Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गण्डकीमा थप १७ जनामा कोरोना, साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमित

१६ असार, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् । मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ […]

गुल्मीमा २१ प्रतिशत धान रोपाइँ

१६ असार, गुल्मी । यस वर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको छ । गुल्मी जिल्लामा असारमै २१ प्रतिशत रोपाइँ भएको छ । यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने अनुमान कृषि ज्ञान केन्द्र, गुल्मीले गरेको छ । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गरेको थियो । जिल्लामा […]

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ असार, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२, स्याँलामा ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–६ वस्ने अन्दाजी १३ वर्षीय विकास परियार बेपत्ता भएका थिए । उनको शव भेटिएको हो । सिमलटारीबाट छल्दी तर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खसेको […]

प्रतिकिलो एक सयमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

१६ असार, खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो एक सय रुपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो एक सय रुपैयाँमा खरिद गर्ने बताएका हुन्। “कसैले समाएर ल्याइदिए किलोको एक सय रुपैयाँले, एक हजार किलोसम्मको एक लाख […]

निजामती विधेयकले कर्मचारीको मनोबल कमजोर बनायो : पेशागत महासंघ

१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति […]

साउन ७ सम्म अहिलेकै लकडाउन लम्ब्याउने निर्णय, ‘एसएमएस’ अनिवार्य

१५ असार, काठमाडौं । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् । […]

हिलाम्मे ट्याक्टरमा मुख्यमन्त्री ! ३१० रोपनीमा रोपाइँ उदघाटन

१५ असार, पोखरा । स्याङ्जाको पुतलीबजार-४ मा रहेको गोठे फाँटमा सोमबार असार १५ को छेको पारेर भव्य रोपाइँ भयो । रोपाइँमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुगेका थिए । उनले रिबन मात्र काटेनन्, ट्याक्टरै चढेर रोपाइँ  उद्घाटन गरे । मुख्यमन्त्री नै रोपाइँमा पुग्नुको कारण पनि रोचक छ । यहाँ किसानहरुले आपसमा मिलेर चक्लाबन्दी […]

पारित भयो निजामती विधेयक : मन्त्रीको असहमति, कांग्रेसको फरक मत

१५ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक’ पारित गरेको छ । २०७५ चैत १० देखि समितिमै विचाराधीन उक्त विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कतिपय सांसदको असहमति र प्रतिपक्षी नेपाली कांग्रेसको फरक मतकै बीच […]

चीनले सीमा मिचेको ‘फेक’ प्रतिवेदन बनाउने कारखाना खोज्दैछौं : परराष्ट्रमन्त्री

१५ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताएका छन् । नेपाल चीन सीमामा कुनै समस्या नभएको पनि उनले बताए । हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । यसको […]

गाउँपालिका अध्यक्षले २६ हजार र मेयरले ३० हजार खर्च पाउने

१५ असार, जनकपुरधाम । प्रदेश २ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई तलब-सुविधा उपलब्ध गराउने विधेयक प्रदेश सभामा पेश गरेको छ । स्थानीय जनप्रतिनिधिले मासिक इन्धन, मोबिल, अनुगमन भत्ता, चाडपर्व खर्च, पोसाक भत्ता, सवारी मर्मत सम्भार, यातायात खर्च, पत्रपत्रिका, इन्टरनेट, टेलिफोन, मोबाइल रिचार्ज, अतिथि सत्कार र दैनिक भ्रमण भत्ताको रुपमा सुविधा पाउने व्यवस्था विधेयकमा छ । जनप्रतिनिधिले […]

प्रधानमन्त्रीज्यू, लैनचौरसँग किन थुर्थुर ?

१५ असार, काठमाडौं । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधन सामान्य थिएन । एउटा सार्वभौम देशको प्रधानमन्त्रीलाई हटाउन ‘विदेशी दूताबासले सक्रियता देखाएको’ विषय सामान्य होइन, जघन्य अपराध हो । यस्तो अन्तर्राष्ट्रिय अपराध कोही पनि स्वाभिमानी नेपाली जनतालाई सैह्य हुँदैन । नेपाली जनताले बहुमत दिएर सरकार चलाउन पठाएका प्रधानमन्त्रीलाई हटाउन लैनचाैरस्थित भारतीय दूतावास सक्रिय भएकै […]

प्रधानमन्त्रीको ‘पुरानो कार्ड’ बिकेन !

