Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रौतहटमा संक्रमितको सम्पर्कमा आएका ४६ जनाको स्वाब संकलन

१७ वैशाख, रौतहट । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ मा कोभिड १९ का थप दुई संक्रमित भेटिएपछि उनीहरुको सम्पर्कमा आएका ४६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका भुसहाका २५ वर्षीय युवक र दिल्लीबाट फर्किएर घर परिवारसँगै केही दिन बिताएर क्वारेन्टाइनमा गएका देवाही गोनाही १ का […]

लेखराज भट्ट केपी ओलीतिर लाग्दा प्रचण्ड ढुक्क !

१७ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुदूरपश्चिमका पूर्वमाओवादी नेता लेखराज भट्ट केपी ओलीको गुटमा लागेको चर्चा मिडियामा व्यापक बनेको छ । मन्त्री भट्ट आफ्नो समूहतिर आएको भन्दै ओली पक्षका नेताहरुले खुशियाली मनाइरहेका छन् । मन्त्री भट्ट आफ्नो गुटमा आएपछि अब संसदीय दलमा प्रधानमन्त्रीको बहुमत पुग्न सहज हुने भन्दै संस्थापन पक्षका सांसदहरुको हस्ताक्षर […]

विराटनगरमा कोरोना अस्पतालको फोहोर कसरी गरिन्छ बिसर्जन ?

१७ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना भाइरस संक्रमित ३१ जना छन् । सबै संक्रमितको विराटनगरको अस्थायी कोरोना विशेष अस्पतालमा उपचार भइहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल आसपासका मानिसहरुले फोहोर व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयप्रति चासो राखिरहेका छन् । कोरोना अस्पतालका चिकित्सक सिनियर फिजिसियन डा. दीपक सिग्देल फोहोर व्यावस्थापन प्रभावकारी रुपमा भइरहेको […]

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

१७ वैशाख, काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर (एक लाख २६ हजार १८ रुपैयाँ) पुगेको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस आँकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो । […]

प्रिय साथी इरफान, बिदा !

चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो । यो खबरसँगै दुई कारणले नेपाली नाट्य क्षेत्रका सुनील पोखरेललाई पनि निकै मर्माहित पारेको छ । एउटा– राम्रो अभिनय […]

कैलालीमा प्रहरी कार्यालयभित्रै प्रहरी जवान मृत भेटिए

१७ वैशाख, कैलाली । कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत फेला परेका छन्। अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन् । कैलालीको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष […]

लकडाउन अवधिमा विराटनगर नाकाबाट साढे १९ हजार टन खाद्यान्न भित्रियो

१७ वैशाख, विराटनगर । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा पनि ठूलो परिमाणमा विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी र फलफूल भित्रिएको छ । लकडाउनको ३५ दिनको अवधिमा सो नाकाबाट ७१ करोड ४० लाख ५९ हजार ९ सय १७ रुपैयाँ मूल्य बराबरको १९ हजार पाँच सय ४ टन खाद्यान्न, तरकारी र फलफूल […]

नेकपा विवादबारे बुद्धिजीवीहरू के भन्छन् ?

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले कोभिड–१९ महामारी बिर्साएको छ । पछिल्लो पटक राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशपछि नेकपाभित्रको बेमेल सतहमा आएको हो । नोवल कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारणले विवाद देखिएको विश्लेषकहरू बताउँछन् । कतिपय विश्लेषक भने जतिसुकै विवाद भए पनि कोरोना […]

कोराना रोक्न स्थानीय तहले गर्नुपर्ने चार दर्जन काम

इतिहासको विभिन्न कालखण्डमा विश्वका विभिन्न देशहरु र ती देशका मानिसहरुले अपूरणीय क्षतिहरु व्यहोर्दै विभिन्न प्रकारका विपदहरुको कडा सामना गरेका देखिन्छन् । विपद व्यवस्थापन मुख्यत: चार चरणमा गर्न सकिन्छ: १. अल्पीकरण २. पूर्वतयारी ३. प्रतिकार्य योजना र ४. पुनर्लाभ । नेपालको सन्दर्भमा यस महामारीको विपद् व्यवस्थापनको लागि पूर्वतयारी र प्रतिकार्य योजनामा विशेष ध्यान दिई सरकार, सरोकारवाला […]

इतिहासमै पहिलोपटक विश्वका शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द

१७ वैशाख, काठमाडौं । कोभिड १९ ले विश्व पर्यटन क्षेत्र कसरी शिथिल बनेको छ, यो बुझ्नका लागि संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (यूएनडब्लूटीओ)को पछिल्लो अध्ययन नै काफी छ । संगठनले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार संसारभरि शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द भएका छन् । संगठनका अनुसार विश्वका हरेक मुलुकले विदेशी नागरिकलाई घुमघामको प्रयोजनमा प्रवेश गर्न रोक […]

प्रधानमन्त्री ओलीलाई कार्यशैली सुधार्न नेकपा मसालको सुझाव

१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले प्रधानमन्त्री  केपी  शर्मा  ओलीलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएको छ । वैशाख १४ गते बसेको पोलिट्ब्युरो समितिको भिडियो बैठकले प्रधानमन्त्री ओलीको व्यक्तिगत र स्वेच्छाचारी प्रकारको कार्यशैलीले कार्यशैलीले सरकारको सम्पूर्ण कार्यप्रणालीमा नकारात्मक असर पारेको र अव्यवस्था तथा विग्रहको स्थिति पनि उत्पन्न भएको ठहर गरेको छ । ‘हाम्रो […]

‘घाेषणा भएकाे २ प्रतिशत ब्याज छुट पाउन पनि गाह्राे छ’

