समाचार
१५ वैशाख, काठमाडौं । विराटनगरबाट ७ वटा बसमा आएका यात्रुहरु काठमाडौं प्रवेश गरेका छन् । नागढुंगा नाकामा यात्रुहरुको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो । मोरङ–काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाले अनलाइनखबरसँग भने, ‘सबैको नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, ज्वरो नापेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी प्रहरीले […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिक–१९ का कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ । संक्रमितको ट्राभल हिष्ट्री अध्ययनका क्रममा भारतमा कोरोना भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको सभामा उनी पनि सहभागी भएको पाइएको हो । १ देखि १५ मार्चसम्म नयाँदिल्लीस्थित निजामुद्दीनमा तबलीगी जमातको धार्मिक सभा भएको थियो । […]
१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरेको छ । प्रदेश सरकारले ३२ अर्बसम्मको बजेट ल्याउने गरी बन्दाबन्दी (लकडाउन) का बेलामा समेत मन्त्रालय तथा मातहतका निकायमा तयारी थालेको हो । नीति तथा कार्यक्रम र बजेटका साथै अत्यावश्यक प्रशासनिक कार्य सम्पादन गर्नुपर्ने भएकाले […]
१५ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरूप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरूलाई विभेदीकरण गर्ने, स्थायी-अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक […]
१५ वैशाख, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना […]
१५ वैैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ फर्काउन सुरु गरेको छ । आइतबार पहिलो दिन चार वटा बसमार्फत दुई सय जना गाउँवासीलाई घर फिर्ता लगेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बसेका उनीहरु घर र्फकन नपाउँदा समस्यामा परेको गुनासो आएपछि […]
१५ वैशाख, पोखरा । लकडाउनले बजार ठप्प हुँदा पोखरा पृथ्वीचोकबाट दुई वटा बस पूर्वतर्फ लागे । बसमा ६० जना यात्रु थिए । लकडाउनमा कहाँ हिँडे त ? उनीहरूले महानगरलाई बताए, ‘वीरगञ्ज जाने ।’ यो वैशाख ९ गतेको कुरा हो । वीरगञ्जका लागि भनेर पोखराका विभिन्न ठाउँमा काम गर्ने उनीहरूले आफैँ बसको व्यवस्था गरेर हिँडेका थिए […]
चैत्र १० गते देशव्यापी लकडाउन घोषणा हुनुभन्दा अगाडि म बाँके-बर्दियामा मानव बेचबिखनसम्बन्धी अनुसन्धानका लागि नेपालगञ्ज पुगेकी थिएँ । कोभिड-१९ संकटले स्कुल बिदा भएकाले छोरीहरू मसँगै गएका थिए । हामी नेपालगञ्जमै हुँदा कोभिडको त्रास बढ्न लागेको थियो । भारतमा काम गर्ने नेपालीहरू लर्काे लागेर घर फर्कँदै थिए । त्यसबेला लकडाउको घोषणा भइसकेको थिएन । तर, सिमानामा […]
१४ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय-अन्तर्राष्ट्रिय उडानलाई २ जेठसम्म प्रतिबन्ध लगाएको छ । सोहीकारण त्यतिन्जेल जहाजमा यात्रा गर्न भने पाइँदैन । तर, उडानमाथिको प्रतिबन्ध वा लकडाउन खुल्नासाथ सबै क्षेत्र कोरोनामुक्त हुन्छ भन्ने पनि होइन । यसैसन्दर्भमा पर्यटन र हवाई उद्योगसँग सम्बन्धी विभिन्न क्षेत्रले सुरक्षा निर्देशिका बनाइरहेका छन् । नेपालको निजी लगानीतर्फ सबैभन्दा बढी यात्रु बोक्ने […]
१६ वैशाख, गोरखा । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरको साथमा रहेको तीनवटा बन्दुक मध्ये दुई वटाको इजाजत खारेज गरिएको छ । सुरक्षाको लागि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको गुनासो बढेपछि लाइसेन्स खारेज गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘शिकार खेल्दै हिँडेको भनेर सामाजिक दबाब पनि बढ्यो, फेरि हाललाई आवश्यक नरहेको भनेर […]
