समाचार
१५ वैशाख, काठमाडौं । आइतबार अपरान्ह काठमाडौं उपत्यकामा पानी पर्यो । लकडाउनको उल्लंघन गर्दै केही व्यक्ति सडकमा निस्किने गरेको देखिए पनि झरिका कारण सडकमा मानिसहरु भने देखिएनन् । तर, सवारीसाधनमा यात्रा गर्ने क्रम भने उस्तै थियो । सरकारले कोभिड–१९ नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि पास लिएर हिँड्ने क्रम रोकिएको छैन । बानेश्वरबाट थानकोटसम्म जाने […]
१५ वैशाख, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले लकडाउन सुरु भएयता अहिलेसम्म ४ हजार ६ सय ९२ परिवारलाई राहत वितरण गरेको जनाएको छ । प्रकोप व्यवस्थापन कोषमार्फत विपन्न, गरिब तथा दैनिक ज्यालादरी गरी जिविकोपार्जन गर्ने मजदुरलाई राहत स्वारुप खाद्यान्न वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विनियोजन गरेको रकम र स्थानीय दाताले उपलब्ध गराएको रकमबाट १२ […]
१५ वैशाख, डोटी । लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका परिवारलाई वितरण गर्न लागिएको राहातले विवाद निम्त्याएको छ । सोमबार दिपायल सिलगढी नगरपालिकाको टोली राहात वितरण गर्नका लागि वडानम्बर २ मा पुग्यो । वडा कार्यालयले उपलब्ध गराएको सूची अनुसार ३४ जनालाई राहात वितरण गर्न गएको नगर प्रमुख मन्जु मलासीसहितको टोलीमाथि प्रश्नको ओइरो लाग्यो । […]
१५ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले रकम पठाएको महिना दिनमा पनि धेरैजसो स्थानीय तहमा राहत वितरण भएको छैन । लकडाउनको समयमा राहत नपाउँदा विपन्नहरूको बेहाल भएको छ । कतिपय स्थानीय तहले सामान खरिद गर्न टेण्डर नै गरेका छैनन् । प्रदेश सरकारले लकडाउनमा राहतका लागि गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उप–महानगरपालिकालाई २० लाख र […]
१५ वैशाख, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा महत्वपूर्ण आयोजना र अत्यावश्यक वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्ने उद्योग सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको छ । सोमबार जारी गरेको सूचनामा प्रशासनले जिल्ला विपद् व्यवस्थापन समितिको वैशाख १२ गतेको निर्णयअनुसार यस्ता आयोजना र उद्योग सञ्चालन गर्न भनिएको छ । सरकारले लागु गरेको लकडाउनको […]
१५ वैशाख, राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ । एक हप्ताअघि सञ्चालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर)मा शङ्कास्पद बिरामीको स्वाब नमुना संकलन गर्ने सामग्री भिटिएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले जानकारी दिए । आइसोलेशन अस्पतालमा रहेका कोरोना शंकास्पद बिरामीको […]
१५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्न सिंगापुर सफल मानिएको थियो । उसको तारिफ हुन शुरु भएको थियो । तर, अहिले अवस्था फेरिएको छ । ५० लाख जनसंख्या भएको सिंगापुरमा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । अहिलेसम्म १३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । अहिले पनि सिंगापुरले भाइरस […]
१५ वैशाख, काठमाडौं । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् […]
१५ वैशाख, काठमाडौं । पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ । सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल)ले माफी मागेको हो । […]
१५ वैशाख, चितवन । प्रहरीले सोमबार चितवनमा दुई जना पत्रकारलाई नियन्त्रणमा लिएको छ ।भरतपुरको चौबिसकोठीमा समाचार संकलन गर्न पुगेका पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पत्रकारको परिचय दिँदा समेत ड्यूटीमा खटेका प्रहरीले जथाभावी अपशब्द बोल्दै क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दै दुर्व्यवहार गरेको उनीहरूले बताएका छन् । प्रहरीले क्यामेरामा रहेको फोटो […]
