समाचार
१५ वैशाख, बुटवल । नागरिक अभियान रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको ओपीडी सेवा सुचारु गर्न अस्पताल प्रशासनसँग माग गरेको छ । लकडाउनसँगै एक महिनासम्म ओपीडी सेवा बन्द हुँदा बिरामीहरु उपचार पाउनबाट वञ्चित भएको भन्दै अभियानले सेवा सुचारु गर्न माग गरेको हो । अभियानका संयोजक एवं पूर्वसभासद विनोद पहाडी नेतृत्वको एक टोलीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र […]
१५ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ । तयारी पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट एक थान मोटरसाइकल समेत जलेको छ भने गोदम आसपासका […]
१५ वैशाख, काठमाडौं । चीनको वुहान सहरबाट कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको थियो । आइतबार त्यही वुहानमा कोरोना भाइरसका बिरामीको संख्या शून्यमा झरेको छ । वुहानका अस्पतालहरूका रहेका कोभिड–१९ का सबै बिरामीलाई डिस्चार्ज गरिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले यो उपलब्धि वुहानका स्वास्थ्यकर्मीको कडा मेहनत र उनीहरूको सहयोगको कारण […]
१५ वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुहरु १० घण्टादेखि थानकोटमा अलपत्र परेका छन् । महानगरले अलपत्र परेकाहरुलाई सात वटा गाडीमा राखेर १६० जनालाई पठाएको थियो । आइतबार ३ बजेतिर गाडी चढेका उनीहरु विहान ५ बजेतिर थानकोट आइपुगेका थिए । ‘काम परेर जाँदा लकडाउनका कारण उतै थुनिएका थियौं । स्थानीय तहले पास बनाएर पठाएपछि […]
कारोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण देशभरको जनजीवन ठप्पजस्तै छ । यसबाट अर्थतन्त्रमा परेको प्रभावबारे विस्तृत अध्ययन गर्ने जिम्मेवारी सरकारले राष्ट्रिय योजना आयोगलाई दिएको छ । त्यसो त सरकारको सल्लाहकारका रुपमा योजना आयोगको जिम्मेवारी अल्पकालीन, मध्यमकाल र दीर्घकालीन योजना निर्माणमा खटिनु नै हो । तर, विशेष निर्णयबाटै जिम्मेवारी आइसकेपछि आयोगले महत्वका साथ यसमा […]
१५ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा नयाँ प्रस्थान कक्ष तयार भएको छ । नयाँ कक्ष बनेकाले अब पुरानोलाई भत्काइने छ । लकडाउनमा यात्रु नभएको मौका पारी विमानस्थलभित्र मर्मत सम्भार तथा संरचना निर्माणको काम जारी छ । सोही क्रममा नयाँ प्रस्थान कक्ष तयार पारिएको हो । यो प्रस्थान कक्ष नेपाल एयरलाइन्सले अष्ट्रेलिया […]
१५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका सफाइकर्मीको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । वीरगञ्ज महानगरपालिका-३ छपकैया घर भएका महानगरका एक जना सफाइकर्मीमा आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएसँगै ट्राभल हिष्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हो । पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यसहित ३३ जनाको […]
१४ वैशाख, काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि पहिलो चरणको बजेट छलफल सम्पन्न गरेको छ ।अर्थमन्त्रालयले पठाएको प्रारम्भिक बजेट सिलिङमा टेकेर मन्त्रालयको सबै आयोजना तथा कार्यक्रमको आगामी प्राथमिकताको सूचीकरण थालिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए । मातहतका निकायसँग मन्त्रालयले एक चरणको छलफल सम्पन्न गरेको उनले बताए । ‘पहिलो […]
१५ वैशाख, काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । पछिल्लो समय स्थानीय तहहरूले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरू भन्दै सात वटा गाडीमा एक सय ६० जनालाई काठमाडौं उपत्यकामा पठायो । साथै, […]
१५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले कोरोना राहत कोषमा दुई लाख रुपैयाँ नगद दिएका छन् । हालै वैवाहिक सम्बन्ध सुरु गरेका काफ्लेले बिहेको खर्च कटौती गरेर राहत कोषमा नगद सहयोग गरेको बताए । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनले नगद हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुकासहित स्वास्थ्य मन्त्रालयमा […]
