Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संघीय सांसदको गुनासो – वडाध्यक्षको जति भूमिका पनि भएन

१७ वैशाख, काठमाडौं । सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो […]

स्रोत नखुलेको साढे ११ लाखसहित एक जना पक्राउ

१७ वैशाख, काठमाडौं । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ११ लाख ५० हजार नेरुसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाँउ बस्ने २९ वर्षीय लालबाबुकुमार यादव रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले उनलाई वीरगञ्जको रजतजयन्ती चोकबाट बुधबार पक्राउ गरेको हो । भारतको रक्सौलबाट ना.६२ प ९५७१ […]

आगलागीमा परी घाइते भएका वडाध्यक्षको मृत्यु

१७ वैशाख, गुल्मी । आगलागीमा परेर घाइते भएका बाग्लुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरस्थित बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक समेत रहेका ४५ वर्षीय खनाल घइते भएका थिए । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको […]

२५ दिनदेखि सडकमा बाँडेको भातको भर

१७ वैशाख, काठमाडौं । गोर्कर्णेश्वर नगरपालिका जोरपाटीमा विहान १० बज्नुअघि नै सडकमा मानिसहरुको भीड लाग्छ । लकडाउनका कारण सरकारले सर्वसाधारणलाई घरबाहिर ननिस्कन भने पनि यहाँको सडकमा विहान १० बजे र बेलुका ५ बजे ठूलो भीड लाग्छ । यो भीड लकडाउन उल्लंघन गर्नेहरुको होइन, लकडाउनका कारण समस्यामा परेकाहरु भोको पेट भर्न आएका हुन् । जोरपाटीमा स्थानीय […]

एडीबीले नेपाललाई ३० अर्ब ऋण सहयोग गर्ने

१७ वैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकले २५० मिलियन अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने र अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री प्रदान गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ […]

जनार्दन शर्मा भन्छन्– हस्ताक्षर चाहिएको छैन, बैठक चाहियो !

१७ वैशाख, काठमाडौं । बालुवाटारको शक्ति र स्रोत परिचालन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले हस्ताक्षर अभियान थालेको नेकपा नेता जनार्दन शर्माले आरोप लगाएका छन् । आफूहरुले भने सांसदहरूको हस्ताक्षर संकलन नगरेको शर्माले दाबी गरे । ‘बालुवाटारमा पो शक्ति, साधन स्रोत छ र हस्ताक्षर गर्छ, हामीले के हस्ताक्षर गर्ने ? मान्छेलाई घरघर गई गाडीबाट […]

ओली समूहमा दुई लाइन : एउटा सहमति खोज्ने, अर्को भिड्ने !

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहँदै आएका नेकपाका हस्तीहरू ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल पार्टी एकता जोगाउन र अर्को पक्षलाई समझदारीमा ल्याउन प्रयत्नरत छन् । पार्टी एकता जोगाउनकै लागि मुख्यमन्त्री शंकर पोखरेल बुटबलबाट काठमाडौं आएर कहिले कोटेश्वर त कहिले खुमलटार गरिरहेका छन् । उनले आवश्यक परे मुख्यमन्त्रीसमेत […]

हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु

१७ वैशाख, काठमाडौं । विराटनगरमा गाडीको टायरमा हावा भर्ने क्रममा पड्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदर रहेका छन् । विराटनगर महानगरपालिका-१३ मा पन्चर भएको गाडीको टायर बनाएर हावा भर्ने क्रममा टायर पड्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ […]

लकडाउनमा झ्यालबाट खिचेका उत्कृष्ट पाँच तस्वीरलाई पुरस्कार दिइने

१७ वैशाख, काठमाडौं । तपाईं यात्राप्रेमी हुनुहुन्छ र नियमित घुमघाममा निस्कनुहुन्थ्यो । तर, लकडाउनका कारण घरभित्रै थुनिनु भएको छ ? यदि छ भने फेरि पनि तपाईं लकडाउनलाई नै एक पर्यटकीय उत्पादनसँग जोड्न सक्नुहुन्छ । यो अवसर तपाईंलाई नेपाल पर्यटन बोर्डले उपलब्ध गराउने भएको छ । बोर्डले एक फोटो प्रतियोगिताको आयोजना गरेको छ । लकडाउनमा घर […]

प्रदेश ५ मा कृषिकर्मी रोजगार कार्यक्रम कार्यविधि स्वीकृत

१७ वैशाख, बुटवल । प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको उक्त कार्यविधि स्वीकृत गरेको हो । बैठकले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार […]

