समाचार
११ असार, सप्तरी । सप्तरीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका ७ स्थित कल्याणपुर बजारमा स १ झ ७८७ नम्बरको जिपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए । मृत्यु […]
११ असार, बुटवल । पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन् । यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स […]
११ असार, पोखरा । अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ‘इमेर्जेन्सी वार्डबाट ओपीडी वार्ड हुँदै शव ल्याउनुपर्छ । यसो हुँदा अरुलाई पनि सर्न सक्छ,’ डा. […]
१० असार, काठमाडौं । सरकारले जेठ ५ गते लिम्पियाधुरासमेत समेटिएको नेपालको वास्तविक नक्सा मन्त्रिपरिषदबाट पारित गर्यो । त्यसको दुई दिनपछि ७ गते भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले करिब ३७२ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको नयाँ नक्सा सार्वजनिक गरिन् । त्यसपछि संविधान संशोधन भयो र नेपालको आधिकारिक निशान छापमा समेत लिम्पियाधुरा समेटियो । लिम्पियाधुरा […]
११ असार, काठमाडौं । फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित निको भइसकेका थिए भने थप संक्रमितहरू देखिएका थिएनन् । नेपाल ग्रिन जोनमै भए पनि जनमानसमा डर बढ्दै गयो । कोरोनाविरुद्धको सतर्कताका सामग्रीहरूको खोजी […]
११ असार, तम्घास । गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुंगो लगाएको छ । गाउँपालिकाको बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका–६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो । स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुङ्ग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुंगो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए । गाउँपालिकाको […]
११ असार, धरान । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ को भवन बनाउन ललितबहादुर सापकोटाले २ कठ्ठा जग्गा दान दिएका छन् । इनरूवा नगरपालिका संखुवागाछी निवासी सापकोटाले एक करोड मूल्य बराबरको जग्गा ३ नम्बर वडा कार्यालयको भवन निर्माण गर्न दिएका हुन् । वडा भवन बनाउन जग्गा दान दिएपछ संखुवागाछीसहित वडा नम्बर ३ का बासिन्दालाई थप […]
११ असार, काठमाडौं । मनोचिकित्सक प्राध्यापक डा. सरोजप्रसाद ओझाले आत्महत्या रोकथामका लागि राष्ट्रिय रणनीति आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उनले यस्तो आग्रह गरेका हुन् । प्रा.डा.ओझाले कोभिड–१९ का कारण लगाइएको लकडाउनका बेला करिब २० प्रतिशतले आत्महत्या बढेको भन्दै रोकथामको पहल गर्नुपर्ने बताए । उनले भने, ‘आत्महत्या […]
११ असार, काठमाडौं । अमेरिकामा मंगलबार एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार ३४ हजार ७२० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला […]
११ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ । अहिलेसम्म […]
११ असार, सप्तरी । सप्तरीमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङले ज्यान गएको छ । घरमा पूजा लगाएर एकाबिहानै […]
११ असार, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणसँगै विपद् प्रतिकार्यमा पनि तयार रहन निर्देशन दिएको छ । सेनाले मातहतका पृतनाहरुलाई विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेशन अर्डर’ जारी गरेको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने बाढी, पहिरो जस्ता सम्भावित प्रकोपको प्रतिकार्यका लागि तयारीमा रहन निर्देशन दिइएको अनलाइनखबरलाई बताए […]
११ असार, बुटवल । पाल्पा जिल्लाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ । भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते […]
११ असार, कतार । कतारबाट उद्धार उडानमार्फत् बिहीबार विहान १ सय ५८ जना नेपाली स्वदेश फर्केका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत् ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष स्वदेश फर्केका हुन् । कतारको दोह स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट […]
११ असार, काठमाडौं । मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने र नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पानी पर्ने क्रम बढेसँगै देशका बिभिन्न स्थानका नदीहरुमा पनि बहाव बढ्ने छ । आजबाट कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत सबै प्रदेशका तराई भई […]
११ असार, कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ । उनलाई यही असार […]
११ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा भने, ‘धेरै देश अक्सिजन कन्सेन्ट्रेटर (मेसिन)को अभावसँग जुधिरहेका छन् । हाल यो मेसिनको माग बढी भएको छ ।’ उनले भने, अहिलेसम्म विश्वमा ९३ लाख जना कोरोना […]
११ असार, गुल्मी । पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौडेल गृहजिल्ला गुल्मीमा धान रोप्न व्यस्त छन् । पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर-५ को बम्घामा पर्दछ। पौडेलले आफ्नै खेत घिउबेँसीमा पुगेर धान रोपाइँ गरे । जागिरे अवधिमा पनि गृह जिल्ला आएको बेलामा समेत कृषि क्षेत्रसँग नजिक रहेर काम गर्ने गरेको उनले […]
११ असार, झापा । झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् । उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् । अध्यक्ष लिङ्गदेनले गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक […]
११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ । आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो । कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको […]
१० असार, काठमाडौं । कोरोना (कोभिड-१९) भाइरसका कारण रोकिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनको ‘रोटेसन’ अब सुरु हुने भएको छ । यूएन मिसनले नेपाली सेनालाई बदली गर्नुपर्ने फौज तयारी अवस्थामा राख्न भनेको हो । जसअनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक हजार सैनिक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ । जंगीअड्डाका एक सैनिक अधिकृतका अनुसार यूएनले […]
from समाचार – Online Khabar https://ift.tt/3evP1cE
via IFTTT





















