Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आईपीएल क्रिकेटमा मुम्बई ५ विकेटले विजयी

१३ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ । अबुधाबीमा भएको खेलमा मुम्बईसामु बैंगलोरले १६५ रनको लक्ष्य पेश गरेको थियो । सो लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो । यस जितसँगै मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको […]

कोरोना संक्रमणको दोस्रो लहर : फ्रान्समा देशभर लकडाउन

१३ कात्तिक, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर दोस्रोपटक लकडाउन लागु गरेको छ । यो लकडाउन पूरै नोभेम्बर महिनासम्म रहने बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबारबाट लकडाउन लागु हुने जानकारी दिए । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन । स्वास्थ्य क्षेत्र, […]

तिहारलाई लक्षित गरेर ठूलो मात्रामा ल्याइएको पटाका नागढुंगामा बरामद

१२ कात्तिक, काठमाडौं । प्रहरीले नागढुंगा चेकपोइन्टबाट ठूलो परिणाममा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा २ लाख ६६ हजार वटा पटाका प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्ऽगनरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा १० […]

मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

१२ कात्तिक, काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । साथै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । I have tested positive for covid-19. Those who came to close contact with me in […]

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

१२ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । रुपन्देहीका ३, काठमाडौं, ललितपुर र पाल्पाका २/२ जना, झापा, सिन्धुपाल्चोक, धादिङ र भक्तपुरका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मेचीनगर नगरपालिका– ६ काकडभिट्टा झापाकी ७९ वर्षकी महिलाको बुधबार बिर्तामोडको बीएण्डसी अस्पतालमा […]

महोत्तरीबाट लागूऔषधसहित तीन जना पक्राउ

१२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वरबाट दुई जनालाई र गौशाला नगरपालिकाबाट एक जनालाई पक्राउ गरिएको हो । भारतबाट लागूऔषध लिएर आउँदै गरेका दोलखाको ठुलोपातल गाउँपालिका ९ का २७ बर्षीय असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिका ५ बस्ने २७ बर्षीय मनोज भुजेललाई जलेश्वर नगरपालिका– ३ बाट सशस्त्र […]

८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ मा कोरोना संक्रमण पुष्टि

१२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ […]

ट्रम्प र बाइडनको चुनावी एजेण्डा : चीन मामिलामा एकै ठाउँमा

१२ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी छ । नोभेम्बर ३ मा हुन गइरहेको यो निर्वाचनले समग्र विश्वको ध्यान केन्द्रित गरेको छ । निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडन चुनावी मैदानमा छन् । निर्वाचन कसले जित्छ भन्नेम धेरैको चासो छ किनकी उनीहरुले बोकेका […]

भारतीय सेना प्रमुखको भ्रमणले द्वीपक्षीय सम्बन्ध सुधारमा योगदान गर्ला ?

१२ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख एमएम नरवणेले कात्तिक १९ देखि २१ सम्म नेपालको भ्रमण गर्ने निश्चित भएको छ । एक वर्षदेखि दुई देशको सम्बन्धमा चिसोपन आएको समयमा हुन लागेको भ्रमणलाई महत्वका साथ हेरिएको छ । भारतीय सेना प्रमुखको भ्रमणको पूर्वसन्ध्यामा भारतको खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपालको भ्रमण गरेका छन् । प्रधानमन्त्री […]

ट्राफिकलाई घुस दिन खोज्ने ८ जना पक्राउ

१२ कात्तिक, काठमाडौं । दसैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना काठमाडौंबाट पक्राउ परेका छन् । सवारी नियम उल्लङ्घन गर्दा कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएको आरोपमा ८ जना चालक र सहचालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम […]

दसैंका दिन देहरादुनमा कुटिए ५१ नेपाली विद्यार्थी !

१२ कात्तिक, काठमाडौं । भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थी निर्घात कुटिएको अभिभावकहरूले बताएका छन् । देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले अनलाइनखबरलाई जानकारी दिए । कुटिएकामध्ये ४२ जनालाई चोट लागेको छ । कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका विद्यार्थी छन् […]

भूमिगत पानी सिधै बोतल र जारमा भरेर बिक्री !