१५ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको छ । त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् । जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने र […]
१५ वैशाख, कोपनहेगन । कोरोना भाइरसबाट संक्रमित भएको एक सातामा डेनमार्कमा एक नेपाली महिला काममा फर्केकी छन् । डेनमार्कको कोपनहेगनमा रहेकी ती महिलालाई कोरोना भाइरस बाँकी छ वा छैन भन्ने अन्तिम परीक्षण नगरी काममा फर्काइयो । उनमा पहिलो पटकको परीक्षणमा पोजेटिभ देखिएको थियो । त्यसपछि परीक्षण नै गरिएन । पहिलो परीक्षण अघिल्लो बिहीबार नै भएको […]
१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार चार सय नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना […]
१५ वैशाख, ओस्लो । नर्वेमा विद्यार्थी लिन वा पुर्याउन स्कुलले गाडी पठाउँदैन । बच्चाहरु आफैं जान्छन् । किन्डरगार्डेनका बच्चाहरुलाई चाहिँ अभिभावक आफैंले पुर्याउने र ल्याउने गर्नुपर्छ । यसको खास कारण बच्चालाई मानसिकरुपमा असर नपरोस् भनेर हो । बुबाआमाले स्कुल वा किन्डरगार्डेनसम्म पुर्याउँदा बच्चाहरु आफू सुरक्षित महसुस गर्छन् र उनीहरुको सिकाइ राम्रो हुँदै जान्छ भन्ने बुझाइ […]
१५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ सोमबारदेखि सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी […]
१५ वैशाख, सिमकोट । नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारले बाँके र सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिए । आइतबार राति सुर्खेत र […]
कोभिड-१९ को प्रकोप सुरु हुनुभन्दा पहिला नै हाम्रो अर्थतन्त्र विस्तारै ‘स्लो डाउन’ मा गइसकेको थियो । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिसकेको थियो । अहिलेको अवस्थामा त हाम्रो वृद्धि सकारात्मक भयो भने मात्रै पनि भाग्यमानी मान्नुपर्छ । कोरोनाको सन्त्राश र लकडाउनले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करिब ५ सय […]
१५ वैशाख, मङ्गलबारे । इलाममा सञ्चालित एउटा क्वारेन्टाइन स्थगन गरिएको छ । इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगन गर्ने निर्णय गरेको हो । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिका लागि क्वारेन्टाइन राखिएको थियो । बैठकमा पछि आवश्यकतानुसार […]
१५ वैशाख, काठमाडौं । विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् । विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् । नागढुंगाका एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं । बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने […]
१५ वैशाख, बार्सिलोना। कोभिड-१९ ले नराम्रोसँग थलिएको युरोपमा व्यापार, व्यवसाय र लगानी गरिरहेका नेपालीहरू अहिले चिन्तित देखिएका छन्। युरोपमा नेपाली स्वामित्वका ५० भन्दा बढी होटलहरू अहिले बन्द हुँदा व्यवसायीहरू चिन्तित बनेका हुन्। गैरआवासीय नेपाली संघका अभियन्ताहरूको “ट्रिप इन होटेल ग्रुप’ द्वारा जर्मनीमा सञ्चालित झन्डै तीन दर्जन होटेल रहेका छन् । अन्य नेपाली व्यवसायीहरूले पनि यहाँ […]
१५ वैशाख, काठमाडौं । देश एक महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउनको असर सबै क्षेत्रमा परिरहेकै छ । तर, केही क्षेत्रहरू अत्यधिक मारमा छन् । त्यसमध्ये एक हो नेपाली चलचित्र क्षेत्र । लकडाउन घोषणा हुनुभन्दा केहीदिन अगावैदेखि चलचित्रसम्बन्धी सबै गतिविधि ठप्प भएका थिए । सरकारले चैत […]
from समाचार – Online Khabar https://ift.tt/3eVHgNK
via IFTTT