Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ मा ३७ जनामा कोरोना संक्रमण

१६ असार, वीरगञ्ज । प्रदेश २ मा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीमा २९, रौतहटमा ५, धनुषामा ३ जनामा संक्रमण देखिएको हो । १ सय ६५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको ल्याबका निर्देशक रामविनय साहले जानकारी दिए । महोत्तरीको सम्सी क्वारेन्टिनका […]

नागरिकता विधेयकविरुद्ध जसपाका नेताहरु सडकमा

१६ असार, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए । संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी […]

कर्णालीमा थपिए १६ कोरोना संक्रमित, ७१ जना डिस्चार्ज

१६ असार, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित पुष्टि भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट मंगलबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका […]

वडाध्यक्षको सुविधा कटौती गर्ने प्रदेश ५ सरकारको प्रस्ताव

१६ असार, काठमाडौं । स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न प्रदेश ५ सरकारले कानून संशोधन प्रस्ताव गरेको छ । सोसम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । प्रदेश सरकारको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन […]

यसरी भइरहेको छ नेपालीको उद्धार उडान (फोटो फिचर)

१६ असार, काठमाडौं । मंगलबार बिहान ६ बजेदेखि ९ बजेको बीचमा नेपाल एयरलाइन्सका चारवटै जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरे । सोमबार साँझ विभिन्न चार वटा मुलुकमा गएका यी जहाजले एकै बिहान करीव ८ सय नेपाली नागरिकलाई काठमाडौं ल्याए । सोमबार बिहान कुवेत, दुबई, दोहा र क्वालालाम्पुरबाट नेपाल एयरलाइन्सका जहाजले घर फर्कने नेपाली लिएर काठमाडौं अवतरण […]

पर्साबाट ९१ हजार भारुसहित एक जना पक्राउ

१६ असार, वीरगञ्ज । पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरीया नगरपालिका–२ लमरिया निवासी २८ वर्षीय मनोज यादव रहेका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनी नेतृत्वको टोलीले उनलाई अलौ भन्सारबाट नियन्त्रणमा लिएको हो । ना १५ प […]

शुल्क नतिर्न विप्लव निकट विद्यार्थी संगठनको आग्रह

१६ असार, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले लकडाउन अवधिको शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ । निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले लकडाउन अवधिको पनि शुल्क असुल गर्न खोजेको भन्दै सो संगठनले यो निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । मंगलबार […]

लकडाउन सहज भएपछि पनि घट्यो बैंकको लगानी

१६ असार, काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा लगानी घटेको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै केहि सहज बनाएपछिमात्रै पनि बैंकहरुको लगानी ७ अर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ । लकडाउनको मोडालिटीको परिवर्तन हुनु अगाडि ३० जेठसम्म बैंकहरुको २६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेको थियो । १ असारदेखि लकडाउन केहि सहज भएको थियो […]

कालोपत्रे सडकमा टिपर भासियो

१६ असार, विराटनगर । मोरङको विराटनगरमा कालोपत्रे सडकमा टिपर भासिएको छ । सोमबार साँझ विराटनगर– १० को पिपल चोकमा कालोपत्रे सडकमा रोकेर राखेको टिपर भासिएको हो । सो सडक एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत निर्माण गरिएको सडक नै भासिएको छ । सोमबार साँझ सडकमा बोहोरा निर्माण सेवाको बालुवा बोकेको को […]

चालकको माग : टेम्पो चलाउन देऊ, नभए राहत देऊ !

१६ असार, काठमाडौं । गत १४ जेठदेखि लकडाउन खुकुलो भए पनि सार्वजनिक गाडीलाई सञ्चालन गर्न अनुमति दिइएको छैन । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ सम्म अहिलेकै लकडाउनलाई जारी राख्ने निर्णय गरेको छ । सरकारले सार्वजनिक सवारी चलाउन नदिँदा खासगरी उपत्यकामा महिलाले उपार्जनको माध्ययम बनाएको सफा टेम्पोका चालकहरु चर्को मारमा परेका छन् । तीन […]

सुनसरीमा न्यायाधीशका सुरक्षागार्डले आफैंलाई हाने गोली

१६ असार, विराटनगर । सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार ३५ वर्षका खतिवडाले जिल्ला अदालत सुरसरी परिसरमै आफ्नो कञ्चटमा गोली हानेका हुन् । सोमबार साझ करिब साढे ७ बजे अदालतको छतमा आफैंलाई गोली […]

