Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु

१७ वैशाख, मोरङ । विराटनगरमा गाडीको टायरमा हावा भर्ने क्रममा पड्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदर रहेका छन् । विराटनगर महानगरपालिका-१३ मा पन्चर भएको गाडीको टायर बनाएर हावा भर्ने क्रममा टायर पड्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ […]

लकडाउनमा झ्यालबाट खिचेका उत्कृष्ट पाँच तस्वीरलाई पुरस्कार दिइने

१७ वैशाख, काठमाडौं । तपाई यात्रा प्रेमी हुनुहुन्छ, नियमित घुमघाममा निस्कनु हुन्छ, तर, लकडाउनका कारण घरभित्रै थुनिनु भएको छ ? फेरी पनि तपाई लकडाउनलाई नै एक पर्यटकीय उत्पादनसँग जोड्नु सक्नुहुन्छ । यो अवसर तपाईलाई नेपाल पर्यटन बोर्डले उपलब्ध गराउने भएको छ । बोर्डले एक फोटो प्रतियोगिताको आयोजना गरेको छ । लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक […]

प्रदेश ५ मा कृषिकर्मी रोजगार कार्यक्रम कार्यविधि स्वीकृत

१७ वैशाख, बुटवल । प्रदेश ५ मन्त्रिपरिषदको बैठकले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको वैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको उक्त कार्यविधि स्वीकृत गरेको हो । वैठकले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार […]

चितवनमा कोरोना अस्पतालको समाचार लेख्ने पत्रकारलाई धम्की

१७ वैशाख, काठमाडौं । भरतपुरको कोरोना विशेष अस्पतालमा भएको अनियमितताबारे समाचार लेखेको भन्दै अनलाइनखबर डटकमका चितवन संवाददाता सुवास पण्डितसहितका पत्रकारलाई धम्की आएको छ । अस्पतालका विषयमा प्रकाशित/प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति नै निकालेर समाचार लेख्ने व्यक्तिहरूको पहिचान गरी आफैँले आवश्यक कारबाही […]

वीरगञ्जमा चिकित्सकलाई ३ सय थान ज्याकेट

१७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा क्रियाशिल चिकित्सकहरुका लागि ज्याकेट प्रदान गरिएको छ । लकडाउनको समयमा स्वास्थ्य सेवा प्रदान गर्न बाहिर हिँडडुल गर्ने चिकित्सकहरुका लागि उपयोगी ज्याकेट प्रदान गरिएको हो । नेपाल औषधि उत्पादक संघ केन्द्रीय समितिले बुधबार नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जलाई ‘डाक्टर’ लेखिएको ज्याकेट प्रदान गरेको डा. उदय नारायण सिंहले जानकारी दिए । […]

लकडाउनमा सहुलियत : बैङ्कले छुट दियो, सहकारीले के गर्छ ?

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण उद्योगी–व्यवसायीहरू समस्यामा परेको भन्दै नेपाल राष्ट्र बैङ्कले सहुलियत घोषणा गरेको छ । राष्ट्र बैङ्कले दोस्रो पटक घोषणा गरेको सहुलियत प्याकेजमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई चौथो त्रैमास (वैशाख, जेठ र असार) को ब्याजमा दुई प्रतिशत छुट दिन भनेको छ । अझ लघुवित्त […]

सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम कति ?

१७ वैशाख, कैलाली । १४ चैतमा दुबईबाट आएका युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धेरैको ध्यान सुदूरपश्चिमतिर तानियो । किनकी काठमाडौं उपत्यकाबाहिर पहिलो पटक कोभिड–१९ को संक्रमण देखिएको थियो । २२ चैतमा दुबईबाट आएका युवकको परिवारको सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यसै दिन सुदूरपश्चिमका […]

रौतहटमा संक्रमितको सम्पर्कमा आएका ४६ जनाको स्वाब संकलन

१७ वैशाख, रौतहट । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ मा कोभिड १९ का थप दुई संक्रमित भेटिएपछि उनीहरुको सम्पर्कमा आएका ४६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका भुसहाका २५ वर्षीय युवक र दिल्लीबाट फर्किएर घर परिवारसँगै केही दिन बिताएर क्वारेन्टाइनमा गएका देवाही गोनाही १ का […]

लेखराज भट्ट केपी ओलीतिर लाग्दा प्रचण्ड ढुक्क !

१७ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सुदूरपश्चिमका पूर्वमाओवादी नेता लेखराज भट्ट केपी ओलीको गुटमा लागेको चर्चा मिडियामा व्यापक बनेको छ । मन्त्री भट्ट आफ्नो समूहतिर आएकोभन्दै ओली पक्षका नेताहरूले खुसियाली मनाइरहेका छन् । मन्त्री भट्ट आफ्नो गुटमा आएपछि अब संसदीय दलमा प्रधानमन्त्रीको बहुमत पुग्न सहज हुने भन्दै संस्थापन पक्षका सांसदहरूको हस्ताक्षर पनि […]

विराटनगरमा कोरोना अस्पतालको फोहोर कसरी गरिन्छ विसर्जन ?

