समाचार
१५ असोज, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको […]
१५ असोज, काठमाडौं । मुम्बईको चेम्बुर रेलवे स्टेशन नजिकको एक बजारमा आगलागी भएको छ । आगलागीका कारण स्थानीय त्रसित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीको कारण र आगोले पु¥याएको क्षतिको विवरण खुलेको छैन । घटनास्थलमा अग्निनियन्त्रकको टोली खटिएको छ । यसअघि सन् २०१८ मा पनि चेम्बुरको एक हाउजिङमा आगलागी हुँदा ५ जनाको मृत्यु […]
१५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको विजयी यात्रामा रोक लगाइदिएको छ । बुधबार राति दुबईमा राजस्थानविरुद्धको खेलमा कोलकाता ३७ रनले विजयी भयो । राजस्थानको यो पहिलो हार हो । कोलकाताले दिएको १७५ रनको विजय लक्ष्य पछ्याएको राजस्थान, निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । […]
१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमका सम्पादकहरूप्रति गुनासो गरेका छन् । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनले बताए । मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने गरेको टिप्पणी गरे । उनले भने, […]
१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको […]
१४ असोज, काठमाडौं । नेपाल र जर्मनीबीच दुई पक्षिय सहयोगका क्षेत्रहरु वृद्धि गर्ने सहमति भएको छ । बुधबार नेपाल-जर्मन दुईपक्षिय परामर्श संयन्त्रको दोस्रो भर्जुअल बैठकमा सहकार्यका जारी क्षेत्रहरु र भावी योजनाका विविध विषयहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बैठकको अध्यक्ष नेपालको तर्फबाट परराष्ट्र सचिव शंकारदास वैरागी र जर्मन विदेश मन्त्रालयका स्टेट सेक्रेटरी […]
१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक […]
१४ असोज, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानीकर्ताले अनिच्छा देखाएका छन् । सरकारले जुरिच एयरपोर्ट इन्टरनेशन एजीलाई निर्माण गर्ने गरी लगानी प्रस्ताव पठाउन बुधबारसम्मको समय दिएको थियो । सरकारले दिएको अवधिमा जुरिचले प्रस्ताव नपठाएको लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जुरिचले सरकारले दिएको समय सकिनुभन्दा एक दिन पहिले मंगलबार […]
१४ असोज, काठमाडौं । बारा जिल्लाको बारागढी गाउँपालिकाले ११ असोजदेखि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । देशभर अनलाइन कक्षाको हल्ला चले पनि आफ्नो गाउँपालिकाभित्र दूरशिक्षा सञ्चालन गर्न नसकेपछि विद्यालय खोल्ने निर्णय गरेको बारागढीका अध्यक्ष देवदत्त बछार थारु बताउँछन् । इलाका प्रहरी कार्यालयका केही प्रहरीलाईबाहेक नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको […]
१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो । दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै […]
१४ असोज, कैलाली । बुधबार एकै दिन कैलालीमा १५६ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएकामा १५६ जना कैलालीका हुन् । कैलालीको पनि सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाको ९० जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । त्यस्तै गोदावरी नगरपालिकाका १८ […]
१४ असोज, काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुनबारे अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले बलात्कारका घटनामा संलग्नलाई मृत्यु दण्ड दिन सम्भव हुने वा नहुने बारे अध्ययन गर्न सरकार र कानुन आयोगलाई निर्देशन दिएको हो । समितिले बलात्कार एवं बलात्कारपछि हुने हत्याजस्ता जघन्य अपराधलाई सम्मानपूर्वक बाँच्न […]
१४ असोज, गोरखा । गोरखा नगरपालिका–११ स्थित बाह्र किलो प्रहरी चौकी सिल गरिएको छ । चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । संक्रमितलाई आइसोलेसनमा राखिएको र उक्त चौकीमा कार्यरत अन्य १२ जना प्रहरी कर्मचारी चौकी हातभित्रै क्वारेन्टिनमा बसेको एसपी सुरेन्द्र बहादुर गुरुङले […]
१४ असोज, काठमाडौं । बाँकेमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिक—१ की ३५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा सोही दिन कोरोना परीक्षण गर्दा भोलिपल्ट उनको […]
१४ असोज, काठमाडौं । सरकारले आवश्यक त्रुटि सच्याएर वितरण गर्ने भनेको पुस्तक ‘नेपालको भूभाग र सीमासबन्धी स्वाध्याय सामग्री’ परिमार्जनको काम अगाडि बढाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको क्षेत्रफल समेटिएको पुस्तकमा संशोधन आवश्यक रहेको भन्दै वितरण नगर्न १ असोजमा निर्देशन दिएका थिए । पुस्तक परिमार्जनमा भने सरकारले चासो देखाएको छैन । प्रधानमन्त्री […]
१४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो । सर्वोच्चका […]
१४ असोज, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले डा. केसीको अनसनप्रति समर्थन जनाएका हुन् । उनले डा. केसीसँग सरकारी पक्षले सम्वादको पहल गरे नगरेको बुझेका थिए । ‘लज्जित भएर सोलिडारिटी जनाउन आएको छु’ डा. भट्टराईले भने । डा. […]
१४ असोज, बुटवल । हँसियाको सहायताले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१० का ७६ वर्षीय पुरुष रहेका छन् । असोज १२ गते घरमा आफैंले घाँटीमा हसियाले रेटेर आत्महत्याको प्रयास गर्दा उनी घाइते भएका थिए । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा […]
१४ असोज, काठमाडौं । नेपालमा भएका ८२ प्रतिशत बलात्कारसँग सम्बन्धित घटना आफन्तबाटै हुने गरेको पाइएको छ । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनजानकै व्यक्ति वा निकट परिवारका सदस्यबाट ८२.२७ प्रतिशत जबरजस्ती करणीको घटना भएको तथ्यांक प्रस्तुत गरे । थापाका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको […]
१४ असोज, काठमाडौं । महोत्तरीको बर्दिबासमा खाल्डोमा जमेको पानीमा डुबेर २ वर्षीया बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दिबास नगरपालिका-९ पथलैया बजार बस्ने दिनेश महराको २ वर्षीय छोरा आदित्य महराको पानी जमेको खाल्डोमा डुबेर बुधबार बिहान मृत्यु भएको हो । खेल्दै जाने क्रममा आफ्नै घर अगाडिको उक्त खाल्डोमा डुबेर घाइते भएका उनको शुभ स्वस्तिक […]
१४ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर जाँच नेगेटिभ आएको छ । निवासको भान्सेमा कोरोना भाइरसको संक्रमण देखिएपछि ११ असोजदेखि उनी होम आइसोलेसनमा बसेका थिए । कन्ट्याक ट्रेसिङमा परेपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुरुप थापा आइसोलेसनमा बसेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए ।
from समाचार – Online Khabar https://ift.tt/3l7NFYJ
via IFTTT