सुदूरपश्चिममा दुई जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण

१६ असार कैलाली । सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमा मा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । ‘क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका […]

कर्णालीमा नेकपा सांसदले नै मागे अर्थमन्त्रीको राजीनामा

१६ असार, सुर्खेत । असार १३ र १४ गते २३ घण्टा चलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल, कर्णाली प्रदेशको बैठक बिना निष्कर्ष टुंगियो । ३१ सांसद जुटेको बैठकमा पूर्वनिर्धारित एजेण्डा पनि थिएन । बैठकको पहिलो दिन शुरूमै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटको प्रतिरक्षामा करिब एक घण्टा बोले । […]

दाङमा वडाध्यक्षमाथि कुटपिट

१६ असार, काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी […]

कोरोना त्रासमा सेयर बजारः असर कस्तो पर्ला ?

१६ असार, काठमाडौं । कोरोना त्रास नेपालमा पनि व्यापक हुँदै गएपछि सेयर बजार लकडाउन हुनु अगावै बन्द भयो । लकडाउनकै बिच १९ वैशाखमा खुलेको बजार २ दिन पछि पुनः बन्द गरियो । सेयर बजारका लागनीकर्ताहरु नै खुलाउने र बन्द गर्ने दुई पक्षमा विभाजित हुँदा २ दिन खुलेको बजार पनि बन्द भयो । लकडाउन पूर्ण रुपमा […]

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) का १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ८४० पुगेको छ । त्यस्तै पछिल्लो […]

विदेशबाट १२ हजार फर्किएपछि बन्यो उद्धारसम्बन्धी निर्देशिका

१६ असार, काठमाडौं । सोमबारसम्म भारतबाहेकका विभिन्न मुलुकबाट १२ हजार नेपाली स्वदेश फर्किएका छन् । यतिन्जेलसम्म चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश फर्किन अनुमति दिइरहेको सरकारले बल्ल निःशुल्क उद्धारको गर्ने गरी ‘विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका’को मस्यौदा तयार गरेको छ । अहिलेसम्म कम्पनीले टिकट काटिदिएका र आफैं टिकट काट्न सक्नेहरु मात्रै नेपाल आइरहेका […]

नयाँ आइजीपीको दौडधूप सुरु, सकिँदैछ ठाकुर ज्ञवालीको कार्यकाल

१६ असार, काठमाडौं । अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनेछन् । ज्ञवाली घर गएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् । प्रहरी नियमावलीले प्रहरी […]

कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न चीन जाँदै डब्ल्यूएचओको टोली

१६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार कोरोना भाइरस (कोभिड-१९) को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको बताएको छ । डब्ल्यूएचओले आगामी साता यो टोली चीन जाने बताएको छ । यो टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । डब्ल्यूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित भइरहेको […]

के मेटल गीतले सलहलाई कक्रक्क पार्छ ?

१६ असार, काठमाडौं । कृषिमन्त्री घनश्याम भुसाल उडन्ते कुरा गर्ने नेता होइनन् । तर, उनको एउटा अभिव्यक्तिलाई ‘उडन्ते’ भन्दै सामाजिक सञ्जालमा मजाक बनाइएको छ । कतिपयले प्रधानमन्त्रीको संगतमा परेपछि भुसालले पनि हावादारी कुरा गर्न थालेको टिप्पणी गरेका छन् । सन्दर्भ हो सलहको । नेपालमा सलहको प्रवेश भएसँगै कृषि मन्त्रालयलाई नयाँ भाउँतो आइलागेको छ । सलहको […]

तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माणको योजना ब्युँतियो

१६ असार, काठमाडौं। काठमाडौँ महानगरपालिकाले वडा-३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना ब्युँताएको छ । जनप्रितिनिधि निर्वाचित हुनुअघि नै बनेको योजना अब अघि बढाउन लागिएको हो । स्थानीय तहको निर्वाचनपछि जग्गाको मुआब्जा विवाद नटुंगिएको भन्दै डिजाइ तयार भएपनि काम अघि बढाउन दिइएको थिएन । तर, आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण […]



from समाचार – Online Khabar https://ift.tt/2VsptWo
via IFTTT
Powered by Blogger.