समाचार
१६ असार कैलाली । सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमा मा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । ‘क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका […]
१६ असार, सुर्खेत । असार १३ र १४ गते २३ घण्टा चलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल, कर्णाली प्रदेशको बैठक बिना निष्कर्ष टुंगियो । ३१ सांसद जुटेको बैठकमा पूर्वनिर्धारित एजेण्डा पनि थिएन । बैठकको पहिलो दिन शुरूमै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटको प्रतिरक्षामा करिब एक घण्टा बोले । […]
१६ असार, काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी […]
१६ असार, काठमाडौं । कोरोना त्रास नेपालमा पनि व्यापक हुँदै गएपछि सेयर बजार लकडाउन हुनु अगावै बन्द भयो । लकडाउनकै बिच १९ वैशाखमा खुलेको बजार २ दिन पछि पुनः बन्द गरियो । सेयर बजारका लागनीकर्ताहरु नै खुलाउने र बन्द गर्ने दुई पक्षमा विभाजित हुँदा २ दिन खुलेको बजार पनि बन्द भयो । लकडाउन पूर्ण रुपमा […]
१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) का १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ८४० पुगेको छ । त्यस्तै पछिल्लो […]
१६ असार, काठमाडौं । सोमबारसम्म भारतबाहेकका विभिन्न मुलुकबाट १२ हजार नेपाली स्वदेश फर्किएका छन् । यतिन्जेलसम्म चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश फर्किन अनुमति दिइरहेको सरकारले बल्ल निःशुल्क उद्धारको गर्ने गरी ‘विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका’को मस्यौदा तयार गरेको छ । अहिलेसम्म कम्पनीले टिकट काटिदिएका र आफैं टिकट काट्न सक्नेहरु मात्रै नेपाल आइरहेका […]
१६ असार, काठमाडौं । अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनेछन् । ज्ञवाली घर गएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् । प्रहरी नियमावलीले प्रहरी […]
१६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार कोरोना भाइरस (कोभिड-१९) को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको बताएको छ । डब्ल्यूएचओले आगामी साता यो टोली चीन जाने बताएको छ । यो टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । डब्ल्यूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित भइरहेको […]
१६ असार, काठमाडौं । कृषिमन्त्री घनश्याम भुसाल उडन्ते कुरा गर्ने नेता होइनन् । तर, उनको एउटा अभिव्यक्तिलाई ‘उडन्ते’ भन्दै सामाजिक सञ्जालमा मजाक बनाइएको छ । कतिपयले प्रधानमन्त्रीको संगतमा परेपछि भुसालले पनि हावादारी कुरा गर्न थालेको टिप्पणी गरेका छन् । सन्दर्भ हो सलहको । नेपालमा सलहको प्रवेश भएसँगै कृषि मन्त्रालयलाई नयाँ भाउँतो आइलागेको छ । सलहको […]
१६ असार, काठमाडौं। काठमाडौँ महानगरपालिकाले वडा-३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना ब्युँताएको छ । जनप्रितिनिधि निर्वाचित हुनुअघि नै बनेको योजना अब अघि बढाउन लागिएको हो । स्थानीय तहको निर्वाचनपछि जग्गाको मुआब्जा विवाद नटुंगिएको भन्दै डिजाइ तयार भएपनि काम अघि बढाउन दिइएको थिएन । तर, आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण […]
१६ असार, काठमाडौं । नेकपाको बैठकमा पटक–पटक कुर्सीसम्बन्धी विवाद पर्दै आएको छ । मंगलबारको बैठकमा पनि त्यस्तै विवाद भयो । अन्ततः सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो । बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो । बरिष्ट […]
१६ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएका एकजना प्रहरी निको भएका छन् । उनलाई मंगलबार टेकु अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । खोटाङबाट उदयपुर हुँदै काठमाडौं आएका उनको ७ असारमा पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको थियो । तीन दिनपछि आएको रिपोर्टमा उनमा संक्रमण देखिएको थियो । त्यसको ६ दिनपछि पीसीआर रिपोर्ट […]
१६ असार, काठमाडौं । नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले मंगलबार बिहान स्वास्थ्यमन्त्री ढकाललाई भेटेर क्वारेन्टिनहरु नै कोरोना फैलाउने मध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको हो । क्वारेन्टिन […]
१६ असार, काठमाडौं । अधिवक्ता स्वागत नेपालसहित १२ जनालाई मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध कार्यक्रम भन्दै स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको ब्यानरबाट नेपालसहितका व्यक्तिले शरीरबाट सडकमा रगत पोख्ने कार्यक्रम राखेका थिए । तर, त्यहीबीच मंगलबार उनीहरुलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताएअनुसार […]
१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच शीतलनिवासमा भेटवार्ता भएको छ । मंगलबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको पार्टीका नेताहरुको अनुमान छ […]
१६ असार, बुटवल । प्रदेश ५ मा सोमबारसम्म ४७ प्रतिशत धान रोपाइँ भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १५ गतेसम्मको तथ्यांक अनुसार ४७.०५ प्रतिशत धान रोपाइँ भएको हो । प्रदेश ५ का १२ जिल्लामध्ये प्युठानमा सबैभन्दा बढी ९६.१३ प्रतिशत र गुल्मीमा सबैभन्दा कम १९.६८ प्रतिशत रोपाइँ भएको छ । कृषि […]
१६ असार कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा-१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय हिमांशु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार […]
१६ असार, काठमाडौं । राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा ऐनमा असन्तुष्ट नायब सुब्बाहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् । मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नजिकको सडक किनारमा उभिएर सुब्बाहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले ‘माननीय ज्यू, ना.सु.का आँसु देख्नु भएन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । उनीहरुले राजपत्रांकित तृतीय […]
१६ असार, डोटी । अछामको चौरपाटी गाउँपालिकाले कोदो खेती प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याएको छ । सातौं गाउँसभाबाट कोदोको उत्पादन वृद्धि गर्न ‘फल्याको कोद्या, कुट्याको धान’ भन्ने कार्यक्रम अगाडि सारेको हो । यस कार्यक्रमअनुसार किसानहरुले फलाएको कोदो गाउँपालिकाले सबै संकलन गर्नेछ र गाउँपालिकाले सो बराबर उनीहरुलाई चामल दिनेछ । गाउँपालिकामा कोदो धेरै फल्ने तर किसानले […]
१६ असार, विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. एकमा २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं. एकका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको हो । रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड […]
१६ असार, काठमाडौं । निजी सवारीसाधनलाई मात्र चल्न दिइएको विरोधमा ट्याक्सी व्यवसायीले प्रदर्शन थालेका छन् । लकडाउनको तीन महिनासम्म पनि काम नगर्न नपाएपछि दैनिक छाक टार्न समस्या भएको उनीहरुको भनाइ छ । मंगलबार बिहान ट्याक्सी व्यवसायी नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिए । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने […]
from समाचार – Online Khabar https://ift.tt/3idClcP
via IFTTT