Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरानाकालमा बढ्यो रेमिट्यान्स, घट्यो हुण्डि

१३ असोज, काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोना भाइरस (कोभिड-१९) को निकै ठूलो असर परे पनि नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण) मा भने सकारात्मक प्रभाव परेको छ । नेपाल पूर्ण लकडाउन भएर वैदेशिक रोजगारीमा जाने क्रम ठप्प हुँदा पनि रेमिट्यान्स आप्रवाहमा बढोत्तरी देखिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले ११ चैतदेखि देशमा पूर्ण लकडाउन गर्‍यो […]

नेपालगञ्ज मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु

१५ असोज, बुटवल । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० […]

रौतहटको हिरासतमा महिलाको मृत्यु

१५ असोज, रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउत बिहीबार विहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् । कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार सा“झ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए […]

ठोरीमा विद्यालय सञ्चालनको तयारी

१५ असोज, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि तयारी थालेको छ । विद्यालय सञ्चालनअघि पालिकाभित्र रहेका २१ वटै विद्यालयहरुको अनुगमन गरिएको छ । विद्यालयहरुमा सेनिटाइजेसन गर्ने काम भइरहेको छ । कोभिड–१९ महामारीको समयमा बाहिरबाट आएकाहरुलाई ६ वटा विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको थियो । वडा-२ का अध्यक्ष किशोर तामाङ संयोजक रहेको ७ सदस्यीय […]

नागरिकता सिफारिसका लागि घुस लिने कार्यालय सहयोगी पक्राउ

१५ असोज, जनकपुरधाम । नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएका जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार घुसको रकमसहित बिहीबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो […]

ठग्नकै लागि लोक सेवाको नक्कली परीक्षा सञ्चालन, ६ जना पक्राउ 

१५ असोज, वीरगञ्ज । असोज १४ गते वीरगञ्ज–१६ स्थित देव पार्टी प्यालेसमा परीक्षा चल्दै थियो । लोक सेवा आयोगको परीक्षा भनेर प्रवेश पत्र, प्रश्न पत्र, उत्तर पुस्तिका बाँडिएको थियो । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा भनी परीक्षा चलाइएको रहेछ । मध्यान्ह १२ बजेतिर प्रहरी […]

दिल्लीको प्लेइङ सेटमा पर्न सन्दीपलाई किन मुस्किल ?

१४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण अहिले संयुक्त अरब एमिरेट्स (युएई)मा चलिरहेको छ । विश्वकै चर्चित र स्टार खेलाडीको जमघट हुने लिगलाई नेपालीहरुले पनि निकै पछ्याइरहेका छन् । एकजना स्वदेशी क्रिकेटरको पनि उपस्थिति भएकाले नेपालीको अतिरिक्त चासो आईपीएलमा छ । नेपालका युवा स्टार सन्दीप लामिछाने लगातार तेस्रोपटक आइपीएल खेलिरहेका छन् । […]

मोरङमा होम आइसोलेसनमा बसेकी संक्रमितको मृत्यु

१५ असोज, विराटनगर । कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् । उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । बुधबार राति सुनसरी […]

नेपाल एयरलाइन्समा विदेशी पाइलटमाथिको खर्च ७७ प्रतिशत कटौती

१५ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि सरकारले लिएको प्रतिवन्धका कारण सबैतिर व्यापार व्यवसायमा मन्दी छाएको छ । सोही क्रममा नेपाल एयरलाइन्सले समेत विदेशी पाइलटमाथिको खर्चमा कोरोनायता ७७ प्रतिशतसम्म खर्च कटौती गरेको जानकारी दिएको छ । कोरोना भाइरसको महामारी अगाडी वाइडबडी जहाज ए३३० विमान दैनिक १३ घण्टा उड्ने गरेको थियो । […]

आफ्नै कोठामा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि

१५ असोज, काठमाडौं । वीरेन्द्रनगरमा आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् । कोठाको ढोका बन्द भएको अवस्थामा मृत भेटिएकी उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो । […]

असह्य पीडामा पनि शान्त डा. केसी

१५ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ । डा. गोविन्द केसीको १९ औं अनसन स्थल । त्यहाँ पुग्नुपूर्व ठूलो बैठक कोठा पार गर्नुपर्छ, जहाँ हवल्दारको नेतृत्वमा तीन प्रहरी छन् । डा. केसीलाई भेट्न पुग्ने जो कोहीलाई प्रहरीले त्यहीँ रोक्छ । पत्रकार देख्यो भने उर्दी जारी गर्छन्, ‘फोटो खिच्नचाहिँ पाइँदैन है ! क्यामेरा […]

बलात्कार आरोपमा वडासचिव पक्राउ

१५,असोज, जनकपुरधाम । दलित महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा महोत्तरीका एकजना वडासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भंगहा नगरपालिका-९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दिए र सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी केसीले […]

रानीपोखरी मन्दिरमा गजुर राखिँदै

१५ असोज, काठमाडौं । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै छ । लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गर्न लागिएको हो । मन्दिरमा गजुर राखिसकेपछि रानीपोखरीमा माछाका भुरा पनि छाड्ने योजना छ । रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । […]

आजबाट दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि किन्न सकिने

१५ असोज, काठमाडौं । अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक […]

रौतहटका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१५ असोज, वीरगञ्ज । रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए […]

बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको ज्यान गयो

१५ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–६ का पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । ‘प्रतिष्ठानमा ल्याउँदा नै उहाँको अवस्था अत्यन्त […]

दृढ इच्छाशक्तिका साथ जैविक विविधता संरक्षण गर्नुपर्छ : प्रधानमन्त्री ओली

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । दृढ राजनीतिक इच्छाशक्तिका साथै […]

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

१५ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए । उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी […]

केएल टावरले दियो व्यापारीहरुलाई भाडा छुट

१५ असोज, काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावर मलले व्यापारीहरुलाई चैतदेखि असोजसम्मको भाडामा छुट दिएको छ । कोरोना संक्रमणको महामारीको बेला केएल टावरमा पसल तथा कार्यालय सन्चालन गर्दै आएकाहरुलाई राहत होस् भनेर भाडा छुट दिइएको हो । केएल टावर मलका प्रवन्धक रमेश कक्षपतिका अनुसार नेपालमा लकडाउन सुरु भएपछि चैत र बैशाख महिनाको पूरै भाडा छुट […]

बलि दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

१५ असोज, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बलि दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको […]

मुम्बईको चेम्बुर रेल स्टेशन नजिकको बजारमा आगलागी

१५ असोज, काठमाडौं । मुम्बईको चेम्बुर रेलवे स्टेशन नजिकको एक बजारमा आगलागी भएको छ । आगलागीका कारण स्थानीय त्रसित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीको कारण र आगोले पु¥याएको क्षतिको विवरण खुलेको छैन । घटनास्थलमा अग्निनियन्त्रकको टोली खटिएको छ । यसअघि सन् २०१८ मा पनि चेम्बुरको एक हाउजिङमा आगलागी हुँदा ५ जनाको मृत्यु […]



from समाचार – Online Khabar https://ift.tt/3iq9MI8
via IFTTT
Powered by Blogger.