Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अझै ३ दिन देशभर वर्षाको सम्भावना

१४ वैशाख, काठमाडौं । केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी/अरब सागरबाट समेत जलवाष्पयुक्त […]

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ । यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको […]

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

१४ वैशाख, काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । पञ्चाङ्ग निर्णायक […]

झापाको सीमावर्ती भारतीय क्षेत्रमा दुई सय नेपाली, स्वादेश ल्याउन थालियो पूर्वतयारी

१४ वैशाख, बनियानी । झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । ‘कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्,’ सभापति […]

कोभिड-१९ विरुद्ध प्रयोग गरिएका प्रविधि कति उपयोगी र सुरक्षित ?

कोरोना भाइरस डिजिज (कोभिड-१९) अथवा अहिले सार्स-२ नामाकरण गरिएको भाइरस संक्रमणका कारण विश्व नै महाविपद्को अवस्थामा छ । यो विपत्ति खास क्षेत्र, भूगोल  जाति, समुदायप्रति मात्र लक्षित होइन विश्वव्यापी संक्रमणका कारण यो सिङ्गो मानव समुदायको अस्तित्वसँग जोडिएको विषय हो । यसको प्रभाव र विस्तार दिन दुई गुणा रात चार गुणाको दरमा फैलिरहेको छ । सर्वप्रथम […]

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३ पुग्यो

१४ वैशाख, लण्डन । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ […]

ट्रम्पले रोके दैनिक प्रेस कन्फ्रेन्स

१४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस (कोभिड–१९) को विषयमा हुँदै आएको दैनिक प्रेस कन्फ्रेन्स बन्द गरेका छन् । ट्रम्पलाई सल्लाहकारले आगामी निर्वाचनमा यो प्रेस ब्रिफिङले असर पार्नसक्ने सुझाव दिएसँगै उनले आफ्नो नियमित प्रेस ब्रिफिङ रोक्ने निर्णय गरेका हुन् । नियमितरुपमा हुने प्रेस ब्रिफिङमा उनी पत्रकारहरुसँग विवाद गर्ने गरेका छन् । […]

लकडाउनका बेला दाङमा सडकका चार योजना सुरु

१४ वैशाख, दाङ । लकडाउन जारी रहेकै बेला सडक डिभिजन कार्यालय दाङअन्तर्गत चार योजना निर्माणका काम सुरु भएका छन् । लकडाउनका समयमा रोकिएका सडकका योजनामध्ये अहिले ती योजनाका काम सुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारी जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम शुरु भएको छ । त्यस्तै घोराही–लमही सडक खण्डको सिस्ने खोला […]

भेरी नगरपालिकाका प्रमुखमाथि आक्रमण   

१४ वैशाख, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो । साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासङ्घ नेपाल जाजरकोटका […]

बर्दियाबाट ५ वैशाखमा भारत गएका दुई जनामा कोरोना पुष्टि

१४ वैशाख, काठमाडौं । बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरसँग भने, ‘अहिले क्रसर रहेको क्षेत्र र त्यस वरपर उच्च निगरानी […]

शक्तिराष्ट्रबीच दोषारोपण : कोरोना जनावरले सार्‍यो कि मान्छेले ?

१४ वैशाख, काठमाडौं । नेपालमा यतिबेला कोरोना भाइरसको भन्दा ‘राजनीतिक भाइरस’ को चर्चा बढी छ । तर, चीन र पश्चिमी राष्ट्रका वीचमा चाहिँ कोरोना भाइरसकै विषयमा दोषारोपण चलिरहेको छ । अमेरिका र चीनले मिलेर काम गर्नुपर्ने बेलामा झगडा गरिरहेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको चीनले दाबी गर्दै आइरहेको छ […]

अमेरिका र युरोपपछि कहाँ फैलिएको छ कोरोना भाइरस ?

१४ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण अमेरिका र युरोप सबैभन्दा बढी प्रभवित छन्, तर तीबाहेक ल्याटिन अमेरिकाका केही देशमा पनि हाल यो भाइरस तीब्र रुपमा फैलिरहेको छ । ल्याटिन अमेरिकी देश इक्वेडरमा २ मार्चमा जम्मा ६ जनामा देखिएको यो भाइरसको सक्रमण अहिले बढेर २२ हजार ७ सय ९१ पुगेको छ । त्यहाँका सरकारी अधिकारीका […]

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

१४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ […]

तिलगंगामा कारको ठक्करबाट ट्राफिक प्रहरी गम्भीर घाइते

१३ वैशाख, काठमाडौं । काठमाडौंको तिलगंगामा कारको ठक्करबाट ड्युटीमा खटिएकी एकजना ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा प्रहरी जवान राधा कुमारी चन्द रहेको प्रहरी स्रोतले बताएको छ । ड्युटीमा खटिएकी चन्दलाई बा २१ च ८५३० नम्बरको निजी कारले चन्दलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट चन्दको दुवै खुट्टामा गम्भीर चोट लागेको […]

राप्ती स्वास्थ्य प्रतिष्ठानमा पीसीआर परीक्षण सुरु

१३ वैशाख, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिमार्फत कोरोना भाइरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनबाट शनिबारदेखि परीक्षण सुरु गरिएको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिइन् । उनकाअनुसार आइसोलेसनमा रहेका नौ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको छ । मेसिन […]

‘धौलागिरिका स्वास्थ्यकर्मीले हिम्मत देखाए, धेरैधेरै धन्यवाद’

१३ वैशाख, पोखरा । फ्रान्सबाट फर्किएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गण्डकी प्रदेशमा खैलाबैला मच्चियो । उपचारका लागि पोखरा लैजाने कि टेकु (शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल) लैजाने भन्ने छलफल चल्यो । तर, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बिके पोखरेलले बागलुङमै उपचार गर्ने हिम्मत देखाए । […]

हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरू अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण […]

लकडाउन खुल्ने बित्तिकै शैक्षिक संस्था सञ्चालन हुँदैनन् : शिक्षामन्त्री

१३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् । विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ । शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको […]

आगामी बजेटमा रोजगारी पनि प्राथमिकतामा, के आउलान् नयाँ कार्यक्रम ?

१३ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८को बजेटमा रोजगारीको कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिने भएको छ । ‘कोभिड-१९’को कारण दश लाखभन्दा बढी श्रमिकले रोजगारी गुमाएको अनुमान छ । विदेशबाट पनि काम गुमाएर फर्किनेको संख्या पाँच लाखभन्दा बढी अनुमानसहित सरकारले आगामी वर्ष स्वास्थ्य,  कृषि र भौतिक पूर्वाधारसँगै रोजगारीको कार्यक्रमलाई विशेष प्राथमिकता दिने भएको हो […]

सरकारको निष्कर्ष : लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा

१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने […]

महाकालीपारि २ हजार बढी नेपाली, उद्धारको आदेश कुर्दै प्रशासन

१३ वैशाख, कैलाली । एक महिनादेखि महाकालीपारि करिब दुई हजार बढी नेपाली अलपत्र परेका छन् । संघीय सरकारले यस विषयमा ठोस निर्णय नगर्दा अलपत्र नेपालीहरूको उद्धारमा ढिलाइ भएको छ । रुपन्देहीका नाकाबाट नेपालीहरूको उद्धार भए पनि कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलापारि रहेका दुई हजार बढी नेपालीहरूको भने उद्धार हुन सकेको छैन । सम्बन्धित जिल्ला प्रशासन […]



from समाचार – Online Khabar https://ift.tt/2Y4Ju7v
via IFTTT
Powered by Blogger.