समाचार
१८ वैशाख, विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर एक संसदीय दलले कोभिड १९ को बढ्दो संक्रमण, रोकथाम र नियन्त्रणका लागि तत्काल पीसीआर परीक्षणको दर बढाउन माग गरेको छ । संघीय र स्थानीय सरकारसँग समन्वय गरी पीसीआरको परीक्षण दर बढाउन कांग्रेसले माग गरेको हो । आरडीटी परीक्षण विश्वसनीय नदेखिएको भन्दै कांग्रेसले यसबाट गरिने परीक्षण रोक्न माग […]
१८ वैशाख, विराटनगर । आइतबार कोशी अस्पतालमा भर्ना भएका सुनसरी देवानगञ्ज–१ का रवीन्द्र यादवको स्वास्थ्यमा सुधार भएन । हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक औषधि) सेवन गरेका उनको मिर्गौला र कलेजोमा समस्या देखियो । उनलाई भेन्टिलेटर आवश्यक भयो । कोशी अस्पतालमा भेन्टिलेटर छैन । त्यसैले अस्पतालले बुधबार साँझ भेन्टिलेटर भएको अर्को अस्पतालमा लैनजान रिफर गर्यो । […]
१८ वैशाख, काठमाडौं । सरकारले कृषि तथा पशुपन्छीजन्य उत्पादन नजिकको बजारसम्म पुर्याउँदा लाग्ने ढुवानी खर्चमा २५ प्रतिशत अनुदान घोषणा गरेको छ । सरकारले बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको राहत प्याकेजमा यस्तो अनुदान व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारको उक्त निर्णयपछि अब कृषकले तरकारी, दूध, माछा-मासु, तरकारी, अण्डा तथा खाद्यन्न ढुवानी गर्दा ढुवानी खर्चको […]
१८ वैशाख, काठमाडौं । सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने यसअघिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको छुटको निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको हो । १६ चैतमा सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, निजी विद्यालय […]
१८ वैशाख, काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ । जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो भने प्रयोगशालामा १२ हजार ११ वटा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा […]
१८ वैशाख, काठमाडौं । इन्टरनेट र बिजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिइएको छ । सरकारले १४ वैशाखको मन्त्रिपरिषद्बाट यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो । तर, इन्टरनेट सेवा प्रदायकले भने यस्तो छुट दिन नसकिने अडान लिँदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ […]
१८ वैशाख, काठमाडौं । सकारले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री आयातमा दिइँदै आइएको भन्सार महशुल छुटको सुविधा लम्ब्याउने निर्णय गरेको छ । यस्तो छुट सुबिधा अब जेठ १४ गतेसम्म कायम हुने अर्थमन्त्रालयले जनाएको छ । व्यवसायिक प्रयोजनमा ल्याइने सर्जिकल मास्क तथा पञ्जामा दिईदै आईएको भन्सार महसुल पनि सोही समयसम्मका लागि छुट पाईने छ । तर व्यापारीक […]
१८ वैशाख, काठमाडौं । बागलुङ नगरपालिका– ३, गैडाकोट । साढे दुई तले पक्की घर । सबभन्दा माथिको एउटा कोठा, जहाँ ६५ वर्षीया मनकुमारी पौडेल दुई हप्तादेखि बन्दप्रायः छिन् । यो दुई हप्ता भनेको उनी कोरोना संक्रमणमुक्त भएर घर फर्किएको अवधि हो । समय कटाउन कोठामा टेलिभिजन छ । बस्दाबस्दा दिक्क लाग्दा बाहिर निस्किएर हरिया डाँडापाखा […]
१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभिन्न कमिटी र संसदीय दलमा समेत अल्पमतमा छन् । पूर्वएमालेका वरिष्ठ नेताहरू कार्यकारी भूमिकामा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित मिलेर सरकार ढाल्न कस्सिएका बेला ओलीले बुधबार साँझ ‘वामदेव कार्ड’ फ्याँके । के साँच्चै ओली कोरोना महामारी सकिएपछि पद त्याग्न तयार […]
१८ चैत, काठमाडौं । सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सो अनुसार घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । परिषद्को १४ वैशाखको निर्णयअनुसार चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो । त्यसको कार्यान्वयन भए-नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय […]
