Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मिटर रिडिङ नभएका विद्युतका ग्राहकलाई जरिवाना नहुने

१३ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । कतिपय ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आइहरेको छ […]

मनुजबाबु मिश्रको ‘एकलानुभूति’ सार्वजनिक

१३ असोज, काठमाडौं । कलाकार स्व. मनुजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ सार्वजनिक भएको छ । झण्डै तीन दशक काठमाडौं, महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवासमा बसेका मिश्रको निबन्ध संग्रह मंगलबार सार्वजनिक गरिएको हो । ‘एकलानुभूति’ मा संग्रहित निबन्धहरू साहित्यकार अमर न्यौपानेले छानेका हुन् । निबन्ध, उपन्यास, बाल साहित्य र कलाका इतिहास गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका […]

कोरोना संक्रमणबाट पर्सा र सर्लाहीका दुई जनाको मृत्यु

१३ असोज, वीरगञ्ज । कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट पर्सा र  सर्लाहीका गरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित रेञ्ज औराहाका ६५ वर्षीय पुरुष र सर्लाहीको बरहथवा नगरपालिका–६ का  ७६  वर्षीय पुरुष रहेका छन् । पर्साका ६५ वर्षीय संक्रमित पुरुषलाई वीरगञ्जबाट थप उपचारका लागि चितवनको भरतपुर लैजाने […]

कर्णालीमा थपिए ५२ जना कोरोना संक्रमित, ६३ जना डिस्चार्ज

१३ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार ५२ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३४ जना छन् । जसमा सात […]

हिरासतमा मृत्यु भएको घटना अध्ययन गर्न संसदीय टोली धनुषामा

१३ असोज, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर आइपुगेको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलबार जनकपुर आई सरोकारवालासँग छलफल सुरु गरेको छ । देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिनअघि उक्त समितिले ६ सदस्यीय अध्ययन समिति […]

दलहरूलाई निर्वाचन आयोगको प्रश्न- संघीयतामा कहिले जाने ?

१३ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको ५ वर्ष भइसक्यो । तर त्यही संविधान जारी गर्ने राजनीतिक दलहरूले आफ्ना संरचनालाई भने अझैसम्म संघीय स्वरूपमा ढाल्न सकेका छैनन् । दलहरूले संविधान अनुसारका संरचना बनाएको विवरण प्राप्त नभएको भन्दै निर्वाचन आयोगले उनीहरूलाई ध्यानाकर्षण गराएको छ । आयोगको कानुन तथा राजनीतिक दल […]

विश्व बैंकबाट १७ अर्ब ६४ करोडका शहरी पूर्वाधार परियोजना स्वीकृत

१३ असोज, काठमाडौं । विश्व बैंकले मंगलबार नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित स्वीकृत यी परियोजना कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्नसमेत महत्वपूर्ण सावित हुने विश्वास लिएको […]

पर्यटन बोर्ड पनि ‘रामायण पथ’मा कस्सियो

१३ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै ‘रामायण पथ’को खोजी गर्ने भएको छ । श्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन गर्न बोर्डले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा ७ लाख रुपैयाँ बजेट छुट्याएको छ । ‘रामायण पथको अध्ययन’ नाम दिइएको यो कार्यक्रम प्रदेश सरकारसँगको समन्वयमा सम्पन्न हुने […]

कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

१३ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए । उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत […]

गोरखामा किसानको ६ सय माछा मरे, पोखरीमा विष हालेको आशंका

१३ असोज, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङका राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको माछापोखरीका माछा विष हालेर मारेको पाइएको छ । उनको दुईवटा पोखरीमा रहेका करिब ६ सय माछा पानीमा बिष मिसिएका कारण मरेको पशु प्राविधिकले बताएका छन् । पोष्टमार्टम गर्दा माछाको ‘लिभर ड्यामेज’ देखिएको उनीहरुको निष्कर्ष छ । तर पोखरीमा कहाँबाट कसले बिष हालिदियो भन्ने […]

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान   

१३ असोज, म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि रु १५ लाख र बाँझो जमिनमा खेती गर्नेका लागि रु २४ लाख बजेट पठाएको छ । […]

बझाङ घटना राज्यका लागि चुनौती : सभामुख सापकोटा

१३ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए । सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु […]

ज्यान लिनेसम्मका रसायन मिसाइएका स्यानिटाइजर बजारमा

१३ असोज ,काठमाडौं । कोभिड-१९ बाट बच्न ह्यान्ड स्यानिटाइजरको प्रयोग बढिरहेको बेला बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्न क्रम रोकिएको छैन  । औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका स्यानिटाइजर विषाक्त रहेको भेटाएको हो । बजारबाट संकलन गरेको नमूनाबाट राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणमा यस्तो पाइएको हो । […]

नयाँ नक्सासहितको पाठ्य सामग्री वितरण गर्न नेविसंघको माग

१३ असोज, काठमाडौं । नेपालको नयाँ नक्सा समेटेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको पाठ्य सामग्री वितरणको माग गर्दै नेपाल विद्यार्थी संगको सीटीईभीटी इकाइले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको थियो । लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर तयार पारेको शैक्षिक पाठ्यसामग्री शिक्षा मन्त्रालयले सार्वजनिक गरे पनि पछि प्रधानमन्त्रीको निर्देशनमा रोकिएको थियो । नेविसंघ सीटीईभीटीमा आवद्ध विद्यार्थीहरुले […]

सर्लाहीका अवैधानिक १६ क्रसर उद्योग बन्द   

१३ असोज, सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् । वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड– २०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एंव प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । ‘जिल्ला […]

बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता

१२ असोज, बागलुङ । यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाको मृत्यु भएको छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका-९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका-१ मा खसेको पहिराले […]

नेपालमा पदयात्रा र पर्वतारोहण खुला, ७ दिन क्वारेन्टिन अनिवार्य

१३ असोज, काठमाडौं । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । […]

बालुवा झिक्ने क्रममा पुरिएर एकजनाको मृत्यु, २ जना घाइते   

१३ असोज, वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा मंगलबार बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिए । उनीसँगै बालुवा निकाल्ने […]

पढाइ शुल्क तिर्न नसक्दा गाडी मिस्त्री

१३ असोज, कर्णाली (सुर्खेत) । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका-४ (साविक सुकाटिया २) कालीकोटका खेमराज चौलागाईं १६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलाइन्छ र सधैझैं उत्तानो परेर गाडी बनाइरहेको देखिन्छन् । हिजोआज धेरै अभिभावकका बालबालिका […]

बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण

१३ असोज, हेटौंड । बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी हुन् । असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले […]

कर्मचारीमा कोरोना देखिएपछि लेकबेसी नगरपालिका बन्द

१३ असोज, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि सुर्खेतको लेकवेशी नगरपालिकाको सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत पाँचजना कर्मचारी र एकजना जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि नगरपालिका एक साताका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार नगरपालिका र वडा कार्यालयहरुका सबै सेवा बन्द गरिएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/30klM7D
via IFTTT
Powered by Blogger.