समाचार
१७ वैशाख, विराटनगर । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउनको अवधिमा पनि ठूलो परिमाणमा विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी र फलफूल भित्रिएको छ । लकडाउनको ३५ दिनको अवधिमा सो नाकाबाट ७१ करोड ४० लाख ५९ हजार ९ सय १७ रुपैयाँ मूल्य बराबरको १३ लाख २ हजार ५ सय ३४ टन खाद्यान्न, तरकारी र […]
१७ वैशाख, बुटवल । कृषि उत्पादन वृद्धि गर्न कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाललाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दर्जन बढी सुझाव दिएको छ । मन्त्री भुसालले नेपालमा आगामी दिनमा भोकमरी लाग्ने खतरा रहेको भन्दै कृषि उत्पादन बढाउन स्थानीय तहसँग सुझाव मागेका थिए । सुझाव पठाउँदै नगरपालिकाले मल, बीऊ र कृषि उपकरणमा ७५ प्रतिशतसम्म अनुदान दिन, […]
इतिहासको विभिन्न कालखण्डमा विश्वका विभिन्न देशहरु र ती देशका मानिसहरुले अपूरणीय क्षतिहरु व्यहोर्दै विभिन्न प्रकारका विपदहरुको कडा सामना गरेका देखिन्छन् । विपद व्यवस्थापन मुख्यत: चार चरणमा गर्न सकिन्छ: १. अल्पीकरण २. पूर्वतयारी ३. प्रतिकार्य योजना र ४. पुनर्लाभ । नेपालको सन्दर्भमा यस महामारीको विपद् व्यवस्थापनको लागि पूर्वतयारी र प्रतिकार्य योजनामा विशेष ध्यान दिई सरकार, सरोकारवाला […]
१७ वैशाख, काठमाडौं । कोभिड १९ ले विश्व पर्यटन क्षेत्र कसरी शिथिल बनेको छ, यो बुझ्नका लागि संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (यूएनडब्लूटीओ)को पछिल्लो अध्ययन नै काफी छ । संगठनले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार संसारभरि शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द भएका छन् । संगठनका अनुसार विश्वका हरेक मुलुकले विदेशी नागरिकलाई घुमघामको प्रयोजनमा प्रवेश गर्न रोक […]
१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएको छ । वैशाख १४ गते बसेको पोलिट्ब्युरो समितिको भिडियो बैठकले प्रधानमन्त्री ओलीको व्यक्तिगत र स्वेच्छाचारी प्रकारको कार्यशैलीले कार्यशैलीले सरकारको सम्पूर्ण कार्यप्रणालीमा नकारात्मक असर पारेको र अव्यवस्था तथा विग्रहको स्थिति पनि उत्पन्न भएको ठहर गरेको छ । ‘हाम्रो […]
१७ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको सहुलियत प्याकेजलाई उद्योगी-व्यवसायीले सहुलियतको रुपमा महसुस गर्न नसक्ने बताएका छन् । राष्ट्र बैङ्कले २ प्रतिशत ब्याज छुट हुने भने पनि त्यो सबैले पाउन नसक्ने भएकाले यसलाई सहुलियतको रुपमा लिन नसकिएको बताएका हुन् । राष्ट्र बैङ्कले कोरोना प्रभावित ऋणीहरूका लागि […]
१७ वैशाख , काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जमिन बाँझो नराख्न र कृषि फसल बिक्रीवितरण गर्ने पसल बन्द नगर्न पुनः आग्रह गरेको छ । लम्बिँदै गएको लकडाउन र भत्किँदो अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्थाले खाद्य असुरक्षाको अवस्था आउनसक्ने भन्दै मन्त्रालयले कृषक, उद्योगी, स्थानीय तह र स्थानीय प्रशासनहरूलाई सहजीकरण बढाउन अनुरोध गरेको छ । मन्त्रालयले जारी […]
१७ वैशाख, काठमाडौं । संसदको विकास समितिले विदेशबाट फर्किनेहरुलाई रोजगारी दिने गरी विशेष राहत प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ । लकडाउनअघि ठूलो संख्यामा नेपालीहरु भारतबाट घर फर्किएका थिए भने लकडाउन खुलेपछि पनि वैदेशिक रोजगारीमा रहेकाहरु नेपाल फर्किने सम्भावना छ । सरकार स्वयंले यसरी फर्किनेको संख्या ३ लाखभन्दा बढी हुने अनुमान गरेको छ । विकास […]
१७ वैशाख, काठमाडौं । वीरगञ्जमा थपिएका भनिएका कोरोना संक्रमित नयाँ नभएको पाइएको छ । आइतबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमित पुष्टि भएर नारायणी अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको पुन: परीक्षणको रिपोर्ट बुधबार पनि पोजेटिभ आएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले त्यसलाई नयाँ केसको रुपमा गणना गरेका थिए । त्यसै सूचनाका […]
१७ वैशाख, जलेश्वर । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए । उनका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय मोहन चौधरी, […]
१७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको एउटा अन्तर्वार्ताले हिन्दू धर्मका एक पौराणिक पात्रलाई राजनीतिक चर्चामा मुछिदिएको छ । शक्तिको दुरुपयोग गर्ने नकारात्मक बिम्बका रुपमा प्रयोग गरिएका ती पात्र हुन्–भष्मासुर । रेडियो नेपालको अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका थिए । यही विषयमा रेडियो नेपालले औपचारिक विज्ञप्ति नै निकालेर माफी […]
