समाचार
कोरोना भाइरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । काठमाडौंका ३ जना, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, इलाम, मोरङ, सुनसरी, धनुषा, रुपन्देही, पाल्पा र बाँकेमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयहरुले जानकारी दिएका छन् । इलाम नगरपालिका– २ इलामकी ५९ वर्षकी महिलाको शनिबार विहान करिब ७ बजे विराटनगरको […]
८ कात्तिक, काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको महामारीबीच मनाइँदै गरेको दसैं पर्वमा घृणाजन्य अपराध (हेट क्राइम) र चोरी मुख्य सुरक्षा चुनौती रहेको प्रहरीले विश्लेषण गरेको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दो अवस्थामा रहेका बेला विभिन्न ठाउँबाट गाउँ जाने व्यक्तिलाई घृणाको भावले हेर्ने, कुटपिट र बहिस्कार गर्नेसम्मका घटना हुनसक्ने प्रहरीले विश्लेषण गरेको हो । महानगरीय […]
८ कात्तिक, बुटवल । रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका– ८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता […]
८ कात्तिक, दमौली । हिन्दु नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दसैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिए । ‘दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ’ […]
८ कात्तिक, काठमाडौँ । नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले […]
८ कात्तिक, काठमाडौं । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना […]
८ कात्तिक, काठमाडौं । ८० वर्षे चर्चित गीतकार कालीप्रसाद रिजालको मनमा ‘केही मिठो बात’ गर्ने तुलबुल घटेको छैन । जे जस्तो भयो जीवन, त्यसको गीत लेख्ने चाह छ । अन्यायविरुद्ध हुँकार गर्ने कविता लेख्ने हतार छ । उनलाई जन्मस्थान धनकुटाबाट काठमाडौं पसेको हिजैजस्तो लाग्छ । सरकारी सेवा प्रवेश गरेको, नारायण गोपालहरूलाई भेटेको, कविता मात्र लेखेको […]
८ कात्तिक, काठमाडौं । दसैँंमा पैसाको डिजिटल कारोबार बढाउने विषय हरेक वर्षजसो उठ्ने गर्छ । तर सामान खरिददेखि दक्षिणा दिँदासम्म दसैँको समयमा नोटकै प्रयोग बढी हुने गर्छ । नोटको सुरक्षाका लागि पनि दसैँमा डिजिटल दक्षिणा दिनु पर्छ भन्ने वहस विगतका वर्षहरुमा हुँदै आए पनि शुरुवात भने भएको थिएन । कोरोना भाइरस (कोभिड–१९) का कारण यस […]
८ कात्तिक, कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो । मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अर्थात् वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि […]
तपाईं झुक्किनुहोला, यी अर्कै अमर न्यौपाने परेछन् भनेर । तर, दशैंको पूर्वसन्ध्यामा लेखक अमर न्यौपानेलाई नै हामीले भान्से बनाएका हौं । तपाईंको मनमा प्रश्नको छाल उठ्ला, अक्षरहरुसँग खेल्ने मान्छे कहाँबाट मरमसला खेलाउन पुगे ? गुप्त कुरा खुलाईहालौं, खासमा अमर न्यौपाने लेखक मात्र होइनन् । सीपालु भान्से समेत हुन् । अहिले हो र ? १० बर्षको […]
८ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउने बताएका छन् । महामारी र कतिपय नीतिगत प्रबन्धका कारण पुँजीगत खर्च बढ्न नसकेको भन्दै उनले महामारी सामनाको अलग्गै रणनीति बनाउने र नीतिगत व्यवस्थामा सुधार गरेर खर्च बढाउने बताएका हुन् । शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री पौडेलले कतिपय नियम र […]
