समाचार
१८ वैशाख, माडी (चितवन) । चितवनको माडी नगरपालिकाले चरणबद्ध रुपमा कूल २५ सय घरपरिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरहरूलाई लक्षित गरी राहत वितरण कार्यलाई पनि तीन चरण गरी वितरण गरिएको हो । तेस्रो चरणसम्ममा करिब २५ सय परिवारलाई राहत सामग्री उपलब्ध गराइएको विपद् राहत व्यवस्थापन समितिका संयोजक भागीरथ बस्यालले जानकारी […]
१८ वैशाख, काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकामा एक सातायता ६ जनाको रहस्मय मृत्यु भएको छ । बिहीबार थप दुई जना स्थानीयको मृत्यु भएसँगै भंगाहा-७ मा एक सातायता मृत्यु हुनेको संख्या ६ पुगेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अनलाइनखबरलाई जानकारी दिए । महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीका अनुसार बिहीबार स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र […]
१६ वैशााख, गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ रातडाँडामा भेटिएको दुई वटा डमरु (चितुवाको बच्चा) को उद्धार गरिएको छ । करिव दुई महिनाका ती डमरुलाई डिभिजन वन कार्यालयले बिहीबार उद्धार गरेको हो । ‘बारीमा जाने क्रममा रातडाँडाको ढड्यानमा चितुवा कराएको जस्तो आवाज सुनेपछि एक स्थानीयले गाउँलेलाई खवर गरेछन्,’ डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले भने, ‘सबै मिलेर […]
१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, ‘असार […]
१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा राहत बाँड्न ल्याएको चामल गुणस्तरहीन भेटिएको बारे छानबिन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सरोकारवाला निकायले छानबिन सुरु गरेका हुन् । बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले चामल राखिएको वडा नं १४ को कार्यालय र उद्योगको गोदामको स्थलगत निरीक्षण गरेको छ । टोलीले चामलको […]
१८ वैशाख, काठमाडौं । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि तलब पूरै पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा तलबको ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने भएको हो । बाँकी ५० प्रतिशत तलबको रकम लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमशः भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने निर्णय सरकारले गरेको छ । […]
१८ वैशाख, वीरगञ्ज । बाराबाट प्रहरीले नलकटुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नं.३ सिपुरा टोल बस्ने ३५ वर्षीय मनोज राय रहेका छन् । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले बुधबार बेलुका पौने ८ बजे सडकमा शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा रायलाई पक्राउ गरेको थियो । रायको शरीर खानतलासी […]
१८ वैशाख, विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर एक संसदीय दलले कोभिड १९ को बढ्दो संक्रमण, रोकथाम र नियन्त्रणका लागि तत्काल पीसीआर परीक्षणको दर बढाउन माग गरेको छ । संघीय र स्थानीय सरकारसँग समन्वय गरी पीसीआरको परीक्षण दर बढाउन कांग्रेसले माग गरेको हो । आरडीटी परीक्षण विश्वसनीय नदेखिएको भन्दै कांग्रेसले यसबाट गरिने परीक्षण रोक्न माग […]
१८ वैशाख, विराटनगर । आइतबार कोशी अस्पतालमा भर्ना भएका सुनसरी देवानगञ्ज–१ का रवीन्द्र यादवको स्वास्थ्यमा सुधार भएन । हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक औषधि) सेवन गरेका उनको मिर्गौला र कलेजोमा समस्या देखियो । उनलाई भेन्टिलेटर आवश्यक भयो । कोशी अस्पतालमा भेन्टिलेटर छैन । त्यसैले अस्पतालले बुधबार साँझ भेन्टिलेटर भएको अर्को अस्पतालमा लैनजान रिफर गर्यो । […]
१८ वैशाख, काठमाडौं । सरकारले कृषि तथा पशुपन्छीजन्य उत्पादन नजिकको बजारसम्म पुर्याउँदा लाग्ने ढुवानी खर्चमा २५ प्रतिशत अनुदान घोषणा गरेको छ । सरकारले बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको राहत प्याकेजमा यस्तो अनुदान व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारको उक्त निर्णयपछि अब कृषकले तरकारी, दूध, माछा-मासु, तरकारी, अण्डा तथा खाद्यन्न ढुवानी गर्दा ढुवानी खर्चको […]