१७ वैशाख, काठमाडौं । बजेट अधिवेशन सुरु गर्ने तयारी भएसँगै बैठक कक्षको व्यवस्थापनको चटारो सुरु भएको छ । बैठक कक्षका कुर्सी टेबुल मिलाउने, रंग रोगन गर्ने लगायतका काम अहिले चलिरहेको छ । जेठ १५ गते वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ । बजेट भाषण सुरु हुनु अगाडि राष्ट्रपतिले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को […]
१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले कोभिड–१९ महामारी बिर्साएको छ । पछिल्लो पटक राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशपछि नेकपाभित्रको बेमेल सतहमा आएको हो । नोवल कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारणले विवाद देखिएको विश्लेषकहरू बताउँछन् । कतिपय विश्लेषक भने जतिसुकै विवाद भए पनि कोरोना […]
१७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको प्रयासलाई अमेरिकी अधिकारी र स्वास्थ्य विशेषज्ञहरुले भियतनाम युद्धसँग तुलना गर्दै आएका छन् । अहिले अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भियतनाम युद्धको भन्दा बढी पुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट २० वर्ष चलेको भियतनाम युद्धभन्दा धेरैको मृत्यु भएको हो । भियतनाम युद्ध सन् १९५५ मा सुरु भएर […]
१७ वैशाख, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका र देवताल गाउँपालिकामा मजदुरी गरी जीवनयापन गर्ने २ सय ५० परिवारलाई राहत वितरण गरिएको छ । कारितास नेपालको आर्थिक सहयोगमा जन जागरण युवा क्लब ( जेजेवाईसी) बाराले अति विपन्न २ सय ५० घरपरिवारलाई राहत वितरण गरेको हो । संस्थाका अनुसार देवताल–७ मा प्रति परिवार ३० किलो चामल, ३ किलो […]
१७ वैशाख, काठमाडौं । उद्याेगी-व्यवसायीहरूको संगठन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैङ्कले दोस्रो पटक ल्याएको सहुलियत प्याकले निजी क्षेत्रलाई उत्साहित नबनाएको बताएका छन् । राष्ट्र बैङ्कले मंगलबार कोरोना प्रभावित ऋणीलाई चौथो त्रैमासको ब्याजमा दुई प्रतिशत छुट दिन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । तर, यसले निजी क्षेत्रलाई सहुलियत महसुस […]
१७ वैशाख, काठमाडौं । मोबाइल लुटपाट गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिश सुनारसहित २ जना मंगलबार दिउँसो पक्राउ परेका छन् । उनीहरुले बुढानीलकण्ठ नगरपालिका- ६ बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले बुढानीलकण्ठ नगरपालिका-४ पञ्चकन्या मन्दिरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ […]
पाटन अस्पताललाई सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने अस्पताल तोकेको छ । पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका आमाछोरा पाटनमै उपचार गरेर घर फर्किएका छन् । तर पाटनमा अरु बिरामीको पनि नियमित उपचार चलिरहेको छ । कोरोना र अरु बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा बिरामी र आफन्तहरु स्वयंम पनि असहज महसुस गर्ने गरेका छन् । तर पाटन […]
१७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार सात पुगेको हो । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७० भन्दा धेरै मानिसको मृत्यु भएको हो । भारतमा एकैदिनमा मृत्यु हुनेको यो […]
१७ वैशाख, रामेछाप । रामेछापका स्थानीय तहले दीर्घरोगीलाई टोलटोलमा औषधि पुर्याउन सुरु गरेका छन् । लकडाउनका कारण नियमित औषधि सेवनमा समस्या परेका दीर्घरोगीहरुलाई लक्षित गरी स्थानीय तहहरुले औषधि वितरण सुरु गरेका हुन् । स्थानीय तहहरुले वडा कार्यालयमार्फत दीर्घरोगीका बिरामीहरुको तथ्यांक संकलन गरी औषधि वितरण कार्य अघि बढाएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए । […]
१७ वैशाख, काठमाडौं । सत्तारुढ नेकपाका दुई नम्बर प्रदेश अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प माधव नेपाल हुन नसक्ने बताएका छन् । उनले ओलीको विकल्प प्रचण्डबाहेक अरु हुन नसक्ने बताएका हुन् । पार्टीभित्रको विवादबारे पहिलोपटक मुख खोलेका साहले सचिवालयका नेताहरुले द्वन्द्व होइन, एकतालाई रोज्नुपर्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै साहले भने- […]
from समाचार – Online Khabar https://ift.tt/2SgTaIz
via IFTTT