समाचार
१७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ । मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र […]
१६ वैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको अनलाइनखबरलाई बताए । ‘एक […]
१६ वैशाख, काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई […]
१६ वैशाख, काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । चैत मसान्तसम्मको कायम ब्याजदरमा […]
१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका […]
१६ वैशाख, काठमाडौं । लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कडाइ गर्न परिपत्र गरेपछि मजदुर लिन विभिन्न जिल्लाबाट सवारीसाधान पठाउने क्रम रोकिएको छ । जनप्रतिनिधिले आफू खुशी सर्वसाधारण ओसार्न थालेकाले जोखिम बढेको गृहको निष्कर्ष छ । त्यसैले सवारी साधानको आवत जावतलाई पूर्णतः रोक लगाइएको गृहको भनाइ छ । मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले सोमबार जारी गरिएको […]
१६ वैशाख, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ । ती सबै कागजात […]
१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारलाई बजार अनुगमन गर्न निर्देशन दिएको छ । ‘लकडाउनको अवधिमा बजारमा कालोबजारी मौलाएकाले सरकारलाई कालोबजारी नियन्त्रणका लागि लागि बजार अनुगमन गर्न निर्देश गरेका हौं’ समिति सभापति रामनारायण बिडारीले अनलाइनखबरसँग भने । मंगलबार बसेको समिति बैठकले सरकारलाई बन्दाबन्दीको समयमा नागरिकले पालना गर्नुपर्ने कर्तव्यसहितका विषय […]
१६ वैशाख, काठमाडौं । महामारीका वेला थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शुलभ अग्रवालको कसूर अदालतले हेर्ने भएको छ । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क), ३ (१) तथा ५ मा उल्लेखित कसूरमा एक वर्ष कैद सजायको व्यवस्था भएकाले यो जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्छ । तर, […]
१६ वैशाख, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किए । त्यसको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्ट पोजेटिभ आयो । रौतहटका दुई जनाको दुई पुरुषको पनि जनकपुरमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । क्वारेन्टाइनमा बसेका उनीहरु घर फर्किए । […]
१६ वैशाख, काठमाडौं ।नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिमिण्डलले मंगलवार अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई भेटी कोरना भाइरस (कोभिड–१९) ले निर्माण उद्योगमा परेको असर र समस्या समाधानका सम्बन्धमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिमिण्डलले लकडाउनले गर्दा विकास निर्माणका कार्यहरु ठप्प रहेको जानकारी गराउँदै आगामी आर्थिक वर्षको बजेट मार्फत व्यवसायीहरुको माग सम्बोधन गर्न […]
१६ वैशाख, विराटनगर । प्रदेश सरकारले मोरङको मिक्लाजुङ गाउँपालिकाको टाँडीमा निर्माण गरेको अस्थायी क्वारेन्टाइन सुन्दरहरैचा नगरपालिकामा पर्ने गोठगाउँमा सार्ने भएको छ । अस्थायी टेन्टबाट बनाइएको क्वारेन्टाइनमा हावाहुरी र वर्षाले असर गरेपछि गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको भवनमा क्वारेन्टाइन सार्न लागिएको हो । कोरोनाका संक्रमणको संकास्पद तथा विदेशबाट आएकाहरुलाई राख्नका चैत पहिलो साता प्रदेश सरकारले दुईसय […]
१६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १४ स्थित गण्डक अस्पताल र वीरगञ्ज महानगरबीच कोभिड अस्पताल स्थापना गर्ने सहमति भइसकेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति नदिएका कारण सञ्चालनमा आउन सकेको छैन । महानगरले कोभिड–१९ अस्पताल सञ्चालन गर्न निजी अस्पतालसँग सम्झौता गरे पनि कार्यान्वयन नभएपछि अन्यौलको अवस्थामा छ । मन्त्रालयले सञ्चालन अनुमति नदिएका कारण […]
१६ वैशाख, विराटनगर । विराटनगरमा अस्पताल भर्ना भएका कोरोना संक्रमित अस्पतालमै रोजा (ब्रत) बसेका छन् । इस्लाम धर्म मान्नेहरुको पवित्र पर्व रमजान शनिबार सुरु भएको छ । यो पर्वमा एक महिनासम्म दैनिक ब्रत बस्ने गरिन्छ । शनिबार अस्पतालमा भर्ना भएका मुस्लिम समुदायका २८ जना कोरोना संक्रमितले रोजा बसेका थिए । तर मंगलबारबाट १७ जना मात्र […]
१६ वैशाख, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाल राष्ट्र बैंकले क्रान्तिकारी निर्णय गरेर परिपत्र जारी गरेको प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार परिपत्र जारी गर्दै कोरोना प्रभावित क्षेत्रहरुका लागि चौथो त्रैमासको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ । राष्ट्र […]
१६ वैशाख, काठमाडौं । सरकारले एक वर्ष नपुग्दै सार्वजनिक खरिद नियमावलीमा पाँचौं पटक संशोधन गरेको छ । वैशाख १५ मा राजपत्रमा प्रकाशित नियमावलीको दशौं संशोधनले यसअघि तोकिएको समयमा काम गर्न नसकेपनि म्याद थप गर्न छुटेका ठेक्काहरुलाई फेरि एक वर्षको मौका दिएको छ । सरकारले १४ पुस २०७६ मा व्यवसायीहरुको मागअनुसार नियमावलीमा नवौं संशोधन गरेको थियो […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै सरोकारवालाले अर्को कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । संक्रामक रोग ऐनलाई संशोधन गर्ने वा नयाँ ऐन ल्याउने भन्ने विषयमा मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भयो । छलफलमा सांसद र विज्ञले मुख्य तीनवटा […]
१६ वैशाख, वीरगञ्ज । लकडाउनको मौका छोपेर उपभोक्ता ठगिएको गुनासो आएपछि वीरगञ्जमा सोमबार बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले अनगुमनका क्रममा ५ वटा पसललाई कारबाही गरिएको छ । वीरगञ्ज–८ को रत्न जनरल स्टोर्स, वीरगञ्ज–५ को राजेश किराना सप्लायर्स, रोशन किराना पसल, वीरगञ्ज–१२ उजाला स्टोर र वीरगञ्ज आरसी फुड प्रोडक्टसलाई कारबाही गरिएको वाणिज्य, […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भयो । लकडाउन भएदेखि संहदरबारभित्रका सबै क्यान्टिन बन्द छन् । परिणाममा सिंहदरबारभित्रका कुकुरहरु खान नपाएर मर्न थालेका छन् । मानिसहरुको आवतजावत हुँदा क्यान्टिनहरु सञ्चालनमा हुन्थे । त्यही क्यान्टिनबाट फालिएका खानेकुरा खाएर सिंहदरबारभित्रका कुकुर बाँचेका थिए । मंगलबार नेपाली कांग्रेस र […]
१६ वैशाख,काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ प्रकरणलाई लिएर डा. बाबुराम भट्टराई, हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध गाली बेइज्जतीको मुद्दा जाहेरी लिएर गएका सत्तारुढ नेकपाका युवा नेताहरुलाई पनि सरकारी वकिलको कार्यालयले फिर्ता पठाएको छ । अपहरण प्रकरणमा महेश बस्नेत र सर्वेन्द्र खनाल सहितविरुद्ध जाहेरी लिएर जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिलको कार्यालयमा […]
from समाचार – Online Khabar https://ift.tt/3aJETu3
via IFTTT