समाचार
१७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको प्रयासलाई अमेरिकी अधिकारी र स्वास्थ्य विशेषज्ञहरुले भियतनाम युद्धसँग तुलना गर्दै आएका छन् । अहिले अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भियतनाम युद्धको भन्दा बढी पुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट २० वर्ष चलेको भियतनाम युद्धभन्दा धेरैको मृत्यु भएको हो । भियतनाम युद्ध सन् १९५५ मा सुरु भएर […]
१७ वैशाख, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका र देवताल गाउँपालिकामा मजदुरी गरी जीवनयापन गर्ने २ सय ५० परिवारलाई राहत वितरण गरिएको छ । कारितास नेपालको आर्थिक सहयोगमा जन जागरण युवा क्लब ( जेजेवाईसी) बाराले अति विपन्न २ सय ५० घरपरिवारलाई राहत वितरण गरेको हो । संस्थाका अनुसार देवताल–७ मा प्रति परिवार ३० किलो चामल, ३ किलो […]
१७ वेशाख, काठमाडौं । उद्याेगी–व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकले दोस्रो पटक ल्याएको सहुलियत प्याकले निजी क्षेत्रलाई उत्साहित नबनाएको बताएका छन् । राष्ट्र बैंकले मंगलबार कोरोना प्रभावित ऋणीलाई चौथो त्रैमासको ब्याजमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । तर यसले निजी क्षेत्रलाई सहुलियत महसुस […]
१७ वैशाख, काठमाडौं । मोबाइल लुटपाट गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिश सुनारसहित २ जना मंगलबार दिउँसो पक्राउ परेका छन् । उनीहरुले बुढानीलकण्ठ नगरपालिका- ६ बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले बुढानीलकण्ठ नगरपालिका-४ पञ्चकन्या मन्दिरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ […]
पाटन अस्पताललाई सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने अस्पताल तोकेको छ । पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका आमाछोरा पाटनमै उपचार गरेर घर फर्किएका छन् । तर पाटनमा अरु बिरामीको पनि नियमित उपचार चलिरहेको छ । कोरोना र अरु बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा बिरामी र आफन्तहरु स्वयंम पनि असहज महसुस गर्ने गरेका छन् । तर पाटन […]
१७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार सात पुगेको हो । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७० भन्दा धेरै मानिसको मृत्यु भएको हो । भारतमा एकैदिनमा मृत्यु हुनेको यो […]
१७ वैशाख, रामेछाप । रामेछापका स्थानीय तहले दीर्घरोगीलाई टोलटोलमा औषधि पुर्याउन सुरु गरेका छन् । लकडाउनका कारण नियमित औषधि सेवनमा समस्या परेका दीर्घरोगीहरुलाई लक्षित गरी स्थानीय तहहरुले औषधि वितरण सुरु गरेका हुन् । स्थानीय तहहरुले वडा कार्यालयमार्फत दीर्घरोगीका बिरामीहरुको तथ्यांक संकलन गरी औषधि वितरण कार्य अघि बढाएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए । […]
१७ वैशाख, काठमाडौं । सत्तारुढ नेकपाका दुई नम्बर प्रदेश अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प माधव नेपाल हुन नसक्ने बताएका छन् । उनले ओलीको विकल्प प्रचण्डबाहेक अरु हुन नसक्ने बताएका हुन् । पार्टीभित्रको विवादबारे पहिलोपटक मुख खोलेका साहले सचिवालयका नेताहरुले द्वन्द्व होइन, एकतालाई रोज्नुपर्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै साहले भने- […]
१७ वैशाख, काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत वर्ष खान गम्भिर अस्वस्थ […]
१७ वैशाख काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्वफुटबल खेलाडीको अमेरिकामा मृत्यु भएको छ । ललितपुरको ए डिभिजन फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका मशेह पन्थीको कोरोना लागेर मृत्यु भएको हो । फ्रेण्ड्स क्लबलको यसको सामाजिक सञ्जालमा पोष्ट गर्दै पुष्टि गरेको छ । फ्रेण्ड्स क्लबले ग्रेट स्पोर्ट्स पर्सन गुमाएको भन्दै दु:ख […]
