समाचार
१४ असार, सुर्खेत । कर्णाली प्रदेशका २१४ जना काेराेना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर […]
१४ असार, तनहुँ । धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको […]
१४ असार, बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा […]
१४ असार, गुल्मी । गुल्मीका थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाका ६ जना पुरुषलाई डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए । उनीहरु भारतबाट आएर गाउँपालिकाको बनाएको आइसोलेसनमा बसेका थिए । संक्रमितहरु १५ दिनसम्म आइसोलेसनमा बसेर डिस्चार्ज भएका हुन् । शनिवार एक कार्यक्रम आयोजना गरेर डिस्चार्ज […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । काँग्रेसले […]
१४ असार, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि १ लाख २५ हजारभन्दा बढी छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा २५ लाख ५ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या १ लाख २५ […]
१४ असार, काठमाडौं । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा वल्फसवर्गलाई ४-० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । दुई खेलअघि नै उपाधि पक्का गरिसकेको बायर्नले शनिवार फराकिलो जितपछि च्याम्पियन ट्रफी समेत उचालेको छ । बायर्नको यो लगातार आठौं बुण्डेसलिगा उपाधि हो । बायर्नका लागि खेलको चौथो मिनेटमै किंग्सले कोमनले गोल गर्दै […]
१३ असार, काठमाडौं । नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो […]
१३ असार, बुटवल । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो । ‘सलह किराले पुर्याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई […]
१३ असार, काठमाडौं । शनिबार बिहान बाराको निजगढ-१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयले त्यसबारे सोधखोज गर्न थाले । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्राहरू बोट विरुवामा बस्न थालिसकेका थिए । प्राविधिक आएर हेरेपछि भनिदिए, ‘नेपालमा पनि सलह भित्रिएछ ।’ निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकालले अनलाइनखबरसँग भने, ‘अहिले खेतीपातीको समय भएकाले […]
१३ असार, पोखरा । दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखियो । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिएपछि उनीमात्रै होइन, समाजमै सन्त्रास फैलियो । पर्वतबाट पोखरा आएको करिब एक हप्तापछि ती पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । […]
१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूलाई न्याय दिन पार्टी नेतृत्वसामू माग गरेका छन् ।यसका लागि महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर पार्टी भन्नुपर्ने उनको माग छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतमले भारतसँग महाकाली सन्धि गर्ने क्रममा आफूहरुले महाकाली नदीको मुहान लिम्पियाधुरा […]
१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको […]
१३ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो । महासंघले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको […]
१३ असार, काठमाडौं । वार्तामा बस्न नेपालले गरेको पटक–पटकको आग्रहलाई भारतले अस्वीकार गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकलाई शुक्रबार जानकारी दिए । नेपालले सीमा अतिक्रमणका विषयमा वार्तामा बस्न पटक–पटक गरेको औपचारिक र अनौपचारिक प्रयासलाई वेवास्ता गरेको मन्त्री ज्ञवालीको भनाइ छ । गत कार्तिक यता नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले […]
१३ असार, काठमाडौं । रुकुम घटनाको विरोधमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मसाल जुलुस निकालेको छ । बाङ्गेमुढाबाट सुरु भएको मसाल जुलस असन चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाली कांग्रेससहितका दलहरु संलग्न संघर्ष समितिले काठमाडौं केन्द्रित दबावमुलक कार्यक्रम गर्दै आएको छ । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी […]
१२ असार, काठमाडौं । शनिबार रसुवामा पनि कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । रसुवामा भेटिएका संक्रमित मध्ये ७ जना कुवेतबाट आएका थिए । दुई जना भने भारतबाट आएका हुन् […]
१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउन प्रष्ट पारेको छ । बरु यसले मुटु, फोक्सा लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी दिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडेका थिए । […]
१३ असार, काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले नेकपा कम्युनिस्ट सरकार नभएको आरोप लगाएको छ । तर, अहिले भारतले केपी ओलीलाई हटाएर देशमा राजतन्त्र ल्याउन खोजिरहेको जनमोर्चाको दाबी छ । पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार जनमोर्चा अध्यक्ष केसीले प्रेस वक्तव्यमा भनेका छन्, ‘हामीले शुरुदेखि नै बताउँदै आएका छौँ कि नेकपाको सरकार कम्युनिस्ट […]
१३ असार, काठमाडौं । नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेका छन् । शनिबार सर्लाही, बारा र पर्सामा सहल भेटिएको छ । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान […]
१३ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् । एसोसिएसन आफ नेपाली एगि्रकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । कृषि विकासका लागि […]
from समाचार – Online Khabar https://ift.tt/384Jc3E
via IFTTT