Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुर्खेतमा विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु

१५ असार, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे […]

नेकपाले रोक्ने निर्णय गरेको दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा

१५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल अघि नबढाउने निर्णय गरेको विधेयक राष्ट्रिय सभाले पारित गर्दैछ । नेकपा सचिवालय बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयक तत्काललाई अघि नबढाउने निर्णय गरेको थियो । राष्ट्रिय सभाको एक बजे बस्ने बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान […]

सलह नियन्त्रणमा भारत र पाकिस्तानको अनुभव : राति ११ बजेदेखि बिहान ७ बजेको समय उपयुक्त

१५ असार, काठमाडौं । कोरोनापछि अर्को संकट छिमेकी देश भारतबाट नेपाल छिरेको छ– सलह । आउँदैन भन्दाभन्दै नेपालमा आयो । ‘ढिलो आयो, कडा आयो’ भनेजस्तो सलहले एकैपटक देशव्यापीरुपमा सलहको आतंक सिर्जना भएको छ । अहिले नेपालमा देखिएको सलह सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको थियो । त्यहाँबाट साउदी अरब, इरान हुँदै गत डिसेम्बरमा सलह […]

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

१५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो । अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या […]

बन्दाबन्दीमै बढ्यो बलात्कार

१५ असार, कैलाली । घटना १ : ३२ जेठमा कैलालीको कैलारी गाउँपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन् । घटनाको करिब १० दिनपछि मात्रै प्रहरीले जानकारी पायो । घटना २ : सोही दिन कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भयो । घटना ३ : २० वैशाखमा कैलालीमा बलात्कारको आरोपमा श्रीमान् र […]

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ५ घाइते

१५ असार, कैलाली । दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । […]

महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैनः कृषि सचिव

१५ असार, काठमाडौं । कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारण केही समस्या भए पनि धान उत्पादनलाई रोक्नु नहुने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कृषि अनुसन्धान परिषद्, खुमलटार पुगेका भारीले अनलाइनखबरसँग भने, ‘महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैन ।’ उनले कृषिकलाई प्रोत्साहन होस् भन्ने […]

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश […]

भोजपुरमा आगलागी, तीन वर्षीया बालिकाको मृत्यु

१५ असार, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनको तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

पुरातत्वले अनुमति दिए चारखालको जीर्ण संरचना २४ घण्टाभित्र हटाउछौं : मानन्धर

१५ असार, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुरातत्व विभागले अनुमति दिएमा डिल्लीबजारको चारखालस्थित पुराना संरचना २४ घण्टाभित्रै हटाउने बताएका छन् । केही दिनअघि डिल्लीबजार कारागारको पुरानो भवनको बाहिरी पर्खाल भत्किएको थियो । वर्षाको समयमा पुरानो जिर्ण भवनका अन्य भाग पनि भत्किने जोखिम कायमै छ । कारागारको बाहिरी क्षेत्रमा रहेको जिर्ण भवनको व्यवस्थापनका लागि […]

१७ वर्षपछि भएन पोखरामा रोपाइँ महोत्सव

१५ असार, पोखरा । धान रोपाइँ हुने असार महिनामा कसरी पर्यटकलाई आकर्षित गर्न सकिएला ? पोखराका पर्यटन व्यवसायीले जुक्ति निकाले, ‘रोपाइँसँग पर्यटनलाई जोडेर इभेन्ट गर्ने ।’ यो आजभन्दा १७ वर्षअघिको कुरा थियो । १५ असार अर्थात धान दिवसलाई पर्यटनसँग जोडेर हिलो खेल्ने लगायतका कार्यक्रम निधो पर्यटन परिषद पोखराले गर्‍यो । पोखराका पर्यटनसँग सम्बन्धित संस्था परिषदमा […]

कोरोना महामारी र सलहको त्रासबीच मनाइँदैछ धान दिवस

१५ असार, काठमाडौं । आज (सोमबार) असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् । कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ । राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री […]

निजामती विधेयक : अब महिला आरक्षण पनि समावेशी

१५ असार, काठमाडौं । निजामती सेवामा महिला आरक्षणलाई पनि समावेशी बनाइने भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिचाराधीन ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा महिला आरक्षणलाई समावेशी बनाउने विषयमा सहमति जुटेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र समितिका सदस्यहरुबीच पटक–पटक […]

