समाचार
१४ कात्तिक, परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०७ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई […]
१४ कात्तिक, वीरगञ्ज । वीरगञ्ज–पथलैया ६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै बाराको जीतपुरका स्थानीयले शुक्रबार तीन घण्टा चक्काजाम गरेका छन् । उनीहरुले बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म प्रदर्शन गर्नुको साथै वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका हुन् । सडक विस्तारका लागि भन्दै घर टहरा भत्काएको दुई वर्ष पुग्न लाग्दा समेत सडक निर्माणले गति नलिएको […]
१४ कात्तिक, तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बहुविवाह मुद्दामा ६ वर्षदेखि फरार दुईजना अभियुक्तलाई पक्राउ गरेको छ । मेन्छयायेम गाउँपालिका- १ बस्ने सन्तबहादुर कार्की र संगीता उप्रेती पक्राउ परेका हुन् । बहुविवाह मुद्दामा तेह्रथुम जिल्ला अदालतले उनीहरु विरुद्ध २०७१ जेठ २९ गते जनही एक वर्ष कैद फैसला गरेको थियो । गोप्य सूचनाको आधारमा कात्तिक […]
१४ कात्तिक, काठमाडौं । कोरोना भाइरसको महामारीपछि खुलेको पदयात्राका लागि एक दर्जन गन्तव्य सहज बनेका छन् । सरकारले १७ अक्टोबरबाट विदेशी पर्यटकले समेत पदयात्रा गर्न पाउने गरी खुला गरेको थियो । त्यसयता १२ वटा गन्तब्य पर्यटकका लागि सहज बनेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । तर, हिमाली क्षेत्रमा साविकका केही निषेधित क्षेत्रमा […]
१४ कात्तिक, वीरगञ्ज । बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले घटनाबारे छानबिन गर्न प्रशासकीय अधिकृत सुरेन्द्र यादवका संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ […]
१४ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु थापाका अनुसार पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो । उनका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै […]
१४ कात्तिक, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–५ का ७० वर्षीया वृद्धाको उपचारको क्रममा शुक्रबार बिहान ८ः३५ बजे मृत्यु भएको हो । वृद्धामा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको […]
१४ कात्तिक, तनहुँ । तनहुँको व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाले पैसा लुट्न एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको साथबाट प्रहरीले लागू औषध १ […]
१४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा आलुको मूल्य अचाक्ली बढेको छ । थोक बजारमा ६४देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म पुर्याइएको छ । व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन । त्यसमाथि खुद्रा पसलेले मनपरी मूल्य गर्दा उपभोक्ताहरु मारमा परेको होलसेल व्यवसायीहरुको दाबी छ । कालीमाटी फलफूल तथा […]
१४ कात्तिक, काठमाडौं । भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा कुटिएका नेपाली विद्यार्थीहरुको निःशुल्क उपचार गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ । शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीहरुमाथि दसैंको टीकाको दिन निर्घात कुटपिट भएको थियो । केही विद्यार्थीहरु भागेर नेपाल आएका छन् । सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको पहल गर्न नेविसंघले सरकारसँग […]
१४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् । नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु खुमलटार पुगिरहेका छन् । ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट तेस्रो नेता […]
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् । २१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल […]
१४ कात्तिक, काठमाडौं । गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) सडक विस्तारका लागि भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ । तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशकको पनि आयु पाएनन् । १३ करोड खर्च […]
१४ कात्तिक, गुल्मी । दसैंको बेला गुल्मी जिल्लामा सरायँ नाचको बेग्लै रौनक हुन्थ्यो । तर यस वर्ष सरायँ नाच हुने स्थान सुनसान भए । दसैं खल्लो भयो । परापूर्वकालदेखि चल्दै आएको सरायँ नाच प्राय दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म नाच्ने गरिन्छ । गोलो घेरा बनाई पञ्चेबाजाको तालमा खुँडा र तरबार कुशलतापूर्वक नचाउँदै एकअर्कामा ठोक्काएर सरायँ नाच […]
१४ कात्तिक, टीकापुर । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर […]
१४ कात्तिक, जनकपुरधाम । आज कोजाग्रत पूर्णिमा । आजको दिनबाट यस वर्षको दशैंलाई विधिवत रुपमा समापन गरिँदैछ भने तिहारको स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइँदैछ । कोजगराको अवसरमा पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि अन्तिम विधि गर्ने गरिन्छ । पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक जीवनको सुरुवात गरेका […]
१४ कात्तिक, गुल्मी । गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको […]
१४ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसियाली मुलुकको भ्रमणले यतिबेला भूराजनीतिक तरंग सिर्जना गरेको छ । अमेरिका र भारतका बीचमा भएको टु प्लस टु मन्त्रिस्तरीय वार्ता, रक्षा सूचना आदान–प्रदानसम्बन्धी सम्झौता र क्षेत्रिय मुद्दाहरुमा भएका केही प्रारम्भिक सहमतिले दक्षिण एसियाली मुलुकमा शक्ति राष्ट्रहरुवीचको संघर्ष आगामी दिनमा बढ्ने स्पष्ट संकेत देखिएको छ । पम्पियोले नेपालको […]
१४ कात्तिक, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो । चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए । उच्च रक्तचाप […]
१४ कात्तिक, पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै […]
१४ कात्तिक, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएका हुन् । […]
from समाचार – Online Khabar https://ift.tt/31VUvsO
via IFTTT