Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनः संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन दृढ छौं

९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई नेपालको प्रतिवद्धता अनुरुप टुंगोमा पुर्‍याउन दृढ रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई भर्जुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितका समस्या सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संक्रमणकालीन न्यायका दुई निकाय सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग स्थापना भएको […]

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मोरङका दुई जना तथा काठमाडौं, ललितपुर, सप्तरी, रुपन्देही, बाँके र पर्साका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । कानेपोखरी गाउँपालिका-१, मोरङका ५५ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला […]

सरकारले ल्यायो अध्यादेश, एसिड आक्रमण गर्नेलाई केके सजाय हुन्छ ?

९ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ । एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय […]

माननीयज्यू ! ९२ वर्षीया वृद्धाले पनि इन्जोय गरेर मुद्दा हालिन् ?

‘साबालकको रेप (बलात्कार) त ९० प्रतिशत रेप नै होइन । उमेर पुगेका व्यक्तिले रेप भयो भन्छ भने ९० प्रतिशत होइन, १० प्रतिशत हुनसक्छ । सहमतिमा इन्जोय (मज्जा लिने) गर्ने, कुरा नमिलेपछि मुद्दा लगाइदिने ।’ यो भनाइ मानसिक रुपमा अस्थिर वा सार्वजनिक परिचय नभएका कुनै सामान्य व्यक्तिले आफ्ना साथीभाइबीच गरेको मजाक नभई राष्ट्रिय सभा सदस्य रामनारायण […]

आइसोलेसको फोहोर व्यवस्थापन तत्काल गर्न नारायणकाजीको निर्देशन 

९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंस्थित रानीवनमा रहेको आइसोलेसन सेन्टरको ढल र फोहोरको उचित व्यवस्थापन गर्न सरोकारवाला पक्षलाई निर्देशन दिएका छन् । नागार्जुन नगरपालिकास्थित रानीवनमा रहेको आइसोलेसन सेन्टरको ढल र फोहोरको उचित व्ययवस्थापन नहुँदा आफूहरु समस्या परेको गुनासो स्थानीयले नेता श्रेष्ठ समक्ष राखेका थिए । नेता श्रेष्ठले सहरी विकासका […]

प्रधानमन्त्रीलाई डा. केसीको आग्रह : माग साधारण छ, पूरा गर्नुस्

९ असोज, काठमाडौं । १२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘यो साधारण माग छ, पूरा गरिदिनुस् ।’ प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमति भएर […]

तरकारीको मूल्य २८ प्रतिशतले बढ्यो, गेडागुडीको मूल्य उच्च

९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य उच्च वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०७७/७७ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनक गर्दै महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य अत्यधिक बढेको बताएको हो । राष्ट्र बैंकका अनुसार २०७७ असारको तुलनामा २०७७ साउनमा […]

हुम्लाको सीमा अध्ययन प्रतिवेदन सार्वजनिक गर : कांग्रेस

९ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । लिमी उपत्यकामा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको थियो । टोलीको रिपोर्ट नआउँदै सरकारले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको थियो । त्यसलाई हतारको टिप्पणी भनेको […]

केन्द्रलाई प्रदेश २ को अल्टिमेटम : एक साताभित्र प्रदेश प्रहरी परिचालनको अधिकार देऊ

९ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश प्रहरी खटनपटन आफूमार्फत गर्ने अधिकार दिन संघीय सरकारलाई एक साताको अल्टिमेटम दिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७६ बनेको आठ महिना बित्दा पनि संघीय सरकारले कार्यान्वयनमा चासो नदिएको प्रदेश सरकारको गुनासो छ । ऐन […]

तोडफोड र गालीलौजको नर्सिङ संघद्वारा विरोध

९ असोज, काठमाडौं । नेपाल नर्सिङ संघले आफ्नो कार्यालयमा केही नर्सहरुले तोडफोड गरेको र पदाधिकारीलाई गाली गरेको भन्दै विरोध जनाएको छ । अस्पतालको कामबाट निकालिएका नर्सहरुले संस्थाका प्रतिनिधिलाई गाली गलौज,  हातपात र संस्थाको पधाधिकारीमाथि चरित्र हत्या हुने किसिमको लाञ्छना लगाएको संघले जनाएको छ । संघले पीडित नर्सहरुसँग वार्तामा बसेर माग पूरा गर्न पहल गर्ने भन्दाभन्दै कार्यालय […]

पूर्व पदाधिकारी भन्छन् : पशुपति गुरुयोजनाको पाना–पानामा गल्ती छ

९ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको नयाँ गुरुयोजनाको विरोधमा कोषकै पूर्व पदाधिकारीहरु समेत संगठित भएका छन् । यसअघि स्थानीय र सम्पदा प्रेमीहरुले गर्दै आएको विरोधलाई बल पुग्ने गरी बुधबार १३ जना पूर्व पदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरे । गत पुष १९ गते कोषको सञ्चालक परिषद्ले स्वीकृत गरेर संस्कृति पर्यटन तथा नागरिक […]