१५ वैशाख, काठमाडौं । तस्करीको लागि छोकडा बोकेर भारततर्फ जान लागेको एउटा ट्रकलाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । ना.५ख.९८५९ नम्बरको ट्रकसहित वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय निशाल भन्ने विशाल क्षत्रीलाई प्रहरीले वीरगञ्जको रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको हो । भारततर्फ तस्करी गरी लैजान लागेको विशेष सूचनाको आधारमा छोकडा लोड भएको ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले […]
१५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को शंका लागे परीक्षणमा आउन आह्वान गरेको छ । हालै मात्र केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सको आरडीटी टेष्ट पोजेटिभ आएको थियो । तर पीसीआर विधिबाट परिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ र परीक्षणको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको […]
१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरुको राजनीतिक भेटवार्ता चलिरहेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । त्यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भने वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले भेटेका छन् । दुवै नेताले छुट्टाछुट्टै भेटेको नेकपा […]
१५ वैशाख, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको पीसीआर परीक्षणमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले सोमबार पत्रकार सम्मेलन गर्दै ११ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन् । प्रतिष्ठानमा घोराही उपमहानगरपालिका-१५ र १६ का ५ जना, तुलसीपुर उपमहानगरपालिका- ६ का ५ जना र सल्यानका १ जना व्यक्तिको […]
१५ वैशाख, नारायणपुर । दाङमा ट्याक्टर दुर्घटना हुँदा सोमबार एक किशोरको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पुर्याउने क्रममा […]
१५ वैशाख, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित छन् या छैनन् ? अहिले विश्वभरका मानिसहरु यो प्रश्नको विश्वसनीय जवाफ खोजिरहेका छन् । व्यापक सञ्जाल भएका प्रख्यात अन्तर्राष्ट्रिय मिडियाहरुले ‘एस’ र ‘नो’ मा जवाफ दिन सकिरहेका छैनन् । चारै ध्रुवका अन्तरकुन्तर सूचनाहरु राख्ने शक्तिशाली देशका खुफिया एजेन्सीहरुले पनि यथार्थ पत्ता लगाउन सकेका […]
१५ वैशाख, काठमाडौं । बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो । उनले भने, ‘काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहेकलाई आउने दिँदैनौं ।’ विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा […]
१५ वैशाख, विराटनगर । विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् । विराटनगरमा अलपत्र रहेका काठमाडौंबासीलाई पठाए पनि नागढुंगामा रोकिएपछि पराजुलीले घर जान नदिनु हेपाहा प्रवृत्ति भएको बताएका हुन् । आइतबार काठमाडौंमा अलपत्र विराटनगरका बासिन्दालाई लिन विराटनगर महानगरपालिकाले सातवटा बस पठाएको थियो । […]
१५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण प्रयास सही ट्र्याकमा छ ।’ हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा मानिसहरूले ज्यान गुमाउँदा पनि नेपालमा स्थिति फरक छ। अहिले देशभर कोरोना संक्रमितको संख्या ५२ पुगेको छ तर संक्रमणको फैलावट निकै कम छ र मानवीय क्षति […]
१५ वैशाख, बुटवल । नागरिक अभियान रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको ओपीडी सेवा सुचारु गर्न अस्पताल प्रशासनसँग माग गरेको छ । लकडाउनसँगै एक महिनासम्म ओपीडी सेवा बन्द हुँदा बिरामीहरु उपचार पाउनबाट वञ्चित भएको भन्दै अभियानले सेवा सुचारु गर्न माग गरेको हो । अभियानका संयोजक एवं पूर्वसभासद विनोद पहाडी नेतृत्वको एक टोलीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र […]
१५ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही […]
from समाचार – Online Khabar https://ift.tt/2Y7mBjM
via IFTTT