समाचार
९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । काठमाडौं जिल्लामा हालसम्म […]
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष स्थगित गरेको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ […]
९ कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल रुकम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार ६५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका […]
९ कात्तिक, सर्लाही । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ । प्रशासनले जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो । राजमार्ग, खोला, नदी, वनजङ्गल, विद्यालय, धार्मिकस्थल र बस्तीको नजिक रहेका नियम विपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराउन निर्देशन दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र […]
९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे जातिको संरक्षणका लागि छुट्टै प्रतिष्ठान बनाउने भएको छ । दसैँको अवसरमा शनिबार चिंगाड गाउँपालिका–४, राउटे बस्तीमा पुगेका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको गहनाका रुपमा रहेको राउटेको संरक्षणका लागि प्रदेश सरकारले छुट्टै प्रतिष्ठान बनाउने बताए । नेपालको एक मात्र फिरन्ते जाति राउटेलाई दसैँको अवसरमा खाद्यान्न वितरण गर्दै […]
९ कात्तिक, चितवन । कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल […]
९ कात्तिक, कैलाली । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल बाहिर डा. अशोक चौधरी निराश मुद्रामा देखिए । कोरोना संक्रमितको उपचारमा रातदिन खटिएका मेडिकल अधिकृतको यो मुद्रामा पक्कै पनि सुखद सन्देश थिएन । ‘के भयो डाक्टर सा’ब ? उनले भने, ‘संक्रमित एक महिलाको अवस्था सुधार्न सकिएन । प्लाज्माथेरापी गर्नलाई प्लाज्मा दिने मान्छे कोही भेटिएन ।’ […]
९ कात्तिक, काठमाडौं । शारदीय नवरात्रलाई बडादसैं, विजयादशमी र काठमाडौं उपत्यकामा मोहनी भन्ने नामले चिन्ने गरिन्छ । धुमधामका साथ मनाउने शारदीय नवरात्रलाई बडा दसैं नै नाम किन राखियो होला ? यो दसैं ठूलो हो भने साना दसैंहरू कतिवटा होलान् ? दसैंलाई चिनाउन काठमाडौंमा प्रयोग गरिने मोहनीको अर्थ प्रभाव पार्ने वा लठ्याउने काम हो । दसैंको […]
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका-१७ कि ६२ वर्षकी महिलाको शनिबार दिउँसो ३ बजे मृत्यु भएको हो । असोज २० गते कोरोना संक्रमण भई कात्तिक ७ गते भर्ना भएकी उनमा मिर्गौलासम्बन्धी समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए […]
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’ प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएको सन्दर्भमा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सो प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख […]
९ कात्तिक, काठमाडौं । गोकर्ण बिष्टलाई हटाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रामेश्वर राय यादवलाई गत मंसिरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा नियुक्त गरे । नियुक्तिपछि केही महिना गुमनाम रहेका मन्त्री यादव पछिल्लो समय विभिन्न विवादमा मुछिँदै आएका छन् । कोरोनाको महामारी र त्यसलाई रोक्न गरिएको लकडाउनपछि सबैभन्दा बढी प्रभावित श्रमिकहरु नै थिए । […]
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आइतबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका हुन् । पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाए । साथै उनले मौलो पूजाका अवसरमा विशेष […]
९ कात्तिक, काठमाडौं । ललितपुर, मोरङ र पर्सामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ललितपुरको नख्खुमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएका छ भने एक जना घाइते भएका छन् । बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने सिरहा घर […]
९ कात्तिक, सिमकोट । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ । नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटताले टेलिकमको टेलिफोन सेवा प्रभावकारी नभएको […]
९ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गरेका छन् । यसपटक कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको भन्दै उनले परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन अपिल गरेका हुन् । ‘विगतमा पनि हामीले स्वास्थ्यलाई ध्यान […]
९ कात्तिक, काठमाडौं । ०६१ सालमा देशभित्र राजनीतिक सरगर्मी उत्कर्षमा थियो । उत्तरी धादिङको सल्यानकोटबाट आईकम पास गरेर थप अध्ययनकालागि माधव तिमिल्सिना काठमाडौं पसे । भारतीय सेनाका अवकाशप्राप्त बुबाको कडा अनुशासनमा हुर्किएका माधव नेपालटारमा भाडाको कोठा लिएर बीबीएस पढ्न थाले । एक दिन डेरा नजिकैको किराना पसलमा उनले एक बोरा चामल किने । पैसा तिर्ने […]
९ कात्तिक, काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् […]
९ कात्तिक, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन । मन्त्रिपरिषद्को १६ चैतमा बसेको बैठकले दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णयको ७ महिना वितिसक्दा पनि उनीहरुले भत्ता पाएका छैनन् । दसैंको मुखमा पनि भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल […]
९ कात्तिक, धनुषा । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । प्राचीन मिथिलाको राजधानी तथा अहिले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरको श्रीराम मन्दिरको उत्तरपट्टी रहेको राजर्षी जनककी कुलदेवी राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई […]
९ कात्तिक, कैलाली । कञ्चनपुरमा बन्चरोले हानेर छोराले आमाको हत्या गरेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ६० वर्षीया आमा पार्वतीको बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शनिबार राति घरायसी विवाद हुँदा छोराले आमालाई बन्चरो प्रहार गरेको जिल्ला प्रहरी […]
९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् । यो भेटबाट राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले बताएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, […]
from समाचार – Online Khabar https://ift.tt/31D7wYs
via IFTTT






