साउनमा ९२ अर्ब रेमिट्यान्स भित्रियो

९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनामा भन्दा २३ प्रतिशतले रेमिट्यान्स बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह अघिल्लो महिनामा भन्दा जम्मा  २ प्रतिशतले बढेको थियो । […]

विराटनगरको दक्षिणी क्षेत्र डुबानमा, २५ सय परिवार प्रभावित

९ असोज, विराटनगर । आकाशे पानीको निकास नहुँदा विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ । मंगलबारयता परेको अविरल वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार भारतले निर्माण गरिदिएको एकिकृत भन्सार जाँच परियोजना (आईसीपी), आईसीपी जोड्ने सडक र कोशी राजमार्गका कारण दक्षिणी […]

प्रेस काउन्सिलको काबा अध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

९ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालमा आफ्नो कार्यकाल सकिने पूर्वसन्ध्यामा किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षबाट राजीनामा दिएका छन् । उनले शुक्रबार बुझाएको राजीनामा काउन्सिल बोर्डले स्वीकृत गरेको छ भने वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई कार्यबाहक अध्यक्ष चयन गरेको छ । काउन्सिलमा श्रेष्ठको कार्यकाल असोज १३ गते सकिँदैछ । चार दिनअघि कार्यबाहक अध्यक्षबाट राजीनामा दिएका उनी अब […]

‘मेरै नेतृत्वमा ११ नम्बर सीमास्तम्भ मर्मत भएको थियो’

नेपाल-चीनबीचको ११ नम्बर सीमास्तम्भ हराएको र पछि भेट्टायो भन्ने समाचार पढेँ । कतिपय सञ्चार माध्यममा त ५८ वर्षपछि फेला परेका भन्ने पनि लेखिएको रहेछ । २१ मार्च १९६० मा नेपाल-चीन सीमा सम्झौतामा हस्ताक्षर भएर संयुक्त सीमा समिति गठन भएको थियो । पाँच-पाँच जना सदस्य रहेको त्यो समितिमा नेपालको तर्फबाट मेजर जनरल पदमबहादुर खत्री र चिनीयाँ […]

नक्कली नोटले सुनको हार खरिद गर्ने दुई जना पक्राउ 

९ असोज, काठमाडौं । नक्कली नोट दिएर ललितपुरस्थित एक सुन पसलबाट ५ तोला बराबरको सुनको हार लिएर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन र काठमाडौं–२१ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय इक्युज तुलाधर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले […]

अर्घाखाँचीको शीतगंगामा पहिरोले १७ घर बगायो

९ असोज, बुटवल । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा पहिरो जाँदा १७ घर बगाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा १७ घर बगाएको हो । तीन दिनको अविरल वर्षापछि शुक्रबार दिउँसो पहिरो गएको हो । पहिरोले मानवीय क्षति भए–नभएको यकीन भएको छैन । भिरालोमा रहेको वस्तीका १७ घर, गोठ, कुखुरा फार्म […]

ललितपुरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण

९ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनलाई बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको थियो । सिटामोल खाँदा पनि कम नभएपछि शुक्रबार विहानै स्वाब दिएका थिए । महर्जनले अनलाइनखबरसँग भने, ‘केहीबेर अगाडि पोजेटिभ रिपोर्ट आयो । म होम आइसोलेसनमा बसेको छु ।’ अहिले पनि […]

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमित मृत्यु

९ असोज, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए। मिर्गौलाका रोगी समेत रहेका उनको बिहीबार स्वाब संकलन गरिएकोमा शुक्रबार बिहान संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए […]

उद्योग वाणिज्य महासंघलाई साधारणसभा गर्न गृहको अनुमति

९ असोज, काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताएका हुन् । गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुनेलगायत स्वास्थ्य तथा […]

डा.केसीको सत्याग्रहप्रति नेविसंघको ऐक्यवद्धता

७ असोज, काठमाडौं । डाक्टर गोविन्द केसीको सत्याग्रहप्रति नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ऐक्यवद्धता जनाएको छ । सत्याग्रहको १२औं दिन त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर नेविसंघका नेताहरुले डाक्टर केसीका मागप्रति ऐक्यवद्धता जनाएका हुन् । संघका अध्यक्ष राजीव ढुंगनाको नेतृत्वमा पदाधिकारीसहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार अनशनरत डाक्टर केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेको […]



from समाचार – Online Khabar https://ift.tt/308WkBP
via IFTTT
Powered by Blogger.