समाचार
९ कात्तिक, काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो । आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता […]
९ कात्तिक, काठमाडौं । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखुल्ने भएको छ । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने […]
९ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले सनराइजर्स हैदरावादलाई १२ रनले हराएको छ । पन्जाबले हैदरावादसामु १२७ रनको विजय लक्ष्य पेश गरेको थियो । तर हैदरावाद १९.५ ओभरमा ११४ रनमा अलआउट भयो । यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२६ रन […]
९ कात्तिक, काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ । बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए । […]
९ कात्तिक, काठमाडौं । अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् । शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियनले विज्ञप्ति जारी गर्दै एक आत्मघाती व्यक्ति भवनको भित्र जाने कोसिस […]
९ कात्तिक, काठमाडौं । ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा शनिबार निधन भएको छ । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो छोरा हुन् । सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने […]
९ कात्तिक, महोत्तरी । बडादशैं पर्वको महासप्तमीका दिन आँखा खोलिएका देवी प्रतिमामा श्रद्धालु भक्तजन ‘खोंइछ’ (पोल्टा) भर्दैछन् । फूलपातीको दिन सूर्यास्तसँगै शुरु हुने ‘खाेंइछ’ भर्नेक्रम महानवमीसम्म रहने मैथिल परम्परा छ । यस विधिमा देवी प्रतिमाको पोल्टामा भेटीस्वरुप नगद, शृङ्गार प्रसाधन, अक्षता, फूल र नयाँ कपडा चढाउने प्रचलनअनुसार खाेंइछ भर्नेक्रम महासप्तमीको दिन सूर्यास्तपछि शुरु भएको हो […]
९ कात्तिक, काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा […]
८ कात्तिक, वीरगञ्ज । फेमिली फिजिसियन तथा आकस्मिक रोग विशेषज्ञ उदयनारायण सिंह (३६) अहिले नारायणी अस्पतालमा इमर्जेन्सी विभाग प्रमुख छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एमडी उनले त्यहाँँ उपप्राध्यापकको जागिर पनि पाएका थिए । तर, मन आफ्नै वीरगञ्जमा तानियो । अनि राजिनामा दिएर नारायणी अस्पतालमा अस्थायी मेडिकल अधिकृत बन्न आए । गृह नगरको […]
८ कात्तिक, काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको महामारीबीच मनाइँदै गरेको दसैं पर्वमा घृणाजन्य अपराध (हेट क्राइम) र चोरी मुख्य सुरक्षा चुनौती रहेको प्रहरीले विश्लेषण गरेको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दो अवस्थामा रहेका बेला विभिन्न ठाउँबाट गाउँ जाने व्यक्तिलाई घृणाको भावले हेर्ने, कुटपिट र बहिस्कार गर्नेसम्मका घटना हुनसक्ने प्रहरीले विश्लेषण गरेको हो । महानगरीय […]
८ कात्तिक, काठमाडौं । आजभन्दा तीन वर्षअघि ठ्याक्कै दसैंको बेला पारेर तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता गर्ने सहमति जुटेको थियो । दसैंका बेला दिइएको ‘सरप्राइज्ड’लाई सुरुमा मानिसहरुले पत्याएनन् र प्रश्न गरे, एमाले–माओवादी मिलेकै हुन् त ? तीनवर्षयता काठमाडौंको टुकुचामा धेरै पानी बगिसकेको छ । ‘एकता भएकै हो र ?’ भन्नेहरुले अब ‘पार्टी फुटेको हो […]
८ कात्तिक, काठमाडौं । ८० वर्षे चर्चित गीतकार कालीप्रसाद रिजालको मनमा ‘केही मिठो बात’ गर्ने तुलबुल घटेको छैन । जे जस्तो भयो जीवन, त्यसको गीत लेख्ने चाह छ । अन्यायविरुद्ध हुँकार गर्ने कविता लेख्ने हतार छ । उनलाई जन्मस्थान धनकुटाबाट काठमाडौं पसेको हिजैजस्तो लाग्छ । सरकारी सेवा प्रवेश गरेको, नारायण गोपालहरूलाई भेटेको, कविता मात्र लेखेको […]
कोरोना भाइरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । काठमाडौंका ३ जना, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, इलाम, मोरङ, सुनसरी, धनुषा, रुपन्देही, पाल्पा र बाँकेमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयहरुले जानकारी दिएका छन् । इलाम नगरपालिका– २ इलामकी ५९ वर्षकी महिलाको शनिबार विहान करिब ७ बजे विराटनगरको […]
८ कात्तिक, काठमाडौं । भाकल गरेको चार वर्ष कुरेपछि बल्ल यो साल भक्तपुर नगरपालिका २ बालाखु निवासी विजेन्द्र पुँलाछेंले खँ मेय् अर्थात् महिसासुरको प्रतीक राँगोलाई ब्रह्मायणीमा चढाउने पालो पाए । ब्रह्मायणीमा चढाउने राँगोका लागि जो कोहीले पनि पालो कुर्नैपर्छ । नेवारी भाषामा खँ मेय् भनेको ठूलो राँगो भन्ने हुन्छ र त्यही राँगोलाई बली चढाएर मनाउने […]
८ कात्तिक, काठमाडौं । मन्दिर जाने र भगवानको उपासना राम्रो र शुभ कामका लागि गरिन्छ । तर, काठमाडौंको एउटा मन्दिर जहाँ सम्बन्धविच्छेदको छिनोफानो गर्ने मेला लाग्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । एउटा कठोर जात्रा सम्पन्न गरेपछि श्रीमान् वा श्रीमतीले चाहेमा नयाँ सम्बन्ध गाँस्नेदेखि पुरानो सम्बन्धको बिट मार्नेसम्मको माहोल एउटै जुटाउने जात्रा काठमाडौंमा हरेक वर्ष […]
८ कात्तिक, बुटवल । रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका– ८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता […]
तपाईं झुक्किनुहोला, यी अर्कै अमर न्यौपाने परेछन् भनेर । तर, दशैंको पूर्वसन्ध्यामा लेखक अमर न्यौपानेलाई नै हामीले भान्से बनाएका हौं । तपाईंको मनमा प्रश्नको छाल उठ्ला, अक्षरहरुसँग खेल्ने मान्छे कहाँबाट मरमसला खेलाउन पुगे ? गुप्त कुरा खुलाईहालौं, खासमा अमर न्यौपाने लेखक मात्र होइनन् । सीपालु भान्से समेत हुन् । अहिले हो र ? १० बर्षको […]
८ कात्तिक, दमौली । हिन्दु नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दसैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिए । ‘दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ’ […]
८ कात्तिक, काठमाडौँ । नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले […]
८ कात्तिक, काठमाडौं । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना […]
८ कात्तिक, काठमाडौं । दसैँंमा पैसाको डिजिटल कारोबार बढाउने विषय हरेक वर्षजसो उठ्ने गर्छ । तर सामान खरिददेखि दक्षिणा दिँदासम्म दसैँको समयमा नोटकै प्रयोग बढी हुने गर्छ । नोटको सुरक्षाका लागि पनि दसैँमा डिजिटल दक्षिणा दिनु पर्छ भन्ने वहस विगतका वर्षहरुमा हुँदै आए पनि शुरुवात भने भएको थिएन । कोरोना भाइरस (कोभिड–१९) का कारण यस […]
from समाचार – Online Khabar https://ift.tt/37CuKl1
via IFTTT






