१५ वैशाख, काठमाडौं । नेकपाभित्रको अन्तरविरोध चरम बिन्दूमा पुगेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँट गरेर जोगिन अन्तिम प्रयत्न थालेका छन् । नेपालसँगै समझदारी गरेर अघि बढ्न दबावमा परेका ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरुलाई खटाएका छन् । बालुवाटार स्रोतका अनुसार आज (सोमबार) ओली पक्ष र […]
१५ वैशाख, काठमाडौं । विराटनगरबाट ७ वटा बसमा आएका केही यात्रुहरू काठमाडौं प्रवेश गरेका छन् । नागढुंगा नाकामा यात्रुहरूको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो । मोरङ-काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाले अनलाइनखबरसँग भने, ‘सबैको नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, ज्वरो नापेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ का कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ । संक्रमितको ट्राभल हिष्ट्री अध्ययनका क्रममा भारतमा कोरोना भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको सभामा उनी पनि सहभागी भएको पाइएको हो । १ देखि १५ मार्चसम्म नयाँदिल्लीस्थित निजामुद्दीनमा तबलीगी जमातको धार्मिक सभा भएको थियो । […]
१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरेको छ । प्रदेश सरकारले ३२ अर्बसम्मको बजेट ल्याउने गरी बन्दाबन्दी (लकडाउन) का बेलामा समेत मन्त्रालय तथा मातहतका निकायमा तयारी थालेको हो । नीति तथा कार्यक्रम र बजेटका साथै अत्यावश्यक प्रशासनिक कार्य सम्पादन गर्नुपर्ने भएकाले […]
१५ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरूप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरूलाई विभेदीकरण गर्ने, स्थायी-अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक […]
१५ वैशाख, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना […]
१५ वैैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ फर्काउन सुरु गरेको छ । आइतबार पहिलो दिन चार वटा बसमार्फत दुई सय जना गाउँवासीलाई घर फिर्ता लगेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बसेका उनीहरु घर र्फकन नपाउँदा समस्यामा परेको गुनासो आएपछि […]
१५ वैशाख, पोखरा । लकडाउनले बजार ठप्प हुँदा पोखरा पृथ्वीचोकबाट दुई वटा बस पूर्वतर्फ लागे । बसमा ६० जना यात्रु थिए । लकडाउनमा कहाँ हिँडे त ? उनीहरूले महानगरलाई बताए, ‘वीरगञ्ज जाने ।’ यो वैशाख ९ गतेको कुरा हो । वीरगञ्जका लागि भनेर पोखराका विभिन्न ठाउँमा काम गर्ने उनीहरूले आफैँ बसको व्यवस्था गरेर हिँडेका थिए […]
१४ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय-अन्तर्राष्ट्रिय उडानलाई २ जेठसम्म प्रतिबन्ध लगाएको छ । सोहीकारण त्यतिन्जेल जहाजमा यात्रा गर्न भने पाइँदैन । तर, उडानमाथिको प्रतिबन्ध वा लकडाउन खुल्नासाथ सबै क्षेत्र कोरोनामुक्त हुन्छ भन्ने पनि होइन । यसैसन्दर्भमा पर्यटन र हवाई उद्योगसँग सम्बन्धी विभिन्न क्षेत्रले सुरक्षा निर्देशिका बनाइरहेका छन् । नेपालको निजी लगानीतर्फ सबैभन्दा बढी यात्रु बोक्ने […]
१६ वैशाख, गोरखा । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरको साथमा रहेको तीनवटा बन्दुक मध्ये दुई वटाको इजाजत खारेज गरिएको छ । सुरक्षाको लागि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको गुनासो बढेपछि लाइसेन्स खारेज गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘शिकार खेल्दै हिँडेको भनेर सामाजिक दबाब पनि बढ्यो, फेरि हाललाई आवश्यक नरहेको भनेर […]
from समाचार – Online Khabar https://ift.tt/2W6hb5Y
via IFTTT