Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

केपी ओलीको प्रस्ताव : बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ । नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा […]

वैशाख अन्तिम साता बजेट अधिवेशन, जेठ पहिलो साता नीति तथा कार्यक्रम

१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको छ […]

कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो । सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र दुई दशमलव १ प्रतिशत बढेको थियो । […]

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बताएका हुन् । पहिलोपटक बेलायतले कोरोना भाइरसबाट समुदाय वा स्याहार केन्द्रमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या समावेश गरेको हो । […]

अर्थतन्त्रलाई झड्का : उच्च महत्वाकांक्षा, न्यून आर्थिक वृद्धि

१७ वैशाख, काठमाडौं । अर्थमन्त्रीमा पुर्नबहाली हुनुअघि गत माघ २९ गते डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै विकास बजेट २० प्रतिशत र राजश्वको लक्ष्य करिब ५ प्रतिशतले घटाए । तर, मन्त्री खतिवडाले त्यसबेला आर्थिक वृद्धिको अनुमान घटाएनन् । बरु उनले हौसिएर भनेका थिए, ‘ वित्तीय क्षेत्रको विस्तार समेतबाट चालु […]

रेमिट्यान्समा धक्का : एकै वर्ष १ खर्ब ६३ अर्ब घट्ने

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको अनुमानित विवरणअनुसार यो वर्ष ७ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिनेछ । यो नेपालको कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत हुनेछ । गत वर्ष नेपालमा आठ खर्ब ७९ अर्ब रेमिट्यान्स […]

प्रधानमन्त्रीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाए : कांग्रेस

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे प्रमुख विपक्षी नेपाली कांग्रेसले बताएको छ । सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागेको र एकपछि अर्को भ्रष्टाचारमा मुछिएको कांग्रेसको आरोप छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले […]

नागरिक ल्याउने र पठाउने होडबाजी नगरौं : मेयर शाक्य

१७ वैशाख, काठमाडौँ । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकावासी सबैलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन्। लकडाउन जारी नै रहेका बेला काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरे। ‘पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन […]

१० नागरिकको ध्यानाकर्षणः प्रधानमन्त्रीको राजीनामा माग्नु अप्राशंगिक

१७ बैशाख, काठमाडौं । विभिन्न क्षेत्रका १० जना प्रवुद्ध नागरिकहरुले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । मुलकमा कोरोना महामारीको जोखिमविरुद्ध संघर्षमा ध्यान दिनुपर्नेमा जोड दिँदै संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा डाक्टर अर्जुन कार्की, संविधानविद विपीन अधिकारी र पत्रकार कनकमणि दीक्षितसहित सुशील प्याकुरेल, जयप्रकाश गुप्ता, […]

प्रिय साथी इरफान, बिदा !

चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो । यो खबरसँगै दुई कारणले नेपाली नाट्य क्षेत्रका सुनील पोखरेललाई पनि निकै मर्माहित पारेको छ । एउटा– राम्रो अभिनय […]

सप्तरीमा आगलागीबाट ६ घर जल्यो, एक बालक घाइते

१७ वैशाख, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट ६ जनाको घर जलेको छ । आगलागीमा परी एक जना बालक जलेर घाइते भएका छन् । सुरुङ्गा नगरपालिका ३ बस्ने हरी मण्डलको घरबाट आगलागी सुरु भएको हो । आगलागीमा परी बद्री मण्डलका ३ बर्षीय छोरा कृष्णा जलेर घाइते भएका छन् । घरमा खेलिरहेको अवस्थामा […]

बारामा संक्रमित भेटिएको दुई गाउँ सिल

१७ वैशाख, वीरगञ्ज । बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा क्षेत्रलाई प्रशासनले क्षेत्र सिल गरेको छ । जीतपुरका ४३ वर्षका र सिम्रौनगढ […]

भोकले पिरोलिएकाहरुलाई राहतमा सडेको चामल

१७ वैशाख, जनकपुरधाम । एक महिना लामो लकडाउनकाबीच छाक टार्न समस्या भएपछि धनुषाको शहीद नगरपालिका २ का चन्दर साहले वडा कार्यालयले वितरण गर्न लागेको राहत लिन गए । वडा कार्यालय पुगेपछि उनलाई दाल, चामल, नून, तेल भएको एउटा पोका दिइयो । भात खान पाइने भएपछि उनी ती सामग्री नयाँ उमंगका साथ घर ल्याए । तर, […]

लेखराज भट्ट केपी ओलीतिर लाग्दा प्रचण्ड ढुक्क !

