समाचार
१५ असार, काठमाडौं । कोरोना संक्रमितहरु भेटिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का केही स्थानहरु अनिश्चितकालका लागि सिल गरिएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि वडा नम्बर २ को अलछेढुंगा हुँदै बेंसी टोल नेर्पा जाने बाटोको डाँडागाउँ साकेलाथानसम्म दायाबाँया १०० मिटरभित्र पर्ने क्षेत्र/बस्ती सिल गरिएको सहायक प्रमुख […]
१५ असार, वीरगञ्ज । १७ औं धान दिवसको दिन बाराको विभिन्न स्थानमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र सम्वृद्धि ’ भन्ने नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । कलैया उपमहानगरपालिका र प्रसौनी गाउँपालिकाले रोपाइँ महोत्सवको आयोजना गरेका हुन् । कलैया उपमहानगरपालिका–२२ मटिअरिया र बाराको […]
१५ असार, काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसवको अवसर पारेर ललिततिपुरको खुमलटारमा कृषि विभागले सोमबार धान रोपाइँ कार्यक्रम गर्यो । कार्यक्रममा प्रमुख अतिथि थिए कृषि सचिव राजेन्द्रप्रसाद भारी । सचिव भारीले खेतको गरामा छिरेर केहीबेर रोपाइँ गरिटोपले । उनलाई कृषि विभागमा महानिर्देशक कञ्चनराज पाण्डेलगायतले साथ दिए । कृषिका उच्च पदस्थ कर्मचारीहरु रोपाइँ गर्न […]
१५ असार, काठमाडौं । ललितपुरमा साढे दुई वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर स्वास्थ्य कार्यलयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती बालकलाई ब्रेन ट्युमर भएको थियो । मेडसिटी अस्पतालमा ट्युमरको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ‘उनको ट्राभल हिस्ट्री छैन, कोही संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको पनि थाहा छैन’ […]
१५ असार, धनगढी । सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको र खर्च पारदर्शी नभएको भन्दै सुदूरपश्चिम प्रदेशसभाका विपक्षी दलले ३ वटा संसद वैठक अवरुद्ध गरिसकेका छन् । तर उनीहरुको विरोध कोरोना नियन्त्रण र खर्च पारदर्शितासँग मात्र जोडिएको छैन, प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा आफ्ना योजना नपारेकोप्रति पनि हो । सोमबार प्रमुख प्रतिपक्षी दल […]
१५ असार, गोरखा । गोरखामा जगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जंगली च्याउ खाएर बिरामी पर्नेमा आरुघाट गाउँपालिका–४ थुमीका ५० वर्षीय गाइने बिक, उनकी श्रीमती र तीन छोराछोरी रहेको वडाध्यक्ष कृष्ण धमलाले बताए । उनीहरुमध्ये अन्दाजी ११ वर्षका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको उनले जानकारी गराए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको […]
१५ असार, जनकपुरधाम । प्रदेश २ सरकारले अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने गरी कानुनको तयारी गरेको छ । हड्ताल गर्नेलाई कैद र जरिवाना तोकिएको प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभामा पेश गरेको छ । विधेयकमा सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा प्रदेश सरकारले आदेश जारी गरी […]
१५ असार, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु हुने मिति पुनर्विचार गर्नुपर्ने जनाएको छ । एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको छ ।’ पूर्वनिर्धारित मिति १६ असार […]
१५ असार, वीरगञ्ज । आज १७ औं राष्ट्रिय धान दिवस । विभिन्न ठाउँमा दिवसको अवसरमा कार्यक्रमहरु भए । कृषिमन्त्रीले उदयपुरमा चक्लाबन्दी खेतीको सुरुवात गरे भने वीरगञ्जमा मेसिनले धान रोपियो । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ । तर बाराको कलैयामा विरोध जनाउन पनि धान रोपाइँ गरिएको छ । जिल्ला सदरमुकाम कलैयाका बासिन्दाले सडकमै […]
१५ असार, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिज आफैंमा अन्य पुलभन्दा सुन्दर छन् । यसलाई अझ सुन्दर बनाउने गरी सडक विभागले तयारी थालेको छ। विभागमा महानिर्देशक केवश कुमार शर्मा यो ब्रिजमा रंगरोगन गरेर बत्ती जोड्न लागिएको बताउँछन् । शहरको सौन्दर्यता बढाउने उद्देश्यले नै सरकारले धोबीखोलामा यस्तो पुल बनाएको थियो । ‘अब […]
