समाचार
१० कात्तिक, सप्तरी । सप्तरीमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो […]
१० कात्तिक, विराटनगर । जम्मा १८ वर्षका भए, विराटगर महानगरपालिका–२ का चन्दन पोद्दार । उनको दिन भने विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस विरुद्धको युद्वमा बितिरहेको छ । यो वर्ष कक्षा १० मा पुगेका उनले काम गर्ने कोशी अस्ताल कोभिड–१९ उपचार केन्द्र र उनको परिवार बस्ने घर करिब चार किलोमिटर दुरीमा छ । बाबुआमासँग घरमा […]
१० कात्तिक, काठमाडौँ । अमेरिकी विदेशमन्त्री माइक पम्पियो दक्षिण एसियाली मुलुकहरुको भ्रमण शुरु गरेका छन् । यस अगाडि नै उनले भ्रमणको उद्देश्य चीनका कारण उत्पन्न थ्रेटको सामना गर्नु रहेको बताइसकेका छन् । पम्पियो सोमबार अपरान्ह नयाँ दिल्ली आइपुगेका छन् । भारतमा उनी टु प्लस टु वैठकमा सहभागी हुनेछन् जसको अर्थ हो दुवै देशका विदेशमन्त्रीसँग दुवै […]
१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् […]
१० कात्तिक, काठमाडौँ । भारतको सत्तारुढ भारतीय जनता पार्टीको नीति निर्माणमा प्रभाव पार्ने राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस) का प्रमुख मोहन भागवतले चीनलाई चुनौती दिन नेपाल लगायतका छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् । आरएसएसले प्रत्येक बर्ष विजयादशमीको उपलक्षमा आयोजना गर्ने बार्षिक कार्यक्रमलाई भारतको नागपुरमा सम्बोधन गर्दै उनले चीनले लद्धाखमा भारतीय भूमि मिचेको भनी कडा […]
बाहिर झरी परिरहेको छ । झरीको अविराम संगीत र बा’को खोकी यसरी समवेत सुनिइरहेको छ मानौं कुनै शास्त्रीय संगीतको जुगलबन्दी भइरहेको छ । बा भुइँतलाको ओछ्यानमा सुतिरहनुभएको छ । कुनाको खाटमा म असजिलो गरी पल्टिरहेको छु । बाको हरेक खोकी घरको चारभित्तामा ठोकिएर मसम्म आइपुग्छ र मेरो दुखाइलाई अझ बल्झाइरहन्छ । हरेक खोकीले बाको घाँटीको […]
१० कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार इटहरी उपमहानगरपालिका सुनसरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका पुरुष र धरान उपमहानरगपालिकाकी ८३ वर्षकी महिलाको मृत्यु भएको हो । इटहरीका ७९ वर्षका पुरुषको आइतार दिउँसो ४ बजेर ५ मिनेटमा […]
१० कात्तिक, काठमाडौं । बडा दसैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदैछ । घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । टीकाको साइत विहान १०ः १९ बजे भएपनि आफू अनुकुलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । […]
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन सरकारी निवास बालुवाटारमा टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् । सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]
१० कात्तिक, काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हन्ड्रेड ग्रुपले सोमबार दसैँको टीकाको दिन खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई सोमबार हन्ड्रेड ग्रुपले टीका लगाएर दक्षिणा दिएको छ भने मासुभात खुवाएको छ । खुलामञ्चमा दसैँको मुख्य दिन सोमबार पनि […]
फिर्ता गर्नुछ सबै–सबै जसरी फोक्सोले फिर्ता गर्छ श्वास वायुमण्डलमा मुटुले फिर्ता पठाउँछ रगत धमनीहरूलाई हृदयले फिर्ता लिन्छ/दिन्छ मायाको उच्छवास फिर्ता गर्नु भनेको बाँच्नु पो हुँदो रहेछ मलाई पनि फिर्ता गर्नुछ सबै–सबै र बाँच्नुछ चैनको जुनि फिर्ता गर्नुछ विवाहको प्रस्तावसहितको प्रियसीको प्रेमपत्र फिर्ता गर्नुछ परिवार, समाज र राज्यको बन्धन सुखसयलका नाममा प्राप्त सबै–सबै भ्रमका जालो प्रविधिले […]
