समाचार
१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए । भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् । भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कणर्ाली […]
१५ कात्तिक, विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरका अस्पतालहरुमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र मोरङका २/२ तथा सुनसरी र उदपयपुरका एकएक जना छन् । नोबेल मेडिकल कलेजमा चार जनाको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी नगरपालिका-१, झापाकी ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु […]
१५ कात्तिक, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-९, कास्कीका ६२ वर्षीया महिलाको शनिबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको १३ कात्तिकमा पुष्टि भएको थियो । उनमो कोभिड निमोनियाका साथै मधुमेहको पनि समस्या थियो । […]
१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रचण्ड शनिबार दिउँसो बालुवाटार पुगेका हुन् । गएको कात्तिक ४ पछि ओली-प्रचण्ड बीच सम्वाद रोकिएको थियो । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु […]
१५ कात्तिक, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रवन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महाप्रवन्धक शर्मा हाल होम आइसोलेशनमा छन् । पारिवारिक स्रोतका अनुसार उनमा शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोराना संक्रमणका सामान्य लक्षण देखिएको छ । स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू संक्रमित भएको उनले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । शर्माले […]
१५ कात्तिक, जनकपुरधाम । बाँसघारीमा जुवा खेलिरहेका तीन जनालाई महोत्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् । जिल्लाको मनरा सिस्वा नगरपालिका ६ स्थित बाँसघारीमा जुवा खेलिरहेका उनीहरुलाई ३ लाख ३२ हजार ९ […]
१५ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानको तयारी भइरहेको छ । यो बैठकलाई ‘ऐतिहासिक’ बनाउन मुख्यमन्त्रीको कार्यालय र संसद सचिवालय गृहकार्यमा जुटेका छन् । स्थायी राजधानी दाङ देउखुरीमा तिहारलगत्तै प्रदेशसभाको पहिलो बैठक बसाल्ने तयारी उनीहरुको छ । यही तयारीअनुसार सभामुख पूर्णबहादुर घर्ती नेतृत्वको टोलीले दाङ देउखुरीका भौतिक पूर्वाधारको अवस्थाबारे शुक्रबार स्थलगत अनुगमन […]
१५ कात्तिक, धरान । भानुचोकमा आदिकवि भानुभक्त आचार्य शालिक बनेर टोलाइरहेका छन् । यहीँ, भानुचोक छेवैमा छ – मधुशाला (चियालय) । मधुशाला चियालय ! यसका सञ्चालकको नामै मधु हो । मधुकर शाक्य, वर्ष ५६ । उनलाई ग्राहकले ‘मधु प्याला’ उपनामले चिन्छन् । चियापसलमा मधुकरले ग्राहकका लागि पुस्तक,पत्रपत्रिका राखेका छन् । पुस्तक राखिएको हुनाले यो ‘पुस्तकालय’ […]
१५ कात्तिक, चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका […]
१५ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गरेका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् । संघीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यो कार्यान्वयन भएको थिएन […]
१५ कात्तिक, काठमाडौं । सरकारले २ कात्तिकदेखि लक्षित समूहमा नपरेका जनताको कोरोना भाइरस (कोभिड–१९) परीक्षण कतथा उपचार निःशुल्क गर्न छाडेको छ । लक्षित समूहमा नपरेका सर्वसाधारणले खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे उपचार खर्च व्यहोर्ने सरकारले भनेको छ । तर निजी अस्पतालहरुले लाखौं रुपैयाँ धरौटी जम्मा गर्न नसक्ने कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने सरकारी […]
१५ कात्तिक, चितवन । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि […]
१५ कात्तिक, चितवन । होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए । उनकाअनुसार दुवै जनाको सुरक्षा […]
१५ कात्तिक, काठमाडौं । रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको निधन भएको छ । ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा शुक्रबार उनको निधन भएको हो । ३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थापाले २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक (प्राविधिकतर्फ) पदबाट अनिवार्य अवकाश पाएका थिए । थापाका श्रीमती र दुई छोरा छन् ।
१५ कात्तिक, काठमाडौं । ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि […]
१५ कात्तिक, घोराही । दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो । उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते […]
१५ कात्तिक, काठमाडौं । फ्रान्स र मुस्लिम देशबीच तनाव जारी रहेको बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरुले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको टिप्पणी गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा अरुको भावनामा चोट पुर्याउन नहुनेमा उनले जोड दिए । इस्लामावादमा शुक्रबार आयोजित एक कार्यक्रममा खानले भने, ‘इस्लामलाई मान्नेहरुमा पैगम्बर मोहम्मदप्रति जुन भावना छ, […]
१५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबारको म्याचमा राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको प्लेअफ यात्रा कमजोर बनेको छ । पञ्जाबका लागि ८ छक्कासहित ९९ रन जोडेका क्रिस हेनरी गेलले भने टी–२० क्रिकेट इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० […]
१५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको […]
१५ कात्तिक, काठमाडौं । बेन स्टोक्सको अलराउन्ड प्रदर्शनको मद्दतमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर भेटायो । राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन योगदान गरे । अल राउन्ड प्रदर्शन गरेका उनी […]
१४ कात्तिक, काठमाडौं । ‘एकताको महाधिवेशनपछि तपाईं नै अध्यक्ष हुनुहोस्, मेरो साथ रहन्छ । तपाईंका मान्छेहरुको नाम दिनुहोस्, कसलाई कहाँ राख्नुपर्ने हो, सहकार्य गरौं ।’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबारको बालुवाटार भेटवार्तामा पुरानै प्रस्ताव दोहोर्याए । गत वैशाखमा त नेपाललाई ओलीले तेस्रो अध्यक्ष […]
from समाचार – Online Khabar https://ift.tt/2Jp8IID
via IFTTT