१५ असार, काठमाडौं । भारतले आफूलाई पदबाट हटाउन लागेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विभिन्न टिप्पणी भइरहेका छन् । मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने भारतको खेलमा नेपालका नेताहरू पनि लागेको आरोप लगाएका थिए । विश्लेषकहरू भने प्रधानमन्त्रीले कुर्सीमा टिकिरहन यस्तो धारणा राखेको बताउँछन् । प्राध्यापक […]

अमेरिकाले भन्यो : नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुन्न

१५ असार, काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान रकम नेपाललाई सधैं उपलब्ध नहुने बताएको छ । सम्झौता नेपालको संसदबाट सम्झौता एमसीसी अहिलेसम्म अनुमोदन नभएकोबारे अमेरिका जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भएको बताएको छ । दूताबासले भनेको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको […]

साउदीमा नेगेटिभ, खोटाङमा पोजेटिभ ! रुपाकोटमा सिलबन्दी

१५ असार, काठमाडौं । कोरोना संक्रमितहरु भेटिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का केही स्थानहरु अनिश्चितकालका लागि सिल गरिएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि वडा नम्बर २ को अलछेढुंगा हुँदै बेंसी टोल नेर्पा जाने बाटोको डाँडागाउँ साकेलाथानसम्म दायाबाँया १०० मिटरभित्र पर्ने क्षेत्र/बस्ती सिल गरिएको सहायक प्रमुख […]

रोपाइँ महोत्सवको आयोजना गरेर बारामा धान दिवस मनाइयो

१५ असार, वीरगञ्ज । १७ औं धान दिवसको दिन बाराको विभिन्न स्थानमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र सम्वृद्धि ’ भन्ने नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । कलैया उपमहानगरपालिका र प्रसौनी गाउँपालिकाले रोपाइँ महोत्सवको आयोजना गरेका हुन् । कलैया उपमहानगरपालिका–२२ मटिअरिया र बाराको […]

लकडाउनमा टल्किएका सडकमा फेरि रातो झण्डा !

१५ असार, काठमाडौं । लकडाउन अवधिभरि काठमाडौंका चिल्ला र खाली सडकहरूको फोटो सामाजिक सञ्जालमा भाइरल बने । नबनुन् पनि किन ? यो वर्षको हिउँदमा नै गत वर्षहरूको भन्दा छिटो गतिमा सडक मर्मतको काम भयो । त्यसैले मंसिरसम्म भौतिक पूर्वाधार मन्त्री बनेका वसन्त नेम्वाङ र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा एकाएक चर्चामा आए । असार १ […]

कोरोनाको कहरमै कांग्रेसलाई महाधिवेशनको चटारो

१५ असार, काठमाडौं । एकातिर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दो छ, अर्कोतिर स्थानीय तह, प्रदेश र केन्द्रको चुनावी सिजन नजिकिँदो छ । त्यसैले, आगामी फागुन ७-१० सम्म गर्ने तय भएको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ । पार्टी कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बस्ने बैठकले महाधिवेशनको कार्यतालिका […]

ललितपुरमा साढे २ वर्षका बालकमा कोरोना संक्रमण

१५ असार, काठमाडौं । ललितपुरमा साढे दुई वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर स्वास्थ्य कार्यलयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती बालकलाई ब्रेन ट्युमर भएको थियो । मेडसिटी अस्पतालमा ट्युमरको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ‘उनको ट्राभल हिस्ट्री छैन, कोही संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको पनि थाहा छैन’ […]

सुदूरपश्चिममा संसद अवरोध : सरकारलाई खबरदारी कि बार्गेनिङ ?

१५ असार, धनगढी । सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको र खर्च पारदर्शी नभएको भन्दै सुदूरपश्चिम प्रदेशसभाका विपक्षी दलले ३ वटा संसद वैठक अवरुद्ध गरिसकेका छन् । तर उनीहरुको विरोध कोरोना नियन्त्रण र खर्च पारदर्शितासँग मात्र जोडिएको छैन, प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा आफ्ना योजना नपारेकोप्रति पनि हो । सोमबार प्रमुख प्रतिपक्षी दल […]

सुस्मिता हत्या प्रकरण : ससुराको बलात्कार प्रयास, परिवार नै मिलेर हत्या

१५ असार, हेटौंडा । घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ […]

गोरखामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

१५ असार, गोरखा । गोरखामा ज‌गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जंगली च्याउ खाएर बिरामी पर्नेमा आरुघाट गाउँपालिका–४ थुमीका ५० वर्षीय गाइने बिक, उनकी श्रीमती र तीन छोराछोरी रहेको वडाध्यक्ष कृष्ण धमलाले बताए । उनीहरुमध्ये अन्दाजी ११ वर्षका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको उनले जानकारी गराए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको […]



from समाचार – Online Khabar https://ift.tt/2YKRSt2
via IFTTT
Powered by Blogger.