चितवनमा कोरोना अस्पतालको समाचार लेख्ने पत्रकारलाई धम्की

१७ वैशाख, काठमाडौं । भरतपुरको कोरोना विशेष अस्पतालमा भएको अनियमितताबारे समाचार लेखेको भन्दै अनलाइनखबर डटकमका चितवन संवाददाता सुवास पण्डितसहितका पत्रकारलाई धम्की आएको छ । अस्पतालका विषयमा प्रकाशित/प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति नै निकालेर समाचार लेख्ने व्यक्तिहरूको पहिचान गरी आफैँले आवश्यक कारबाही […]

वीरगञ्जमा चिकित्सकलाई ३ सय थान ज्याकेट

१७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा क्रियाशिल चिकित्सकहरुका लागि ज्याकेट प्रदान गरिएको छ । लकडाउनको समयमा स्वास्थ्य सेवा प्रदान गर्न बाहिर हिँडडुल गर्ने चिकित्सकहरुका लागि उपयोगी ज्याकेट प्रदान गरिएको हो । नेपाल औषधि उत्पादक संघ केन्द्रीय समितिले बुधबार नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जलाई ‘डाक्टर’ लेखिएको ज्याकेट प्रदान गरेको डा. उदय नारायण सिंहले जानकारी दिए । […]

लकडाउनमा सहुलियत : बैङ्कले छुट दियो, सहकारीले के गर्छ ?

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण उद्योगी–व्यवसायीहरू समस्यामा परेको भन्दै नेपाल राष्ट्र बैङ्कले सहुलियत घोषणा गरेको छ । राष्ट्र बैङ्कले दोस्रो पटक घोषणा गरेको सहुलियत प्याकेजमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई चौथो त्रैमास (वैशाख, जेठ र असार) को ब्याजमा दुई प्रतिशत छुट दिन भनेको छ । अझ लघुवित्त […]

सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम कति ?

१७ वैशाख, कैलाली । १४ चैतमा दुबईबाट आएका युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धेरैको ध्यान सुदूरपश्चिमतिर तानियो । किनकी काठमाडौं उपत्यकाबाहिर पहिलो पटक कोभिड–१९ को संक्रमण देखिएको थियो । २२ चैतमा दुबईबाट आएका युवकको परिवारको सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यसै दिन सुदूरपश्चिमका […]

नेकपा सचिवालयको बैठक सुरु

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीको बैठक बोलाउने पक्षमा छैनन् ।

रौतहटमा संक्रमितको सम्पर्कमा आएका ४६ जनाको स्वाब संकलन

१७ वैशाख, रौतहट । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ मा कोभिड १९ का थप दुई संक्रमित भेटिएपछि उनीहरुको सम्पर्कमा आएका ४६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका भुसहाका २५ वर्षीय युवक र दिल्लीबाट फर्किएर घर परिवारसँगै केही दिन बिताएर क्वारेन्टाइनमा गएका देवाही गोनाही १ का […]

लेखराज भट्ट केपी ओलीतिर लाग्दा प्रचण्ड ढुक्क !

१७ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुदूरपश्चिमका पूर्वमाओवादी नेता लेखराज भट्ट केपी ओलीको गुटमा लागेको चर्चा मिडियामा व्यापक बनेको छ । मन्त्री भट्ट आफ्नो समूहतिर आएकोभन्दै ओली पक्षका नेताहरूले खुसियाली मनाइरहेका छन् । मन्त्री भट्ट आफ्नो गुटमा आएपछि अब संसदीय दलमा प्रधानमन्त्रीको बहुमत पुग्न सहज हुने भन्दै संस्थापन पक्षका सांसदहरूको हस्ताक्षर पनि […]

विराटनगरमा कोरोना अस्पतालको फोहोर कसरी गरिन्छ विसर्जन ?

१७ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना भाइरस संक्रमित ३१ जना छन् । सबै संक्रमितको विराटनगरको अस्थायी कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल आसपासका मानिसहरुले फोहोर व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयप्रति चासो राखिरहेका छन् । कोरोना अस्पतालका चिकित्सक सिनियर फिजिसियन डा. दीपक सिग्देल फोहोर व्यावस्थापन प्रभावकारी रुपमा भइरहेको […]

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

१७ वैशाख, काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर (एक लाख २६ हजार १८ रुपैयाँ) पुगेको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस आँकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो । […]

‘राष्ट्रपति ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला ?’

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले विवादास्पद अध्यादेशलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन् । कोरोना भाइरस (कोभिड-१९) का कारण सिङ्गो देश आक्रान्त भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्ने नियतका साथ संवैधानिक परिषद्सम्बन्धी […]

प्रिय साथी इरफान, बिदा !

चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो । यो खबरसँगै दुई कारणले नेपाली नाट्य क्षेत्रका सुनील पोखरेललाई पनि निकै मर्माहित पारेको छ । एउटा– राम्रो अभिनय […]



from समाचार – Online Khabar https://ift.tt/3cXpNCP
via IFTTT
Powered by Blogger.