Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारत र अमेरिकासँग सम्बन्ध चिसिएकै बेला चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक शुरु

११ कात्तिक, काठमाडौं । आगामी पाँच बर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण वैठक शुरु भएको छ । सो पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा शुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ । भारत र अमेरिकासँग […]

१२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

११ कात्तिक, काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट  जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक […]

कास्कीका कैदीबन्दीले लगाएनन् टीका

११ कात्तिक,  कास्की । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए । ‘विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका […]

टीका र जमरा लगाउने क्रम आज पनि जारी

११ कात्तिक,  काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन […]

जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ

११ कात्तिक, तम्घास । गुल्मीमा जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन् । तर, स्थानीयका अनुसार रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डेलगायतलाई […]

भारतीय विज्ञ भन्छन्– रअ प्रमुखको भ्रमणपछि अब दुई देशबीच वार्ता हुन सक्छ

११ कात्तिक, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणले दुई देशको बीचमा रहेको अविश्वास हट्ने र यो भ्रमणपछि अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने एक भारतीय विज्ञले बताएका छन् । भारतको रक्षा मन्त्रालयअन्तर्गतको थिङ्क ट्याङ्क मनोहर परिकर इन्टिच्युट अफ डिफेन्स एनालाइसिसमा नेपाल–भारत मामिला हेर्ने रिसर्च फेलो निहार आर नायकले अनलाइनखबरसँग […]

भारतीय सेनाबाट अवकाशप्राप्त नेपालीहरु किन राज्यविहीन महसुस गर्छन् ?

११ कात्तिक, काठमाडौं । उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए ।  तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् । उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा […]

रोजगारी गुमेपछि चुलो बाल्न बालुवा-गिट्टीमा आश्रित

११ कात्तिक, डडेल्धुरा । कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न […]

बिहे खाएर फर्किँदै गरेका युवकमाथि सांघातिक आक्रमण, बायाँ खुट्टा छिनालियो

११ कात्तिक, घोराही । दाङको तुलसीपुरमा एक युवक हात–खुट्टा काटिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विक तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार विकको बायाँ खुट्टा काटेर छिनालिएको छ । उनका दुवै हातमा पनि धारिलो […]

महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

११ कात्तिक, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरी छन् । उनले चलाएको प्रदेश ३–०२०१४ प ९७९८ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा सोमबार साँझ ठोक्किँदा उनी घाइते भएका थिए । त्रिवि शिक्षण […]

भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

११ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि […]

बाँदरलाई हानेको गोली काकालाई लागेपछि…

११ कात्तिक, प्युठान । प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो […]

हुम्लीको दसैं महँगो

११ कात्तिक, हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैं महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दसैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ […]

तनहुँका भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

११ कात्तिक, तनहुँ । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी […]

शक्तिपीठमा दिइएन पशुबली

११ कात्तिक, डोटी । जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबलि नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा आवतजावत शून्यप्रायः छ । प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले कोरोना जोखिमका कारण त्यस्ता मन्दिरमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए । यहाँका प्रसिद्ध शक्तिपीठहरु शैलेश्वरीमा रहेको चण्डिका, तिखामा […]

रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

११ कात्तिक, बुटवल । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी […]

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

११ कात्तिक, काठमाडौं । कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् । यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने गरेको थियो […]

बीपी प्रतिष्ठान धरानमा ५० वर्षीय संक्रमितको मृत्यु

११ कात्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो । यही कात्तिक […]

टर्कीका राष्ट्रपतिको अपील– फ्रान्सका उत्पादन नकिन्नू

११ कात्तिक, काठमाडौं । टर्की सरकारले फ्रान्सेली उत्पादनहरु खरिद नगर्न जनतासँग अपील गरेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले कट्टरवादी मुस्लिमलाई फ्रान्सले दमन गरेको भन्दै फ्रान्सले उत्पादन गरेका सामान नकिन्न अपील गरेका हुन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले भने, ‘यदि फ्रान्समा मुसलमानमाथि दमन हुन्छ भने विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि आउनुपर्छ ।’ फ्रान्सेली […]

आईपीएल : पन्जाबले कोलकातालाई ८ विकेटले हरायो

११ कात्तिक, काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ । कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाएर हासिल गरेको थियो । पन्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरे । मन्दीप सिंहले नटआउट ६६ […]

सिरियाको इदलिब प्रान्तमा हवाई हमला, ५० भन्दा धेरैको मृत्यु

११ कात्तिक, काठमाडौं । उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । यो आक्रमणपछि इदलिबमा […]



from समाचार – Online Khabar https://ift.tt/37KEmdu
via IFTTT
Powered by Blogger.