समाचार
१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति […]
१५ असार, पोखरा । स्याङ्जाको पुतलीबजार-४ मा रहेको गोठे फाँटमा सोमबार असार १५ को छेको पारेर भव्य रोपाइँ भयो । रोपाइँमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुगेका थिए । उनले रिबन मात्र काटेनन्, ट्याक्टरै चढेर रोपाइँ उद्घाटन गरे । मुख्यमन्त्री नै रोपाइँमा पुग्नुको कारण पनि रोचक छ । यहाँ किसानहरुले आपसमा मिलेर चक्लाबन्दी […]
१५ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक’ पारित गरेको छ । २०७५ चैत १० देखि समितिमै विचाराधीन उक्त विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कतिपय सांसदको असहमति र प्रतिपक्षी नेपाली कांग्रेसको फरक मतकै बीच […]
१५ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताएका छन् । नेपाल चीन सीमामा कुनै समस्या नभएको पनि उनले बताए । हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । यसको […]
१५ असार, जनकपुरधाम । प्रदेश २ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई तलब-सुविधा उपलब्ध गराउने विधेयक प्रदेश सभामा पेश गरेको छ । स्थानीय जनप्रतिनिधिले मासिक इन्धन, मोबिल, अनुगमन भत्ता, चाडपर्व खर्च, पोसाक भत्ता, सवारी मर्मत सम्भार, यातायात खर्च, पत्रपत्रिका, इन्टरनेट, टेलिफोन, मोबाइल रिचार्ज, अतिथि सत्कार र दैनिक भ्रमण भत्ताको रुपमा सुविधा पाउने व्यवस्था विधेयकमा छ । जनप्रतिनिधिले […]
१५ असार, काठमाडौं । कोरोना संक्रमितहरु भेटिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का केही स्थानहरु अनिश्चितकालका लागि सिल गरिएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि वडा नम्बर २ को अलछेढुंगा हुँदै बेंसी टोल नेर्पा जाने बाटोको डाँडागाउँ साकेलाथानसम्म दायाबाँया १०० मिटरभित्र पर्ने क्षेत्र/बस्ती सिल गरिएको सहायक प्रमुख […]
१५ असार, वीरगञ्ज । १७ औं धान दिवसको दिन बाराको विभिन्न स्थानमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र सम्वृद्धि ’ भन्ने नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । कलैया उपमहानगरपालिका र प्रसौनी गाउँपालिकाले रोपाइँ महोत्सवको आयोजना गरेका हुन् । कलैया उपमहानगरपालिका–२२ मटिअरिया र बाराको […]
१५ असार, काठमाडौं । लकडाउन अवधिभरि काठमाडौंका चिल्ला र खाली सडकहरूको फोटो सामाजिक सञ्जालमा भाइरल बने । नबनुन् पनि किन ? यो वर्षको हिउँदमा नै गत वर्षहरूको भन्दा छिटो गतिमा सडक मर्मतको काम भयो । त्यसैले मंसिरसम्म भौतिक पूर्वाधार मन्त्री बनेका वसन्त नेम्वाङ र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा एकाएक चर्चामा आए । असार १ […]
१५ असार, काठमाडौं । ललितपुरमा साढे दुई वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर स्वास्थ्य कार्यलयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती बालकलाई ब्रेन ट्युमर भएको थियो । मेडसिटी अस्पतालमा ट्युमरको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ‘उनको ट्राभल हिस्ट्री छैन, कोही संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको पनि थाहा छैन’ […]
१५ असार, धनगढी । सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको र खर्च पारदर्शी नभएको भन्दै सुदूरपश्चिम प्रदेशसभाका विपक्षी दलले ३ वटा संसद वैठक अवरुद्ध गरिसकेका छन् । तर उनीहरुको विरोध कोरोना नियन्त्रण र खर्च पारदर्शितासँग मात्र जोडिएको छैन, प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा आफ्ना योजना नपारेकोप्रति पनि हो । सोमबार प्रमुख प्रतिपक्षी दल […]
१५ असार, हेटौंडा । घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ […]
१५ असार, गोरखा । गोरखामा जगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जंगली च्याउ खाएर बिरामी पर्नेमा आरुघाट गाउँपालिका–४ थुमीका ५० वर्षीय गाइने बिक, उनकी श्रीमती र तीन छोराछोरी रहेको वडाध्यक्ष कृष्ण धमलाले बताए । उनीहरुमध्ये अन्दाजी ११ वर्षका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको उनले जानकारी गराए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको […]
१५ असार, जनकपुरधाम । प्रदेश २ सरकारले अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने गरी कानुनको तयारी गरेको छ । हड्ताल गर्नेलाई कैद र जरिवाना तोकिएको प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभामा पेश गरेको छ । विधेयकमा सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा प्रदेश सरकारले आदेश जारी गरी […]
१५ असार, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु हुने मिति पुनर्विचार गर्नुपर्ने जनाएको छ । एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको छ ।’ पूर्वनिर्धारित मिति १६ असार […]
१५ असार, वीरगञ्ज । आज १७ औं राष्ट्रिय धान दिवस । विभिन्न ठाउँमा दिवसको अवसरमा कार्यक्रमहरु भए । कृषिमन्त्रीले उदयपुरमा चक्लाबन्दी खेतीको सुरुवात गरे भने वीरगञ्जमा मेसिनले धान रोपियो । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ । तर बाराको कलैयामा विरोध जनाउन पनि धान रोपाइँ गरिएको छ । जिल्ला सदरमुकाम कलैयाका बासिन्दाले सडकमै […]
१५ असार, काठमाडौं । रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा […]
१५ असार, उदयपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सोमबार धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रमका लागि उदयपुर पुगे । त्रियुगा नगरपालिका-१३ बडेवहामा स्थानीय साहरा सहकारी संस्थाले चक्लाबन्दी खेती गरेको ठाउँमा सोमबार मेसिनले धान रोप्ने कार्यक्रम थियो । त्यसका लागि त्रियुगा नगरपालिकाले धान रोप्ने मेसिनको बन्दोबस्त पनि गरेको थियो । धान दिवसको कार्यक्रममा कृषिमन्त्री […]
१५ असार, काठमाडौं । असार १५ बाट दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दाबी फेल खाएको छ । पीसीआर टेस्टको गति बढाउन माग गर्दै युवाहरू सडकमा निस्किएपछि मन्त्री ढकालले २६ जेठको संसद बैठकमा असार १५ बाट दैनिक १० हजार पीसीआर टेस्ट गर्ने दाबी गरेका थिए । तर मन्त्री ढकाल आफ्नो […]
१५ असार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू […]
१५ असार, काठमाडौं । मोरङमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका–६ का २२ वर्षीय मो. सजाद मियाँ रहेका छन् । धनपालथान गाउँपालिका–५ स्थित सोही ठाउँ बस्ने लखना रायको खेत जोत्ने क्रममा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिन जाँदा खेतमा काम गरिरहेका मियाँको घटनास्थलमै मृत्यु […]
१५ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को अतिप्रभाव देखिएका कर्णाली जिल्लाहरुमा लकडाउन कडा गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन । कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउँदै […]
from समाचार – Online Khabar https://ift.tt/3ifaSaE
via IFTTT