१२ कात्तिक, काठमाडौं । इजाजतबिनै सञ्चालित एक पानी उद्योगलाई वाणिज्य विभागले कारबाही गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ११ मनमैजुमा सञ्चालित त्रिशूली मिनरल एण्ड वेभरेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले गरेको अनुगमनमा पानी उद्योगले इजाजत नै नलिई भूमिगत पानी तानेर बोतल तथा जारमा भरेर बिक्री […]

दसैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ   

१२ कात्तिक, बलेवा । दसैँ मनाउन भारतबाट आएका युवकमा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवकले दसैँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए । गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका […]

कोरोनाको एन्डिबडी समयसँगै घट्दै जान्छ : अध्ययन

१२ कात्तिक, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस (कोभिड-१९)विरुद्ध शरीरमा विकास भएको प्रतिरोधी क्षमता -एन्टिबडी) समयसँगै घट्दै जाने गरेको पाइएको छ । शोधकर्ताहरुले बेलायतभरका तीन लाख ६५ हजारभन्दा धेरै मानिसमा गरिएको अनुसन्धानमा तीन महिनाको अवधिमा २६ प्रतिशतभन्दा धेरैको एन्टिबडीमा कमी आएको पाइएको हो । बेलायतमा कोरोनाको पहिलो लहर उत्कर्षमा पुगेपछिको तीन महिनामा यो […]

दसैँ बिदापछि नेप्से ४१.२० अंकले बढ्यो

१२ कात्तिक, काठमाडौं । वाणिज्य बैंकको शेयर खरिद गर्न लगानीकर्ता उत्साहित हुँदा दसैँ बिदापछि पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७.४६ विन्दुमा पुगेर बन्द भयो । कारोबार अवधिभर एक सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार ६१८ […]

धान बिक्री गरेको १५ दिनमै कृषकको हातमा पैसा

१२ कात्तिक, काठमाडौं । कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिका’मा किसानलाई पैसा नतिरेसम्म सहकारीले अनुदान नपाउने व्यवस्था गरिएको छ । कृषकबाट धान खरिद गरेको १५ दिनभित्रै भुक्तानी गरिसक्नु पर्ने निर्देशिकामा उल्लेख छ । […]

बुढीगण्डकी कार्यालयको म्याद फेरि एक वर्ष थपिँदै

१२ कात्तिक, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम गर्दै आएको कार्यालयको म्याद सकिएपछि फेरि एक वर्ष थप्ने तयारी भएको छ । गोरखाको गण्डकी गाउँपालिका सिउरेनीटारमा रहेको बुढीगण्डकी वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाइको गत वर्ष थपिएको एक वर्षको म्याद कात्तिक १३ गते सकिँदैछ । २०७३ सालमा बुढीगण्डकी आयोजना विकास समितिको […]

भोलिदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

१२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ । दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता  प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस […]

दसैं विदामा परेन मानव अधिकार उल्लंघनको उजुरी

१२ कात्तिक, काठमाडौं । दसैं विदामा मानव अधिकार उल्लंघन सम्बन्धी एउटा पनि उजुरी दर्ता नभएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगका केन्द्रीय तथा प्रदेश कार्यालयहरू दसैं विदामा उजुरी ग्रहणका लागि दैनिक दुई घण्टा खुल्ला गरिएको थियो । तर विदाका बेलामा एउटा पनि उजुरी दर्ता नभएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । […]

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१२ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयूमा भर्ना भएकामा उपचारका क्रममा मंगलबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.नारायण पोखरेलले पुष्टि […]

जसपा सांसदले मासिक १५ हजार लेबी बुझाउनु पर्ने

१२ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसदहरूको मासिक लेवी तोकिएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय सांसदहरूसँग जनही १५ हजार रुपैयाँ लेवी लिने निर्णय भएको एक नेताले जानकारी दिए । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण भएर बनेको जसपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ जना सांसद छन् । केन्द्रीय […]



from समाचार – Online Khabar https://ift.tt/3edKaO8
via IFTTT
Powered by Blogger.