समाचार
१६ असार, विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. एकमा २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं. एकका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको हो । रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड […]
१६ असार, काठमाडौं । निजी सवारीसाधनलाई मात्र चल्न दिइएको विरोधमा ट्याक्सी व्यवसायीले प्रदर्शन थालेका छन् । लकडाउनको तीन महिनासम्म पनि काम नगर्न नपाएपछि दैनिक छाक टार्न समस्या भएको उनीहरुको भनाइ छ । मंगलबार बिहान ट्याक्सी व्यवसायी नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिए । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने […]
१६ असार, गुल्मी । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा […]
१६ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिबाट पारित गरिएको संघीय निजामती सेवा ऐनको प्रावधानले आफूहरुको वृत्तिविकासको सम्भावनालाई समाप्त पारेको र सुब्बाको पदबाटै घर फर्किनुपर्ने अवस्था सिर्जना गरेको भन्दै परराष्ट्र सेवामा कार्यरत नायब सुब्बाहरुले विरोध जनाएका छन् । परराष्ट्र मन्त्रालयस्थित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिको अगुवाइमा भएको बैठकमा नायब सुब्बाहरुले प्रस्तावित ऐनको पदपूर्ति […]
१६ असार, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती सेवा विधेयक नसच्याए आन्दोलन थाल्ने कर्मचारी ट्रेड युनियनका नेताहरुले चेतावनी दिएका छन् । ट्रेड युनियन खारेज गरिनु विश्वव्यापी मूल्य मान्यताविरुद्ध भएको उनीहरुको ठहर छ । राज्य व्यवस्था समितिबाट सोमबार पारित निजामती सेवा विधेयकमा निजामती सेवामा एक आधिकारिक कर्मचारी युनियन रहने व्यवस्था […]
१६ असार, काठमाडौं । लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए । […]
१६ असार, काठमाडौं । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो । गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम […]
१६ असार, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् । साउदी, कुवेत र दुबईबाट आएका पनि […]
१६ असार, गुल्मी । यस वर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको छ । गुल्मी जिल्लामा असारमै २१ प्रतिशत रोपाइँ भएको छ । यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने अनुमान कृषि ज्ञान केन्द्र, गुल्मीले गरेको छ । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गरेको थियो । जिल्लामा […]
१६ असार, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२, स्याँलामा ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–६ वस्ने अन्दाजी १३ वर्षीय विकास परियार बेपत्ता भएका थिए । उनको शव भेटिएको हो । सिमलटारीबाट छल्दी तर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खसेको […]
१६ असार, खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो एक सय रुपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो एक सय रुपैयाँमा खरिद गर्ने बताएका हुन्। “कसैले समाएर ल्याइदिए किलोको एक सय रुपैयाँले, एक हजार किलोसम्मको एक लाख […]
१६ असार, काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, […]
१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति […]
१५ असार, काठमाडौं । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् । […]
१५ असार, पोखरा । स्याङ्जाको पुतलीबजार-४ मा रहेको गोठे फाँटमा सोमबार असार १५ को छेको पारेर भव्य रोपाइँ भयो । रोपाइँमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुगेका थिए । उनले रिबन मात्र काटेनन्, ट्याक्टरै चढेर रोपाइँ उद्घाटन गरे । मुख्यमन्त्री नै रोपाइँमा पुग्नुको कारण पनि रोचक छ । यहाँ किसानहरुले आपसमा मिलेर चक्लाबन्दी […]
१५ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक’ पारित गरेको छ । २०७५ चैत १० देखि समितिमै विचाराधीन उक्त विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कतिपय सांसदको असहमति र प्रतिपक्षी नेपाली कांग्रेसको फरक मतकै बीच […]
१५ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताएका छन् । नेपाल चीन सीमामा कुनै समस्या नभएको पनि उनले बताए । हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । यसको […]
१५ असार, जनकपुरधाम । प्रदेश २ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई तलब-सुविधा उपलब्ध गराउने विधेयक प्रदेश सभामा पेश गरेको छ । स्थानीय जनप्रतिनिधिले मासिक इन्धन, मोबिल, अनुगमन भत्ता, चाडपर्व खर्च, पोसाक भत्ता, सवारी मर्मत सम्भार, यातायात खर्च, पत्रपत्रिका, इन्टरनेट, टेलिफोन, मोबाइल रिचार्ज, अतिथि सत्कार र दैनिक भ्रमण भत्ताको रुपमा सुविधा पाउने व्यवस्था विधेयकमा छ । जनप्रतिनिधिले […]
१५ असार, काठमाडौं । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधन सामान्य थिएन । एउटा सार्वभौम देशको प्रधानमन्त्रीलाई हटाउन ‘विदेशी दूताबासले सक्रियता देखाएको’ विषय सामान्य होइन, जघन्य अपराध हो । यस्तो अन्तर्राष्ट्रिय अपराध कोही पनि स्वाभिमानी नेपाली जनतालाई सैह्य हुँदैन । नेपाली जनताले बहुमत दिएर सरकार चलाउन पठाएका प्रधानमन्त्रीलाई हटाउन लैनचाैरस्थित भारतीय दूतावास सक्रिय भएकै […]
१५ असार, काठमाडौं । भारतले आफूलाई पदबाट हटाउन लागेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विभिन्न टिप्पणी भइरहेका छन् । मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने भारतको खेलमा नेपालका नेताहरू पनि लागेको आरोप लगाएका थिए । विश्लेषकहरू भने प्रधानमन्त्रीले कुर्सीमा टिकिरहन यस्तो धारणा राखेको बताउँछन् । प्राध्यापक […]
१५ असार, काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान रकम नेपाललाई सधैं उपलब्ध नहुने बताएको छ । सम्झौता नेपालको संसदबाट सम्झौता एमसीसी अहिलेसम्म अनुमोदन नभएकोबारे अमेरिका जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भएको बताएको छ । दूताबासले भनेको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको […]
from समाचार – Online Khabar https://ift.tt/2ZqrEea
via IFTTT