१७ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना भाइरस संक्रमित ३१ जना छन् । सबै संक्रमितको विराटनगरको अस्थायी कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल आसपासका मानिसहरुले फोहोर व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयप्रति चासो राखिरहेका छन् । कोरोना अस्पतालका चिकित्सक सिनियर फिजिसियन डा. दीपक सिग्देल फोहोर व्यावस्थापन प्रभावकारी रुपमा भइरहेको […]

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

१७ वैशाख, काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर (एक लाख २६ हजार १८ रुपैयाँ) पुगेको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस आँकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो । […]

प्रिय साथी इरफान, बिदा !

चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो । यो खबरसँगै दुई कारणले नेपाली नाट्य क्षेत्रका सुनील पोखरेललाई पनि निकै मर्माहित पारेको छ । एउटा– राम्रो अभिनय […]

कैलालीमा प्रहरी कार्यालयभित्रै प्रहरी जवान मृत भेटिए

१७ वैशाख, कैलाली । कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत फेला परेका छन्। अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन् । कैलालीको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष […]

लकडाउन अवधिमा विराटनगर नाकाबाट साढे १९ हजार टन खाद्यान्न भित्रियो

१७ वैशाख, विराटनगर । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा पनि ठूलो परिमाणमा विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी र फलफूल भित्रिएको छ । लकडाउनको ३५ दिनको अवधिमा सो नाकाबाट ७१ करोड ४० लाख ५९ हजार ९ सय १७ रुपैयाँ मूल्य बराबरको १९ हजार पाँच सय ४ टन खाद्यान्न, तरकारी र फलफूल […]

आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र हुने सरकारको प्रक्षेपण

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा झर्ने भएको छ । केन्द्रिय तथ्यांक विभागले  बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार  चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने भएको हो । सरकारले चालु आवको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । तर, चालु आवको मध्यपछि शुरु भएको कोरोना भाइरसको संक्रमण र […]

नेकपा विवादबारे बुद्धिजीवीहरू के भन्छन् ?

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले कोभिड–१९ महामारी बिर्साएको छ । पछिल्लो पटक राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशपछि नेकपाभित्रको बेमेल सतहमा आएको हो । नोवल कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारणले विवाद देखिएको विश्लेषकहरू बताउँछन् । कतिपय विश्लेषक भने जतिसुकै विवाद भए पनि कोरोना […]

कोराना रोक्न स्थानीय तहले गर्नुपर्ने चार दर्जन काम

इतिहासको विभिन्न कालखण्डमा विश्वका विभिन्न देशहरु र ती देशका मानिसहरुले अपूरणीय क्षतिहरु व्यहोर्दै विभिन्न प्रकारका विपदहरुको कडा सामना गरेका देखिन्छन् । विपद व्यवस्थापन मुख्यत: चार चरणमा गर्न सकिन्छ: १. अल्पीकरण २. पूर्वतयारी ३. प्रतिकार्य योजना र ४. पुनर्लाभ । नेपालको सन्दर्भमा यस महामारीको विपद् व्यवस्थापनको लागि पूर्वतयारी र प्रतिकार्य योजनामा विशेष ध्यान दिई सरकार, सरोकारवाला […]

इतिहासमै पहिलोपटक विश्वका शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द

१७ वैशाख, काठमाडौं । कोभिड १९ ले विश्व पर्यटन क्षेत्र कसरी शिथिल बनेको छ, यो बुझ्नका लागि संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (यूएनडब्लूटीओ)को पछिल्लो अध्ययन नै काफी छ । संगठनले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार संसारभरि शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द भएका छन् । संगठनका अनुसार विश्वका हरेक मुलुकले विदेशी नागरिकलाई घुमघामको प्रयोजनमा प्रवेश गर्न रोक […]

प्रधानमन्त्रीको पक्षमा सांसदहरूको हस्ताक्षर संकलन

१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरूको हस्ताक्षर संकलन सुरु भएको हो । सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार […]

प्रधानमन्त्री ओलीलाई कार्यशैली सुधार्न नेकपा मसालको सुझाव

१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले प्रधानमन्त्री  केपी  शर्मा  ओलीलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएको छ । वैशाख १४ गते बसेको पोलिट्ब्युरो समितिको भिडियो बैठकले प्रधानमन्त्री ओलीको व्यक्तिगत र स्वेच्छाचारी प्रकारको कार्यशैलीले कार्यशैलीले सरकारको सम्पूर्ण कार्यप्रणालीमा नकारात्मक असर पारेको र अव्यवस्था तथा विग्रहको स्थिति पनि उत्पन्न भएको ठहर गरेको छ । ‘हाम्रो […]

‘घाेषणा भएकाे २ प्रतिशत ब्याज छुट पाउन पनि गाह्राे छ’

१७ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको सहुलियत प्याकेजलाई उद्योगी-व्यवसायीले सहुलियतको रुपमा महसुस गर्न नसक्ने  बताएका छन् । राष्ट्र बैङ्कले २ प्रतिशत ब्याज छुट हुने भने पनि त्यो सबैले पाउन नसक्ने भएकाले यसलाई सहुलियतको रुपमा लिन नसकिएको बताएका हुन् । राष्ट्र बैङ्कले कोरोना प्रभावित ऋणीहरूका लागि […]



from समाचार – Online Khabar https://ift.tt/35eMgbW
via IFTTT
Powered by Blogger.