबाटै जिम्मेवारी आइसकेपछि आयोगले महत्वका साथ यसमा […]
१५ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा नयाँ प्रस्थान कक्ष तयार भएको छ । नयाँ कक्ष बनेकाले अब पुरानोलाई भत्काइने छ । लकडाउनमा यात्रु नभएको मौका पारी विमानस्थलभित्र मर्मत सम्भार तथा संरचना निर्माणको काम जारी छ । सोही क्रममा नयाँ प्रस्थान कक्ष तयार पारिएको हो । यो प्रस्थान कक्ष नेपाल एयरलाइन्सले अष्ट्रेलिया […]
१५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका सफाइकर्मीको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । वीरगञ्ज महानगरपालिका-३ छपकैया घर भएका महानगरका एक जना सफाइकर्मीमा आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएसँगै ट्राभल हिष्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हो । पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यसहित ३३ जनाको […]
१४ वैशाख, काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि पहिलो चरणको बजेट छलफल सम्पन्न गरेको छ ।अर्थमन्त्रालयले पठाएको प्रारम्भिक बजेट सिलिङमा टेकेर मन्त्रालयको सबै आयोजना तथा कार्यक्रमको आगामी प्राथमिकताको सूचीकरण थालिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए । मातहतका निकायसँग मन्त्रालयले एक चरणको छलफल सम्पन्न गरेको उनले बताए । ‘पहिलो […]
१५ वैशाख, काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । पछिल्लो समय स्थानीय तहहरूले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरू भन्दै सात वटा गाडीमा एक सय ६० जनालाई काठमाडौं उपत्यकामा पठायो । साथै, […]
१५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले कोरोना राहत कोषमा दुई लाख रुपैयाँ नगद दिएका छन् । हालै वैवाहिक सम्बन्ध सुरु गरेका काफ्लेले बिहेको खर्च कटौती गरेर राहत कोषमा नगद सहयोग गरेको बताए । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनले नगद हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुकासहित स्वास्थ्य मन्त्रालयमा […]
१५ वैशाख, काठमाडौं । नेकपाभित्रको अन्तरविरोध चरम बिन्दूमा पुगेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँट गरेर जोगिन अन्तिम प्रयत्न थालेका छन् । नेपालसँगै समझदारी गरेर अघि बढ्न दबावमा परेका ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरुलाई खटाएका छन् । बालुवाटार स्रोतका अनुसार आज (सोमबार) ओली पक्ष र […]
१५ वैशाख, काठमाडौं । विराटनगरबाट ७ वटा बसमा आएका केही यात्रुहरू काठमाडौं प्रवेश गरेका छन् । नागढुंगा नाकामा यात्रुहरूको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो । मोरङ-काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाले अनलाइनखबरसँग भने, ‘सबैको नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, ज्वरो नापेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी […]
from समाचार – Online Khabar https://ift.tt/2Yax8e4
via IFTTT