समाचार
१२ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य […]
११ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । काठमाडौं, चिततवन र रुपन्देहीका २/२ जना, सुनसरी, सप्तरी, भक्तपुर, ललितपुर र गोरखाका १/१ जनाको मृत्यु भएको विभिन्न अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् । धरान उपमहानगरपालिका सुनसरीका ५० वर्षका पुरुषको सोमबार राति १२ बजेर ५५ मिनेटमा बीपी […]
११ कात्तिक, बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको […]
११ कात्तिक, राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवासमै आइसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला […]
११ कात्तिक, काठमाडौं । गोरखाकी एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र […]
११ कात्तिक, काठमाडौं । कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते […]
११ कात्तिक, काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक […]
११ कात्तिक, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणले दुई देशको बीचमा रहेको अविश्वास हट्ने र यो भ्रमणपछि अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने एक भारतीय विज्ञले बताएका छन् । भारतको रक्षा मन्त्रालयअन्तर्गतको थिङ्क ट्याङ्क मनोहर परिकर इन्टिच्युट अफ डिफेन्स एनालाइसिसमा नेपाल–भारत मामिला हेर्ने रिसर्च फेलो निहार आर नायकले अनलाइनखबरसँग […]
त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो । विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको भए, परिवारले साथ दिएको भए, प्रहरीमा गएको भए वा दीपकले विवाह गरेको भए आज म अर्कै बिमला हुन्थेँ […]
गत महिना सोह्रश्राद्ध चलिरहँदा, नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड आफ्नी ‘आमाहरू’को सम्झनामा कोरोना भाइरस महामारीका कारण छाक टार्न नसकेका मानिसलाई काठमाडौँको नयाँ बसपार्कमा खाना खुवाउन व्यस्त थिए । सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएका ओड आज नेपाली सङ्गीत जगतका परिचित नाम हुन् । सफलताको यस खुट्किलामा पुगिसक्दा पनि ओडले आफ्नो धरातल, दुःख र […]
११ कात्तिक, काठमाडौं । उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए । तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् । उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा […]
११ कात्तिक, काठमाडौं । भारत र अमेरिकाको बीचमा मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । लद्धाख घटनापछि भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ । सो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान […]
११ कात्तिक, काठमाडौं । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । दिउँसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको […]
पुतलीसडकको सडक सफा र चौंडा थियो । फुटपाथ उत्तिकै ठूलो । छेउछेउमा रङ्गीचङ्गी फूल फुलिरहेका थिए । जाम थिएन ! ठाउँठाउँमा मेट्रो चढ्नका लागि मानिसहरू शान्त ढङ्गमा लाइन बसिरहेका थिए । एकादेशमा ऊ कम्युनिस्ट थियो । तर, ऊ आफूलाई ‘सुपरम्यान’ भन्न रूचाउँथ्यो । अरूले त्यसरी नै बुझुन् भन्ने उसको चाहना हुन्थ्यो । उसले प्रधानमन्त्रीको शपथ […]
११ कात्तिक, पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरे । उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने […]
११ कात्तिक, सप्तरी । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ […]
११ कात्तिक, काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन […]
११ कात्तिक, काठमाडौं । एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुलाई दुई […]
११ कात्तिक, काठमाडौं । बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ […]
घटस्थापनाको अघिल्लो दिन मात्र छथर ओख्रे (तेह्रथुम) का भुवनजित तुम्खेवा काठमाडौंबाट दसैं मान्न घर आइपुगे । उनले घरमा पूर्खाहरूले गोर्खालीबाट लिएका नगरा, निशान, तोप, ढाल, तरवार, खुँडा राख्ने गरेका छन् । तुम्खेवाले नौरथादेखि जमरा राख्ने, नगरा बजाउने, निशानलाई नयाँ श्रीङ्गार पहिरन दिने, धुप बाल्ने इत्यादि गरेका छन् । पहिले उनका पूर्खाले दसैंमा निशान जसरी पूज्थे, […]
११ कात्तिक, काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । ‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आज दुई देशका अधिकारीबीच भ्रमणको […]
from समाचार – Online Khabar https://ift.tt/3mw58e6
via IFTTT