Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

त्रिवि परिसरको प्रहरी भवन कृषि तथा पशुविज्ञान संस्थानलाई

१४ असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा नेपाल प्रहरीले बनाएको भवन कृषि तथा पशुविज्ञान अध्ययन संस्थानले लिने भएको छ । त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानको भवन नजिकै प्रहरीले आफैं बस्न बनाएको भवन विभिन्न विद्यार्थी र प्राध्यापक स‌ंगठनहरुको विरोधका कारण प्रयोगविहीन अवस्थामा थियो । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका लागि त्रिविले जग्गा दिएर भवन निर्माण सुरु […]

खोलामा खसेका युवकको शव भेटियो

१४ असार, वालिङ (स्याङ्जा) । वालिङ नगरपालिका-५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ-६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ती युवक रुपन्देही […]

गड्डाचौकी नाका खोल्न भारतीय व्यापारीको माग

१४ असार, डोटी । कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुले माग गरेका छन् । भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै सीमा नाका खोल्न माग गरेका हुन् । प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो । भारतीय सीमा […]

कसरी कोरोना भाइरसको मारमा पर्‍यो पेरु ?

१४ असार, काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा कोरोना संक्रमण फैलिने संकेत पाएपछि तत्कालै कडा किसिमको लकडाउन गरे पनि सो मुलुक अहिले धेरै संक्रमितको सूचीमा छैटौं स्थानमा परेको छ । पेरुका राष्ट्रपति मार्टिन भिज्काराले लकडाउनका कारण पहिले अनुमान गरिएजस्तो भयावह अवस्था अहिले नरहेको दाबी गरिरहेका छन् । तर पेरु किन कोरोना भाइरसबाट यति धेरै प्रभावित […]

बारपाकमा देखियो सलह, पाल्पाबाट स्याङ्जा र लमजुङ हुँदै आएको अनुमान

१४ असार, गोरखा । गोरखाको बारपाकमा सलह किरा देखिएपछि किसान चिन्तित भएका छन् । स्थानीय मीनबहादुर गुरुङका अनुसार शनिबार दिउँसो करिव दुई बजेतिर एक हुल फट्याङ्ग्राजस्तो किरा गाउँमा देखिएको थियो । ‘केही मकैबारीमा पसेको छ, अधिकांश बाटो र घरको छतमा बसेका छन्’ उनले भने । स्थानीयले उक्त किरा मार्न थालेका छन् । स्थानीय धर्तीमान घलेले […]

पोखरा र लमजुङको सुन्दरबजारमा पनि देखियो सलह

१४ असार, पोखरा । कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा पनि सलह किरा देखिएको छ । बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । महतगौंडाका किसानले सलह देखिएको भन्दै बिहान ७ बजेतिरै पोखरा महानगरपालिकामा जानकारी गराएका थिए । ‘स्थानीयले नै बिहान फोन […]

विज्ञ भन्छन्– सलहले नेपालमा संख्या बढाउँदैन, अण्डा पार्न राजस्थान पुग्नुपर्छ

१४ असार, काठमाडौं । बाली संरक्षण विज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले भारतबाट आएको सलहको बथान सानो भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । सलह ठूलो समूहमा ८ करोडसम्म हुने भए पनि नेपालमा २–४ लाखको समूहमा मात्रै आएको बताए । विषादी प्रयोग गर्ने र थाल, स्पिकर, टिन बजाउने र धुँवा निकाल्ने लगायत काम गरेर […]

पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि

१४ असार, काठमाडौं । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको […]

कांग्रेसले भन्यो : सलहको क्षति न्यूनीकरणका लागि गम्भीर बन

१४ असार, काठमाडौं । नेपाली कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरण गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरी सलह किराबाट हुने सम्भावित क्षतिप्रति ध्यान दिँदै क्षति न्यूनिकरणका लागि गम्भीर हुन माग गरेको हो । सरकारी निकायले यो विनाशकारी किरा […]

काम नगर्ने कर्मचारीलाई हटाउँछौं : पर्यटनमन्त्री

१४ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर काम सुरु हुने बताए । ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ […]

बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आउन बाँकी

१४ असार, काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए । ज्ञवालीका अनुसार शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि […]

भूकम्प र नाकाबन्दी झै कोरोनाबाट सिकेको कुरा भोलिका दिनमा भुल्नेछौं ? 