१८ वैशाख, काठमाडौं । सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने यसअघिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको छुटको निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको हो । १६ चैतमा सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, निजी विद्यालय […]
१८ वैशाख, काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ । जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो भने प्रयोगशालामा १२ हजार ११ वटा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा […]
१८ वैशाख, काठमाडौं । इन्टरनेट र बिजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिइएको छ । सरकारले १४ वैशाखको मन्त्रिपरिषद्बाट यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो । तर, इन्टरनेट सेवा प्रदायकले भने यस्तो छुट दिन नसकिने अडान लिँदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ […]
१८ वैशाख, काठमाडौं । सकारले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री आयातमा दिइँदै आइएको भन्सार महशुल छुटको सुविधा लम्ब्याउने निर्णय गरेको छ । यस्तो छुट सुबिधा अब जेठ १४ गतेसम्म कायम हुने अर्थमन्त्रालयले जनाएको छ । व्यवसायिक प्रयोजनमा ल्याइने सर्जिकल मास्क तथा पञ्जामा दिईदै आईएको भन्सार महसुल पनि सोही समयसम्मका लागि छुट पाईने छ । तर व्यापारीक […]
१८ वैशाख, काठमाडौं । बागलुङ नगरपालिका– ३, गैडाकोट । साढे दुई तले पक्की घर । सबभन्दा माथिको एउटा कोठा, जहाँ ६५ वर्षीया मनकुमारी पौडेल दुई हप्तादेखि बन्दप्रायः छिन् । यो दुई हप्ता भनेको उनी कोरोना संक्रमणमुक्त भएर घर फर्किएको अवधि हो । समय कटाउन कोठामा टेलिभिजन छ । बस्दाबस्दा दिक्क लाग्दा बाहिर निस्किएर हरिया डाँडापाखा […]
१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभिन्न कमिटी र संसदीय दलमा समेत अल्पमतमा छन् । पूर्वएमालेका वरिष्ठ नेताहरू कार्यकारी भूमिकामा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित मिलेर सरकार ढाल्न कस्सिएका बेला ओलीले बुधबार साँझ ‘वामदेव कार्ड’ फ्याँके । के साँच्चै ओली कोरोना महामारी सकिएपछि पद त्याग्न तयार […]
१८ चैत, काठमाडौं । सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सो अनुसार घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । परिषद्को १४ वैशाखको निर्णयअनुसार चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो । त्यसको कार्यान्वयन भए-नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय […]
१८ वैशाख, गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका—२ लुलाङको मटला भिरमा यतिबेला स्थानीयवासीले जोखिम मोलेर मह काटिरहेका छन् । लकडाउनको समयमा स्थानीय सङ्घसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन् । तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ । भिर […]
१८ वैशाख, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन गर्न भनेको हो । साथै बन्दाबन्दी र समाजिक दुरीलाई कायम राख्दै भर्ना लिन र पाठ्य पुस्तकको व्यवस्था गर्न भनेको छ । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले […]
१८ वैशाख, काठमाडौं । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको छ । १४ वैशाखको मन्त्रिपरिषद्ले कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको हो । यसअघि १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस अवधिमा पनि लकडाउन खुकुलो […]
१८ वैशाख, काठमाडौं । सरकारले दार्चुला-टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडकको कूल १३४ किमिमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि (घाँटीबगर-टिंकर) खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको छ । भौगोलिक हिसावले निर्माणमा निकै कठीन रहेको यो खण्ड निर्माणका लागि सेनाले जिम्मा पाएको हो । […]
from समाचार – Online Khabar https://ift.tt/2VORYht
via IFTTT