अखडा भनेको फटाहा, बदमास लुक्ने ठाउँ होजस्तो लाग्थ्यो । चोरहरूले चोर्न सल्लाह गर्ने कुनै गुप्तस्थान, बदमासहरूले कुनै उपद्रो गर्न योजना बनाउने एकान्तस्थान होलाजस्तो लाग्थ्यो । अहो ! अखडा शब्दको त व्यापक अर्थ लाग्दोरहेछ । चोर, साधु, सज्जन, बौद्धिक वर्ग र राजनीति गर्नेहरूको जमघट हुने ठाउँलाई पनि अखडा भनिँदोरहेछ । थाहा छैन, म सहभागी ती अखडाहरू […]
१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले […]
यो वर्ष धेरैले आफ्ना पुराना दसैँ ‘मिस’ गरेका छन् । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला शहर सुनसान भइसक्यो । शहरबाट गाडीभरि मात्र होइन, छतमा समेत भरिएर मानिसहरु गाउँ पुगिसक्थे । कोरोना महामारीका कारण उत्पन्न प्रशासनिक झञ्झट र स्वास्थ्य सचेतताका कारण यो वर्ष धेरैले पारिवारिक जमघटका साथ परम्परागत रुपमा दसैँ मनाउन सकेनन् । वडा र गाउँपालिकाले […]
१० कात्तिक, काठमाडौं । ‘कसैले नगरेको काम, त्यसमा पनि ४० वर्षको निरन्तरता । कसरी सम्भव भयो ?’ नेपालकी प्रथम ‘ब्युटिसियन’ कमला श्रेष्ठले सामना गरिहनुपर्ने प्रश्न हो । हामी पनि यही प्रश्नको सेरोफेरोमा कमलासँग कुरा गर्न पुग्यौं । ललितपुरको कुपण्डोलस्थित साइम ब्युटी सैलुनमा पुग्दा उनी काममा व्यस्त थिइन् । उमेरले ६३ वसन्त पार गरिसकेकी कमला अहिले […]
१० कात्तिक, काठमाडौं । दसैंको टीका थापिसकेपछि काठमाडौं उपत्यकामा झनै ठूलो उत्सवको सुरुवात हुन्छ । अन्त टीकासँगै बिस्तारै मलिन बन्दै जाने दसैंको माहोल काठमाडौं उपत्यकामा भने पूर्णिमासम्म नै चलिरहन्छ । हरेक दिन जात्रा र उत्सवमा रमाउने काठमाडौं उपत्यकावासीको कला र संस्कृतिबाट लोभिएका मध्यकालीन पश्चिमा यात्रीहरूले आफ्नो स्मरणमा लेखे’थे ‘जनालय (घर)जति सबै मन्दिर र नगरवासीजति सबै […]
१० कात्तिक, भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण अघिल्ला वर्षको तुलनामा दर्शनार्थीहरु कम देखिएका छन् । नगरपालिका […]
यस वर्ष कोरोनासँगै दसैं मनाउनुपरेको छ । यसर्थ, कोरोनाको जगजगीमा दसैं मनाउँदा के कसो गर्नु बेस होला भनी मनमा उब्जिएका कल्पनाहरु आम पाठकसमक्ष प्रस्तुत गरेको छु । यसपटकको दसैं सबैले तनावमुक्त भएर मनाउने अभ्यास गर्न सबैमा सार्वजनिक अपिल गर्छु । ज्येष्ठ नागरिकको सुरक्षा हिन्दू धर्मअनुसार दसैंमा मान्यजन वा आफूभन्दा उमेरले पाका मानिसबाट आर्शिवाद लिने हो […]
१० कात्तिक, काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले सोमबार दसैँको टीकाको दिन खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई सोमबार हाम्रो टीम नेपालले टीका लगाएर दक्षिणा दिएको छ भने मासुभात खुवाएको छ । खुलामञ्चमा दसैँको मुख्य दिन […]
१० कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका छन् । उनले दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामना गरेका छन् । नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भनेका छन्, ‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस […]
नेपालीहरुको महान चाड बडादशैं मान्न देशका शहरी क्षेत्रबाट मानिसहरु यसवर्ष गाँउघरमा झरेका छैनन्, सडकमा यतायातको भिडभाड छैन, नयाँ कपडा, खाने कुरा खासै किनिएन, नवरात्रीमा मठ–मन्दिरमा श्रद्धालुहरुको घुँइचो देखिएन, मिष्ठान परिकारहरु कमै बने, घरहरु रङ्गले पोतिएका छैनन्, पिंगहरु सरर.. हुँइकेका छैनन्, लङ्गुरबुर्जाका गोटीहरु घोलिएका छैनन् । घर–घरमा जमराहरु कमै राखिए । २०७७ सालको दशैं कोरोना महामारीका […]
from समाचार – Online Khabar https://ift.tt/2J85n0o
via IFTTT






