प्रदेश १ मा पनि देखियो सलह, मन्त्रालयका प्रवक्ता भन्छन्– आत्तिनु पर्दैन

१५ असार, विराटनगर । प्रदेश १ का विभिन्न स्थानमा सलह किरा देखिएका छन् । आइतबार पहाडका दुई जिल्लामा सानो झुण्डमा सलह किरा देखिएको हो । ‘पाँचथर र खोटाङमा ८–१० वटा सलह किराको सानो झुण्ड देखिएको रिपोर्टिङ भएको छ,’ प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले भने ‘विराटनगरमा साथीहरुले १–२ वटा […]

सर्लाही झडप प्रकरण : १२ घाइते, गोली चलाएको आशंकामा एक पक्राउ

१५ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएकाे झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् । घाइते सबैकाे अवस्था सामान्य छ । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो । प्रदेश नं २ का […]

जुम्लाबाहेक कर्णाली प्रदेशका जिल्लामा आज सार्वजनिक बिदा

१५ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज असार १५ मा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ […]

कैलालीमा भैंसीले हानेर बृद्धाको मृत्यु

१५ असार, कैलाली । कैलालीमा भैसीले हानेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीमा भैसीले हान्दा आइतबार स्थानीय ९० वर्षीया लक्ष्मीदेवी भण्डारीको मृत्यु भएको हो । भैसीले हान्दा गम्भिर घाइते भएकी भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीमा प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।

लिची उत्पादन घटेपछि गुल्मीका किसान चिन्तित

१५ असार, गुल्मी । लिची उत्पादन घटेपछि गुल्मीका किसान चिन्तित भएका छन् । लिची खेतीले चिनिदै आएको जिल्लाका रुरु गाउँपालिकास्थित च्यूरेक, थोर्गा, थानपती लगायतका स्थानमा लिची उत्पादन घटेको छ । यस वर्ष पटक–पटक असिना पानी परेकाले एक करोड बढीको लिची नष्ट भएको च्यूरेक फलफूल तथा तरकारी समूहका संयोजक युवराज ज्ञवालीले बताए । ज्ञवालीका अनुसार लिची […]

एक महिनादेखि क्वारेन्टिनमा : न रिपोर्ट आउँछ, न घर जान पाइन्छ

१५ असार, डोटी । डोटीको के.आई. सिंह गाउँपालिका–४ का २६ वर्षीय राम जोशी जेठ १७ गते भारतको मुम्बईबाट आफ्नो गाउँ पुगे । सँगै आएका अन्य ३५ जनासहित उनलाई स्थानीय झिमेमालिका माविको क्वारेन्टिनमा राखियो । सुरुमा उनलाई १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भनिएको थियो तर दिनगन्तिका हिसाबले उनी क्वारेन्टिनमा बसेको आज ३० दिन भयो । भारतको […]

घरेलुका करार कर्मचारीले एक वर्षदेखि तलब पाएनन्

१५ असार, सुर्खेत । घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा कार्यरत करार कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको बताएका छन् । कार्यालयमा सहजकर्ता र कम्प्युटर अपरेटर पदमा कार्यरत तीन जना महिला कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको बताएका हुन् । कार्यालय प्रमुखसँग तलव माग्न जाँदा तलब दिनुको साटो उल्टो अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ । […]

लकडाउनमा सुरक्षा मापदण्ड कार्यान्वयनबारे प्रहरीद्वारा अनुगमन

१५ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै जनस्तरबाट बढेको गतिविधिबाट आउन सक्ने सम्भावित चुनौतिलाई मध्यनजर गरेर प्रहरीले बजार अनुगमनलाई तीब्रता दिएको छ । समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, म्याग्दीले सुरक्षा मापदण्ड कार्यान्वय भए/नभएको विषयमा बजार अनुगमन थालेको हो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) किरणजंग कुँवरका […]



from समाचार – Online Khabar https://ift.tt/3ilJUye
via IFTTT
Powered by Blogger.