समाचार
१० कात्तिक, काठमाडौं । आईपीएल क्रिकेटमा बेन स्टोक्सको शतक र सन्जु सामसनको अर्धशतक मद्दतमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको छ । मुम्बई इन्डियन्सले दिएको १९६ रनको विजय लक्ष्य राजस्थानले १० बल बाँकी छँदै पूरा गर्यो । बेन स्टोक्सले नटआउट १०७ र सामसनले नटआउट ५४ रन बनाए । यी दुवैले तेस्रो विकेटका लागि १३.४ […]
९ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । कास्कीका ४ जना, काठमाडौं, भक्तपुर, सुनसरी, रौतहट र गुल्मीका एक/एक जनाको मृत्यु भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जानकारी दिएका छन् । धरान उपमहानगरपालिका– १७ सुनसरीकी ६२ वर्षकी महिलाको शनिबार दिउँसो ३ बजे मृत्यु भएको छ । असोज […]
९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ […]
९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण […]
९ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४२, ५८ र ६८ वर्षका पुरुष र ५२ वर्षकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १ का ४२ वर्षका पुरुषको कात्तिक ७ गते साँझ ७ः४५ बजे चरक अस्पतालमा मृत्यु भएको छ […]
९ कात्तिक, काठमाडौं । ०६१ सालमा देशभित्र राजनीतिक सरगर्मी उत्कर्षमा थियो । उत्तरी धादिङको सल्यानकोटबाट आईकम पास गरेर थप अध्ययनकालागि माधव तिमिल्सिना काठमाडौं पसे । भारतीय सेनाका अवकाशप्राप्त बुबाको कडा अनुशासनमा हुर्किएका माधव नेपालटारमा भाडाको कोठा लिएर बीबीएस पढ्न थाले । एक दिन डेरा नजिकैको किराना पसलमा उनले एक बोरा चामल किने । पैसा तिर्ने […]
९ कात्तिक, काठमाडौं । गोकर्ण बिष्टलाई हटाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रामेश्वर राय यादवलाई गत मंसिरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा नियुक्त गरे । नियुक्तिपछि केही महिना गुमनाम रहेका मन्त्री यादव पछिल्लो समय विभिन्न विवादमा मुछिँदै आएका छन् । कोरोनाको महामारी र त्यसलाई रोक्न गरिएको लकडाउनपछि सबैभन्दा बढी प्रभावित श्रमिकहरु नै थिए । […]
९ कात्तिक, काठमाडौं । ललितपुरको खोकनास्थित सिकालीका देवता खलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिकाली जात्राको प्रसाद दिएका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई लगाइदिए । आइबार बिहान करिब ९ बजे खोकनाका, रुद्रायणी, इन्द्रायणी लगायत देवी देवताका […]
९ कात्तिक, काठमाडौं । शनिबार राति भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल भक्तपुर नगरपालिका- १ ईटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको हो । हत्यामा उनीसँगै काम गर्ने भारतीय नागरिक २३ वर्षका सलमान खान र १९ […]
९ कात्तिक, काठमाडौं । कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि असोज ३० गते चावहिलको ओम अस्पतालमा भर्ना भएका उनी १० दिनको उपचारपछि घर फर्किएका राप्रपाको केन्द्रीय सचिवालयका सदस्य राजाराम बर्तौलाले जानकारी दिए । टाउको दुख्ने,ज्वरो आउने र श्वासप्रस्वासमा […]
९ कात्तिक, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर […]
९ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतफी आलोचना भएपछि […]
९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । काठमाडौं जिल्लामा हालसम्म […]
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष स्थगित गरेको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ […]
९ कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल रुकम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार ६५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका […]
९ कात्तिक, सर्लाही । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ । प्रशासनले जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो । राजमार्ग, खोला, नदी, वनजङ्गल, विद्यालय, धार्मिकस्थल र बस्तीको नजिक रहेका नियम विपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराउन निर्देशन दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र […]
९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे जातिको संरक्षणका लागि छुट्टै प्रतिष्ठान बनाउने भएको छ । दसैँको अवसरमा शनिबार चिंगाड गाउँपालिका–४, राउटे बस्तीमा पुगेका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको गहनाका रुपमा रहेको राउटेको संरक्षणका लागि प्रदेश सरकारले छुट्टै प्रतिष्ठान बनाउने बताए । नेपालको एक मात्र फिरन्ते जाति राउटेलाई दसैँको अवसरमा खाद्यान्न वितरण गर्दै […]
९ कात्तिक, चितवन । कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल […]
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका-१७ कि ६२ वर्षकी महिलाको शनिबार दिउँसो ३ बजे मृत्यु भएको हो । असोज २० गते कोरोना संक्रमण भई कात्तिक ७ गते भर्ना भएकी उनमा मिर्गौलासम्बन्धी समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए […]
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’ प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएको सन्दर्भमा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सो प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख […]
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आइतबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका हुन् । पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाए । साथै उनले मौलो पूजाका अवसरमा विशेष […]
from समाचार – Online Khabar https://ift.tt/3ksEP7K
via IFTTT






