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार बिहान संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् । सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । साथै भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय […]
१७ वैशाख, भरतपुर । चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो । ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छन् । उनमा वैशाख ५ गते […]
१७ वैशाख, काठमाडौं । विवादमा परेपछि भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालले फेसबुक पेज बन्द गरेको छ । अस्पतालका सामग्री चोरीको गम्भीर आरोप लागेका कर्मचारीको पक्षमा निकालिएका विभिन्न व्यक्ति तथा संगठनका विज्ञप्ति अस्पतालको आधिकारिक फेसबुक एकाउण्टबाट सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि अस्पतालको फेसबुक एकाउण्ट बन्द गरिएको हो । अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद […]
१७ वैशाख, काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ को नयाँ नीति तथा कार्यक्रमा औद्योगिक पूर्वाधार र स्वरोजगारमुलक कार्यक्रममा ध्यान दिन सांसदहरुले उद्योग मन्त्रालयलाई सुझाव दिएका छन् । मन्त्रालयले मंगलबारदेखि सुरु गरेको बजेट छलफलमा सुदूरपश्चिम र प्रदेश पाँचबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले यस्तो धारणा राखेका हुन् । छलफलमा मुलुकमा औद्योगिकीकरणको युग सुरुवात गर्न के गर्न सकिन्छ भन्ने […]
१७ वैशाख, वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी […]
१७ वैशाख, काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयहरुले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा भने सावधानीका सबै उपायहरु अपनाइ सञ्चालन गर्न र एसईईलाई आगामी वर्षदेखि सदाका लागि अन्त्य गर्न प्रतिष्ठानको राय छ […]
१७ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशन (बजेट अधिवेशन) बोलाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर सभामुख सापकोटाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बजेट अगाडि आउनुपर्ने नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा […]
१७ वैशाख, चितवन । भरतपुर कोरोना विषेश अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले खर्च अनुमोदन गरेको जनाएको छ । कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले कार्यदलको सोमबार बसेको बैठकले खर्च अनुमोदन गरेको बताए । तर, केही सदस्यहरूले भने यसबारेमा अनभिज्ञता प्रकट गरे । प्रदेश सरकारको एक करोड सशर्त अनुदान र भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन […]
१६ वैैशाख, जनकपुरधाम । धनी वर्गलाई राहत दिएको भन्दै सर्लाहीको बलरा नगरपालिकाका विपन्नले स्थानीय तहको राहत बहिष्कार गरेका छन् । बलरा नगरपालिका-३ का विपन्न परिवारले राहत बहिष्कार गरेका हुन् । वडा कार्यालयले मंगलबार बिहान राहत वितरण गर्न लाग्दा बिघौं जग्गा हुनेदेखि सरकारी जागिरेसमेतलाई राहत उपलब्ध गराउन लागेको भन्दै दलित, गरीब र विपन्नले राहत लिएनन् । […]
१७ वैशाख, दिपायल । डोटीको सायल गाउँपालिका-२, लुसाकोटका कर्ण थापा उमेरले नौ वर्षका मात्र भए । विद्यालय जानु पर्ने, साथीभाइहरुसँग रमाउनुु पर्ने यो बालापन उनका लागि सपना जस्तै भयो । कर्णका लागि मात्रै होइन, उनका भाइ सात वर्षीय दीपक र पाँच वर्षीया बहिनी जानकीले पनि बालापनमा रमाउने रहर गुमाए । रोजगारीका लागि भनी पाँच वर्ष […]
१७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूले नयाँ शैक्षिक सत्रको लागि भर्ना कार्यक्रम सुरु गरेका छन् । सो गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरूमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो । दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयले अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । नयाँ शैक्षिक […]
from समाचार – Online Khabar https://ift.tt/3eZCcbe
via IFTTT