१५ असार, उदयपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सोमबार धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रमका लागि उदयपुर पुगे । त्रियुगा नगरपालिका-१३ बडेवहामा स्थानीय साहरा सहकारी संस्थाले चक्लाबन्दी खेती गरेको ठाउँमा सोमबार मेसिनले धान रोप्ने कार्यक्रम थियो । त्यसका लागि त्रियुगा नगरपालिकाले धान रोप्ने मेसिनको बन्दोबस्त पनि गरेको थियो । धान दिवसको कार्यक्रममा कृषिमन्त्री […]
१५ असार, काठमाडौं । असार १५ बाट दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दाबी फेल खाएको छ । पीसीआर टेस्टको गति बढाउन माग गर्दै युवाहरू सडकमा निस्किएपछि मन्त्री ढकालले २६ जेठको संसद बैठकमा असार १५ बाट दैनिक १० हजार पीसीआर टेस्ट गर्ने दाबी गरेका थिए । तर मन्त्री ढकाल आफ्नो […]
१५ असार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू […]
१५ असार, काठमाडौं । मोरङमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका–६ का २२ वर्षीय मो. सजाद मियाँ रहेका छन् । धनपालथान गाउँपालिका–५ स्थित सोही ठाउँ बस्ने लखना रायको खेत जोत्ने क्रममा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिन जाँदा खेतमा काम गरिरहेका मियाँको घटनास्थलमै मृत्यु […]
१५ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को अतिप्रभाव देखिएका कर्णाली जिल्लाहरुमा लकडाउन कडा गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन । कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउँदै […]
१५ असार, पोखरा । लकडाउनअघिसम्म बिना मिश्र पोखरा लेकसाइडको एउटा होटलमा काम गर्थिन् । व्यस्त पर्यटकीय क्षेत्रको होटलमा काम गर्ने भएकाले उनको कमाइ पनि राम्रै हुन्थ्यो । एउटी छोरी र आफूलाई पोखरामा बाँच्न सजिलै भइरहेको थियो । तर कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिन सुरु भएसँगै नेपाल सरकारले लकडाउन घोषणा गर्यो । लकडाउन भएको भोलिपल्टैदेखि बिनालाई […]
१५ असार, काठमाडौं । आइतबार ४ बजेतिर प्रवेश गरेको सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कपिलवस्तुमा भेटिएको सलहको झुण्डलाई नेपालमा भेटिएको मध्येको सबैभन्दा ठूलो भनेको छ । कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहका कारण जिल्लाको शिवराज नगरपालिका वडा नम्बर एक र ११ मा धान र मकैमा क्षति पुर्याएको जनाएको […]
१५ असार, काठमाडौं । आज पन्ध्र असार । देशका धेरै क्षेत्रमा धान रोप्न किसानहरु ब्यस्त छन् । यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण किसानलाई धान रोप्न सजिलो भएको छ । धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एक अर्कालाई छ्यापेर खुशियाली साटासाट गर्ने गरिन्छ । तर यस वर्ष कोरोना महामारीले रोपाइँहरुमा पनि […]
१५ असार, काठमाडौं । भक्तपुर प्रहरीले जडीबुटी उपनामले चिनिने ४५ वर्षीय कृष्ण तामाङको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सिन्धुलीको तीनपाटन गाउँपालिका घर भई भक्तपुर नगरपालिका–४ गहिटी बस्ने ३० वर्षीय इन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी […]
१५ असार, सुर्खेत । कर्णालीमा डिस्चार्ज हुने कोरोना संक्रमित (कोभिड-१९)को संख्या एक हजार नाघेको छ । हालसम्म प्रदेशमा एक हजार एकजना कोरोना संक्रमित डिस्चार्ज भएको कर्णालीको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कर्णालीका विभिन्न आइसोलेसनबाट ४५ जना डिस्चार्ज भएका छन् । दैलेखको दैलेख अस्पताल/नारायण आइसोलेसनबाट एक महिलासिहत […]
१५ असार,बुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना-१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेक बहादुर परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए । कपिलवस्तुबाट बुटवलतर्फत आउँदै गरेको लु […]
from समाचार – Online Khabar https://ift.tt/31tzczM
via IFTTT