८ कात्तिक, बुटवल । पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ गैरागाउँका ५६ वर्षीय पुरुषको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । असोज ३० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष ढाड दुख्ने समस्या भएपछि मिसन अस्पताल भर्ना भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए […]
सरकारले खरिद गरेको छ देवकोटाको घर महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर बिक्री भएतापनि त्यसमा सामेल छैन उनको विपुल काव्य उनी भारतीय कविहरू प्रसाद, निराला र पन्तसमान एकमुष्ट प्रतिभावान कवि रहेको घोषणा गरेका थिए कुनै बखत भारतका प्रसिद्ध महापण्डित राहुल सांसकृत्यायनले यस्ता महा–साहित्यकार थिए हाम्रा महाकवि देवकोटा महाकवि देवकोटाको घरलाई एउटा म्युजियमसरह बनाएर सरकारको बलियो पहलमा […]
८ कात्तिक, काठमाडौं । हिजोआज सार्वजनिक गाडी या पसलहरूमा एक–दुई रुपैयाँ फिर्ता माग्दा हाँसोको पात्र बन्नुपर्ने अवस्था छ । कन्डक्टर र पसलेहरूले पाँच रुपैयाँभन्दा कम फिर्ता दिनै छाडेका छन् । कसै–कसैले खुद्रा पैसाको सातो चक्लेट दिन्छन् । गाई पैसा (पाँच पैसा) मा पाथी चामल किनेर घर धानेका नेपाली अहिले पनि थुप्रै हुँदा हुन् । सुका […]
खासमा यो शीर्षक नै उपयुक्त थिएन । म यसैको फन्कोमा र यसैको रन्कोमा केही लेख्छु भन्ने सोचर टाउकोमा शीर्षक लेखिहालें तर सुरुमा नै मलाई कताकता यसको सेरोफरोभन्दा बाहिर नै कलम खेलाउन मन लाग्यो । म प्रायः केही लेख्नुपर्दा विषय र परिधि चयन गर्छु, सन्दर्भहरूको टिपोट गर्छु र सिलसिलाको तन्तुहरूलाई मनभित्र खेलाउँछु । यति भए मेरो […]
युद्ध जितेर फर्किएको भीम मल्ललाई काटेर उनकी युवा रानीलाई घिसार्दै बागमतीको चितामा पुर्याउने हातहरू जन्माउने देश ! विष खुवाएर रानीको छोरालाई मारेको दोष थुपारेर आत्महत्या गर्न बाध्य पारिएका भीमसेन थापाको देश ! पराजित, सार्वभौम नागरिकको नाक–कान काट्ने देश ! बृहत् नेपालको लागि लड्ने बहादुर शाहलाई अपमानित गर्ने देश ! स्वतन्त्र प्रेस चाहिन्छ भनी वकालत गर्ने […]
८ कात्तिक, काठमाडौं । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ । २३ जना नागरिक अगुवाले शनिबार एक अपिल प्रकाशित गरी विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने बताएका छन् । […]
८ कात्तिक, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार विहान सुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो । सुनसरीका ३८ वर्षीय युवकको […]
८ कात्तिक, काठमाडौं । नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् । विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा आईसीयूमा राखिएको थियो । शुक्रबार उनको कोरोना परीक्षण […]
८ कात्तिक, ठोरी । पर्साको ठोरी गाउँपालिका–१ मा रहेको असहाय तथा वृद्धवृद्धा कल्याण समाजलाई अमेरिकामा रहेका नेपालीले खाद्यान्न, ब्लाङ्केट र नगद सहयोग गरेका छन् । अमेरिकामा रहेका फूर्वा तामाङ र उनका छोरा कुमार तामाङले १० थान ब्लाङ्केट, चामल, खानेतेल र नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । ठोरी -१ मा रहेकी फूर्वा तामाङकी छोरी […]
म मुस्कुराएँ, उनी पनि मुस्कुराइन् । हाम्रा दुई भिन्न ओठबाट बिहानको खाजा समयमा साटिए दुई मुस्कान । आधा अनुहार मास्कले छोपिएपछि मुस्कान छुटेको या नछुटेको केवल अनुमान गर्न सकिन्छ । हामी बिहान खाजा खाउन्जेलमात्र मास्क खोल्न पाउँछौं । दिनभर मास्कले टालेको टाल्यै हुने हाम्रा ओठमा मुस्कानभन्दा बढी थकानका सुस्केराहरू गुम्सिन्छन् । म र लिली दुई […]
from समाचार – Online Khabar https://ift.tt/35LeFqX
via IFTTT






