१७ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको सहुलियत प्याकेजलाई उद्योगी-व्यवसायीले सहुलियतको रुपमा महसुस गर्न नसक्ने  बताएका छन् । राष्ट्र बैङ्कले २ प्रतिशत ब्याज छुट हुने भने पनि त्यो सबैले पाउन नसक्ने भएकाले यसलाई सहुलियतको रुपमा लिन नसकिएको बताएका हुन् । राष्ट्र बैङ्कले कोरोना प्रभावित ऋणीहरूका लागि […]

कृषि मन्त्रालयको आग्रह-जमिन बाँझो नराख्नुस्, कृषि पसल खोल्नुस्

१७ वैशाख , काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जमिन बाँझो नराख्न र कृषि फसल बिक्रीवितरण गर्ने पसल बन्द नगर्न पुनः आग्रह गरेको छ । लम्बिँदै गएको लकडाउन र भत्किँदो अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्थाले खाद्य असुरक्षाको अवस्था आउनसक्ने भन्दै मन्त्रालयले कृषक, उद्योगी, स्थानीय तह र स्थानीय प्रशासनहरूलाई सहजीकरण बढाउन अनुरोध गरेको छ । मन्त्रालयले जारी […]

सरकारलाई विकास समितिको निर्देशन : विदेशबाट फर्किएकालाई रोजगारी देऊ

१७ वैशाख, काठमाडौं । संसदको विकास समितिले विदेशबाट फर्किनेहरुलाई रोजगारी दिने गरी विशेष राहत प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ । लकडाउनअघि ठूलो संख्यामा नेपालीहरु भारतबाट घर फर्किएका थिए भने लकडाउन खुलेपछि पनि वैदेशिक रोजगारीमा रहेकाहरु नेपाल फर्किने सम्भावना छ । सरकार स्वयंले यसरी फर्किनेको संख्या ३ लाखभन्दा बढी हुने अनुमान गरेको छ । विकास […]

वीरगञ्जमा थपिएको भनिएको कोरोना संक्रमित पुरानै

१७ वैशाख, काठमाडौं । वीरगञ्जमा थपिएका भनिएका कोरोना संक्रमित नयाँ नभएको पाइएको छ । आइतबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमित पुष्टि भएर नारायणी अस्पतालमा  उपचाररत ५० वर्षीय पुरुषको पुन: परीक्षणको रिपोर्ट बुधबार पनि पोजेटिभ आएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले त्यसलाई नयाँ केसको रुपमा गणना गरेका थिए । ‌ त्यसै सूचनाका […]

महोत्तरीमा एकै गाउँका ४ जनाको रहस्यमय मृत्यु   

१७ वैशाख, जलेश्वर  । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए । उनका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय मोहन चौधरी, […]

बाबुरामले ओलीलाई दाँजेका ‘भष्मासुर’ को हुन् ?

१७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको एउटा अन्तर्वार्ताले हिन्दू धर्मका एक पौराणिक पात्रलाई राजनीतिक चर्चामा मुछिदिएको छ । शक्तिको दुरुपयोग गर्ने नकारात्मक बिम्बका रुपमा प्रयोग गरिएका ती पात्र हुन्–भष्मासुर । रेडियो नेपालको अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका थिए । यही विषयमा रेडियो नेपालले औपचारिक विज्ञप्ति नै निकालेर माफी […]

संसद भवनमा बजेट अधिवेशनको चटारो

१७ वैशाख, काठमाडौं । बजेट अधिवेशन सुरु गर्ने तयारी भएसँगै बैठक कक्षको व्यवस्थापनको चटारो सुरु भएको छ । बैठक कक्षका कुर्सी टेबुल मिलाउने, रंग रोगन गर्ने लगायतका काम अहिले चलिरहेको छ । जेठ १५ गते वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ । बजेट भाषण सुरु हुनु अगाडि राष्ट्रपतिले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को […]

बाराका २५० मजदुर परिवारलाई राहत 

१७ वैशाख, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका र देवताल गाउँपालिकामा मजदुरी गरी जीवनयापन गर्ने २ सय ५० परिवारलाई राहत वितरण गरिएको छ । कारितास नेपालको आर्थिक सहयोगमा जन जागरण युवा क्लब ( जेजेवाईसी) बाराले अति विपन्न २ सय ५० घरपरिवारलाई राहत वितरण गरेको हो । संस्थाका अनुसार देवताल–७ मा प्रति परिवार ३० किलो चामल, ३ किलो […]

राष्ट्र बैङ्कको सहुलियत प्याकेजले निजी क्षेत्र उत्साहित हुँदैन : चेम्बर अध्यक्ष श्रेष्ठ

१७ वैशाख, काठमाडौं । उद्याेगी-व्यवसायीहरूको संगठन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैङ्कले दोस्रो पटक ल्याएको सहुलियत प्याकले निजी क्षेत्रलाई उत्साहित नबनाएको बताएका छन् । राष्ट्र बैङ्कले मंगलबार कोरोना प्रभावित ऋणीलाई चौथो त्रैमासको ब्याजमा दुई प्रतिशत छुट दिन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । तर, यसले निजी क्षेत्रलाई सहुलियत महसुस […]

मोबाइल लुटपाट गरेको अभियोगमा दुई युवक पक्राउ

१७ वैशाख, काठमाडौं । मोबाइल लुटपाट गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिश सुनारसहित २ जना मंगलबार दिउँसो पक्राउ परेका छन्  । उनीहरुले बुढानीलकण्ठ नगरपालिका- ६ बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले बुढानीलकण्ठ नगरपालिका-४ पञ्चकन्या मन्दिरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ […]



from समाचार – Online Khabar https://ift.tt/2KFwxcy
via IFTTT
Powered by Blogger.