अबको केही महिनापछि वा बर्षपछि, –हामी अहिले जसरी सरसफाईमा ध्यान दिन्छौं होला ? जस्तो कि, अहिले साबुन पानीले हात धोइरहेका छौं । –हामी अहिले जसरी शारीरिक दूरी कायम राखेर काम गर्छौं होला ? जस्तो कि, अहिले भिडभाडमा एकअर्काबीच केही दूरी कायम राखिन्छ । –हामी अहिले जसरी पोषिलो खानपान र योग–व्यायामलाई आफ्नो हिस्सा बनाउँछौं होला ? […]

सिलौटोमा कुँदिएको संगीता देवीको भाग्य !

१४ असार, काठमाडौं । दिन आधा ढल्किसकेको छ । असारे झरी कुनबेला दर्किने हो, पत्तो छैन । लकडाउन आधा खुलेको आज १४ दिन भयो । ट्याक…ट्याक……। संगीतादेवी आफ्नै सुरमा ढुंगामा बुट्टा कुँदिरहेकी छिन् । यही बुट्टेदार सिलौटोमा अल्झिएको छ उनको चार सदस्यीय परिवारको जिन्दगी । ‘सिलौटो आफैं बनाउनुहुन्छ ?’ बर्कोले मुख छोपेकी संगीताले आफैं बनाउछु […]

वीरगञ्ज भन्सार नाकाबाट ४ अर्ब ८३ करोडको औषधि, कच्चा पदार्थ र केमिकल आयात

१४ असार, वीरगञ्ज । लकडाउन सुरु भएदेखि हालसम्म वीरगञ्ज भन्सार नाका हुँदै ४ अर्ब ८३ करोड ३९ लाख ४९ हजार ३ सय ९२ रुपैयाँको तयारी औषधी, कच्चा पदार्थ र केमिकल आयात भएको छ । ०७६ चैत ११ गतेदेखि ०७७ असार ७ गतेसम्म ४ अर्ब ९ करोड ५१ लाख ३ हजार ७ सय ५५ रुपैयाँको औषधि […]

कृषि मन्त्रालयले भन्यो : नेपाल आएको सलहको बथान सानो छ, नआत्तिनुस्

१४ असार, काठमाडौं । भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरूसँग समन्वय गर्ने भएको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरूसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् । विज्ञहरूले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । […]

१८ करोडको सवारीसाधन खरिद गर्दै सेना

१४ असार, काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूको दाबी छ । सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको […]

भारतमा एकैदिन थपिए करिब २० हजार कोरोना संक्रमित

१४ असार, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ । भारतमा लगातार नवौं […]

प्रदेश २ का कृषि मन्त्री भन्छन्– सलहको चिन्ता नगरौं, ड्रम ठटाऔं

१४ असार, जनकपुरधाम । प्रदेश २ सरकारले सलह किरालाई लिएर बढी संशय र चिन्ता नगर्न किसानसँग आग्रह गरेको छ । प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रेस विज्ञप्ती जारी गर्दै किराले पु¥याउने हानी नोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानसँग आग्रह गरेका हुन् । ‘यी किरालाई बालीनाली र रुख बिरुवा […]

काठमाडौं महानगरको झिलिमिली कार्यक्रम : ७५ लाख खर्चेर बत्ती जोडिँदै

१४ असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले ‘रात्रिकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमुना परीक्षण थालेको छ । यसको सुरूवात माइतीघर मण्डलाबाट गरिएको छ । माइतीघर मण्डलामा अब साँझको सयममा पुग्दा झिलिमिली देख्न पाइनेछ । त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जोडिएको छ । काठमाडौँ महानगरपालिकाका सह‍सचिव राजेश्वर ज्ञवाली सहरको सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले रातमा झिलिमिली देखिने […]

सोमबारबाट सलह पश्चिमतिर फैलिने अनुमान

१४ असार, काठमाडौं । नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरू पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो । मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ । पूर्वबाट […]

प्रदेश १ मा सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार

१४ असार, विराटनगर । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ । नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो । शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन । […]



from समाचार – Online Khabar https://ift.tt/2VpAtny
via IFTTT
Powered by Blogger.