१८ वैशाख, गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका—२ लुलाङको मटला भिरमा यतिबेला स्थानीयवासीले जोखिम मोलेर मह काटिरहेका छन् । लकडाउनको समयमा स्थानीय सङ्घसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन् । तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ । भिर […]
१८ वैशाख, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन गर्न भनेको हो । साथै बन्दाबन्दी र समाजिक दुरीलाई कायम राख्दै भर्ना लिन र पाठ्य पुस्तकको व्यवस्था गर्न भनेको छ । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले […]
१८ वैशाख, काठमाडौं । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको छ । १४ वैशाखको मन्त्रिपरिषद्ले कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको हो । यसअघि १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस अवधिमा पनि लकडाउन खुकुलो […]
१८ वैशाख, काठमाडौं । सरकारले दार्चुला-टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडकको कूल १३४ किमिमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि (घाँटीबगर-टिंकर) खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको छ । भौगोलिक हिसावले निर्माणमा निकै कठीन रहेको यो खण्ड निर्माणका लागि सेनाले जिम्मा पाएको हो । […]
१८ वैशाख, काठमाडौं । गत वर्षसम्म जाडो मौसमपछि नदीमा पानी बढ्दा विद्युत प्राधिकरणका अधिकारीहरूको तनाव आधा घट्थ्यो । यो वर्ष भने नदीमा बढेको पानीसँगै उनीहरूको चिन्ता थपिँदैछ । प्राधिकरणलाई विद्युत उत्पादन बढ्दा चिन्ता लिनुपर्ने कारण हो, लकडाउनका कारण खपत व्यवस्थापनमा बढेको चुनौती । देशभित्रका आयोजनाहरूबाट उत्पादन बढेअनुरुप खपत हुन नसकेपछि विद्युत खेर जान थालेको छ […]
१८ वैशाख, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लम्बिँदै गएपछि विद्यालयले ‘अनलाइन कक्षा’ सञ्चालन गर्न थालेका छन् । तर पोखरा महानगरपालिकाले भने आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षाहरु सञ्चालन नगर्न निर्देशन दिएको छ । महानगर शिक्षा शाखाले बिहीबार विज्ञप्ति जारी गरी अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको हो । महानगरभित्रका केही […]
१८ वैशाख, काठमाडौं । कालोबजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले […]
१८ वैशाख, काठमाडौं । एञ्जिला तुम्बापो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो रोजाइको गोलकिपर हुन् । विपक्षी टिमको बललाई पोस्टमा रोक्ने उनको काम हो । तर लकडाउनका कारण फुटबल प्रतियोगिता नभएकाले उनको दैनिकी फेरिएको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी उनी हलचोकस्थित कार्यालय भने दैनिक जाने गरेकी छन् । ‘आजकल अफिस जाने, ड्युटी […]
१८ वैशाख, जनकपुरधाम । संघीय संरचनाभित्र मिथिला राज्य होस्, कामकाजी भाषा मैथिलीलाई बनाइयोस् भन्दै जनकपुरधामको रमानन्द चोकमा धर्नामा बसेकाहरूमाथि बम प्रहार गरिएको आठ वर्ष पुगेको छ । मिथिला राज्य संघर्ष समितिको अगुवाइमा भएको धर्नामा १८ वैशाख २०६९ मा बम प्रहार गरिँदा मिथिला नाट्यकला परिषद्का कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र विमल […]
१८ वैशाख, काठमाडौं । कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवालसँग काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो । व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ […]
१८ वैशाख, बुटवल । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लुम्बिनीमा हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । लुम्बिनी विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै वैशाख २५ गतेका लागि तय भएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको हो। […]
from समाचार – Online Khabar https://ift.tt/3f9sxiC
via IFTTT