Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपाली कृषिको विकास स्थानीय सरकारको काँधमा

नेपालको संविधान २०७२ ले संघीयतालाई संस्थागत गर्दै स्थानीय तहलाई सरकारकै रुपमा परिभाषित गरेको छ । यो संवैधानिक व्यवस्थाले स्थानीय तहहरुको महत्व र दायीत्व दर्शाउँछ । नेपालको कृषि बिकास अब स्थानीय सरकारहरुमा निर्भर छ । कृषि विकासका लागि संघ र प्रदेश सरकारहरुले कोरेको खाकालाई कार्यरुप दिने निकाय पनि हुन्, स्थानीय सरकार । यो दायीत्व पूरा गर्ने […]

आजबाट दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि किन्न सकिने

१५ असोज, काठमाडौं । अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक […]

रौतहटका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१५ असोज, वीरगञ्ज । रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए […]

बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको ज्यान गयो

१५ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–६ का पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । ‘प्रतिष्ठानमा ल्याउँदा नै उहाँको अवस्था अत्यन्त […]

दृढ इच्छाशक्तिका साथ जैविक विविधता संरक्षण गर्नुपर्छ : प्रधानमन्त्री ओली

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । दृढ राजनीतिक इच्छाशक्तिका साथै […]

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

१५ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए । उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी […]

केएल टावरले दियो व्यापारीहरुलाई भाडा छुट

१५ असोज, काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावर मलले व्यापारीहरुलाई चैतदेखि असोजसम्मको भाडामा छुट दिएको छ । कोरोना संक्रमणको महामारीको बेला केएल टावरमा पसल तथा कार्यालय सन्चालन गर्दै आएकाहरुलाई राहत होस् भनेर भाडा छुट दिइएको हो । केएल टावर मलका प्रवन्धक रमेश कक्षपतिका अनुसार नेपालमा लकडाउन सुरु भएपछि चैत र बैशाख महिनाको पूरै भाडा छुट […]

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

१५ असोज, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको […]

मुम्बईको चेम्बुर रेल स्टेशन नजिकको बजारमा आगलागी

१५ असोज, काठमाडौं । मुम्बईको चेम्बुर रेलवे स्टेशन नजिकको एक बजारमा आगलागी भएको छ । आगलागीका कारण स्थानीय त्रसित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीको कारण र आगोले पु¥याएको क्षतिको विवरण खुलेको छैन । घटनास्थलमा अग्निनियन्त्रकको टोली खटिएको छ । यसअघि सन् २०१८ मा पनि चेम्बुरको एक हाउजिङमा आगलागी हुँदा ५ जनाको मृत्यु […]

कोलकाताको कसिलो बलिङले राजस्थानको विजययात्रा रोकियो

१५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको विजयी यात्रामा रोक लगाइदिएको छ । बुधबार राति दुबईमा राजस्थानविरुद्धको खेलमा कोलकाता ३७ रनले विजयी भयो । राजस्थानको यो पहिलो हार हो । कोलकाताले दिएको १७५ रनको विजय लक्ष्य पछ्याएको राजस्थान, निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । […]

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो

१४ असोज, काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन-तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक-एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० […]

कोभिड–१९ : उपत्यकाको वास्तविक अवस्था के ?

१४ असोज, काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हटस्पट बनेको छ । तराई मधेसका पर्सा, रौतहट, सर्लाही जस्ता जिल्लामा संक्रमितको संख्या घटिरहेका बेला उपत्यकामा संक्रमणको ग्राफ निरन्तर बढ्दो छ । बुधबार देशभरमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ९०२ जना उपत्यकाका थिए । पछिल्लो साताको तथ्यांक केलाउने हो भने कुल संक्रमितको ६० प्रतिशतभन्दा […]

कांग्रेसले माग्यो संसदको विशेष अधिवेशन

१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक […]

‘सञ्चार माध्यमलाई छुनै हुन्न, बुरुक्क उफ्रिहाल्छन्’

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमका सम्पादकहरूप्रति गुनासो गरेका छन् । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनले बताए । मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने गरेको टिप्पणी गरे । उनले भने, […]

बलात्कारबारे गृहमन्त्री भन्छन् : सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन

१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको […]

नेपाल र जर्मनीबीच सहकार्यका क्षेत्र वृद्धि गर्ने सहमति

१४ असोज, काठमाडौं । नेपाल र जर्मनीबीच दुई पक्षिय सहयोगका क्षेत्रहरु वृद्धि गर्ने सहमति भएको छ । बुधबार नेपाल-जर्मन दुईपक्षिय परामर्श संयन्त्रको दोस्रो भर्जुअल बैठकमा सहकार्यका जारी क्षेत्रहरु र भावी योजनाका विविध विषयहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बैठकको अध्यक्ष नेपालको तर्फबाट परराष्ट्र सचिव शंकारदास वैरागी र जर्मन विदेश मन्त्रालयका स्टेट सेक्रेटरी […]

विद्यालय सञ्चालनमा शिक्षा मन्त्रालयको भाँजो !

१४ असोज, काठमाडौं । बारा जिल्लाको बारागढी गाउँपालिकाले ११ असोजदेखि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । देशभर अनलाइन कक्षाको हल्ला चले पनि आफ्नो गाउँपालिकाभित्र दूरशिक्षा सञ्चालन गर्न नसकेपछि विद्यालय खोल्ने निर्णय गरेको बारागढीका अध्यक्ष देवदत्त बछार थारु बताउँछन् । इलाका प्रहरी कार्यालयका केही प्रहरीलाईबाहेक नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको […]

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?

१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो । दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै […]

बामदेवको मुद्दा हेर्दाहेर्दैमा, मन्त्री बन्न सक्ने सरकारको तर्क

१४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो । सर्वोच्चका […]

आएन निजगढ विमानस्थलमा लगानी प्रस्ताव

१४ असोज, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानीकर्ताले अनिच्छा देखाएका छन् । सरकारले जुरिच एयरपोर्ट इन्टरनेशन एजीलाई निर्माण गर्ने गरी लगानी प्रस्ताव पठाउन बुधबारसम्मको समय दिएको थियो । सरकारले दिएको अवधिमा जुरिचले प्रस्ताव नपठाएको लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जुरिचले सरकारले दिएको समय सकिनुभन्दा एक दिन पहिले मंगलबार […]

कैलालीमा १५६ जनामा कोरोना संक्रमण, धनगढीका मात्रै ९० जना

१४ असोज, कैलाली । बुधबार एकै दिन कैलालीमा १५६ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएकामा १५६ जना कैलालीका हुन् । कैलालीको पनि सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाको ९० जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । त्यस्तै गोदावरी नगरपालिकाका १८ […]



from समाचार – Online Khabar https://ift.tt/3cKRcZT
via IFTTT
Powered by Blogger.