१७ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुदूरपश्चिमका पूर्वमाओवादी नेता लेखराज भट्ट केपी ओलीको गुटमा लागेको चर्चा मिडियामा व्यापक बनेको छ । मन्त्री भट्ट आफ्नो समूहतिर आएकोभन्दै ओली पक्षका नेताहरूले खुसियाली मनाइरहेका छन् । मन्त्री भट्ट आफ्नो गुटमा आएपछि अब संसदीय दलमा प्रधानमन्त्रीको बहुमत पुग्न सहज हुने भन्दै संस्थापन पक्षका सांसदहरूको हस्ताक्षर पनि […]

चोरीको योजना बनाएका साथीहरुबाटै सुरजको हत्या !

१७ वैशाख, सप्तरी । हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित कोशी बाँधमा गत मृत फेला परेको सुरज साहको हत्या उनकै साथीहरुले गरेको खुलेको छ । साहको हत्या गरेको आरोपमा प्रहरीले उनका साथीहरु सुजित कुमार मुखिया, प्याँ–प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरेको छ । उनीहरुले घरेलु हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानका […]

बहराइनमा किन देखिँदैछ धेरै नेपालीमा कोरोना संक्रमण ?

१७ वैशाख, काठमाडौं । खाडी मुलुकहरूमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदा त्यहाँका स्थानीयवासी मात्र होइन, नेपालीहरू पनि त्रासमा छन् । किनकी वैदेशिक रोजगारीका लागि विदेश गएका धेरै नेपालीहरू जोखिममा छन् । त्यसमध्ये एक देश हो बहराइन । मंगलबार एकैदिन बहराइनमा रहेका थप ७७ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भयो । यससँगै संक्रमित […]

प्रदेश १ को बजेट चालु वर्षको भन्दा सानो आउने

१७ वैशाख, विराटनगर । कोरोना महामारीका कारण आर्थिक गतिविधि घटेका बेला प्रदेश १ सरकारले सानो आकारको बजेट ल्याउने गृहकार्य सुरु गरेको छ । चालु आर्थिक वर्षका लागि वर्ष ४२ अर्ब २० करोडको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि त्यो भन्दा सानो आकारको बजेट ल्याउन लागेको हो । कोरोना महामारीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेका […]

एडीबीले नेपाललाई ३० अर्ब ऋण सहयोग गर्ने

१७ वैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकले २५० मिलियन अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने र अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री प्रदान गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ […]

‘राष्ट्रपति ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला ?’

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले विवादास्पद अध्यादेशलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन् । कोरोना भाइरस (कोभिड-१९) का कारण सिङ्गो देश आक्रान्त भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्ने नियतका साथ संवैधानिक परिषद्सम्बन्धी […]

सैनामैनाले बाँड्यो किसानलाई मिनीटेलर

१७ वैशाख, बुटवल । सैनामैना नगरपालिकाले किसानलाई मिनीटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि पेशामा किसानलाई प्रोत्साहित गर्न नगरपालिकाले अगुवा किसानहरुलाई १२ थान मिनीटेलर र हलो वितरण गरेको हो । कृषि उत्पादन बढाउने र कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र र मौसम अनुसारको बिउ वितरण गरिएको […]

संघीय सांसदको गुनासो – वडाध्यक्षको जति भूमिका पनि भएन

१७ वैशाख, काठमाडौं । सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो […]



from समाचार – Online Khabar https://ift.tt/2y3raRT
via IFTTT
Powered by Blogger.