Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली पठाउन दलहरूको आग्रह

११ असोज, सुर्खेत । हुम्लाका राजनीतिक दलहरूले नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली पठाउन संघीय सरकारसँग आग्रह गरेका छन् । शनिबार बसेको सर्वपक्षीय बैठकले प्राविधिक सहितको विज्ञ टोली हुम्ला पठाएर लाप्चा क्षेत्रमा देखिएको सीमा विवादलाई समाधान गर्न आग्रह गरेको कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए । संघीय सांसद छक्कबहादुर लामा नाम्खाका स्थानीय नागरिकले […]

रुपन्देहीमा साइकल लेनको माग गर्दै र्‍याली

११ असोज,बुटवल । लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भैरहवा–लुम्बिनी सडकखण्डमा साइकल लेन बनाउन माग गर्दै रुपन्देहीमा आइतबार साइकल र्‍याली निकालिएको छ । साइकल सिटी भैरहवाले पर्यटन दिवसको अवसर पारेर भैरहवाबाट लुम्बिनीसम्म र्‍याली भएको हो । र्‍यालीमा ७७ जना साइकल यात्री सहभागी भएका थिए । भैरहवा–लुम्विनी सडक विस्तारको काम भइरहेकाले राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पर्यटन दिवसको अवसरमा […]

डलर सटहीको नाममा लुट्ने गिरोह समातियो

११ असोज, काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई गएर फर्किएपछि ललितपुरका दिपेश गुरुङले सुनका गहना जोडजाम गरेका थिए । कोरोना महामारीका कारण फुर्सदिलो भएका उनले सिक्री लगाएका तस्वीरहरु फेसबुकमा अपलोड गरे । त्यसको केही समयमै अस्वभाविक रुपमा एक महिलाको सम्पर्कमा पर्दा उनले ३ लाख रुपैयाँ गुमाएका छन् । ‘एक महिनाबाट फेसबुकमा कुराकानी भइरहेको थियो, भेट्न […]

बझाङमा एउटा घटना गाउँमै मिलाउँदा अर्को बलात्कार र हत्या

११ असोज कैलाली । बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट हिँडेकी बझाङ मष्टा गाउँपालिका–२ कि १२ बर्षीया सम्झना विश्वकर्मा साँझसम्म फर्किइनन् । १० मिनेटको पैदल दुरीमा रहेको गोठमा गएकी उनी तीन घण्टासम्म पनि नफर्किएपछि परिवारले खोजी गरे । त्यसक्रममा शिवमाण्डौ मन्दिरमा बालिकाको शव भेटियो । त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरीले […]

गोरखामा सेनाले बनायो विद्यालय भवन

११ असोज, गोरखा । गोरखा नगरपालिका–८ खल्लुवोटेस्थित नेपाल राष्ट्रिय भूपू सैनिक विद्यालयले नयाँ भवन पाएको छ । शीघ्र प्रभाव आयोजना अन्तर्गत नेपाली सेनाबाट विनियोजित २५ लाख रकमबाट उक्त भवन निर्माण भएको हो । नव निर्मित चार कोठे भवनको आइतबार एक कार्यक्रमकाबीच नेपाली सेनाका ३ नम्बर बाहिनीपति सागरबहादुर थापाले उद्घाटन गरेका छन् । नवनिर्मित भवनको संरक्षण […]

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु       

११ असोज, का ठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-७ बहानन्देस्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन्द्र ओख्राबु लिम्बु रहेका छन् । सडकमा हिँडिरहेको समयमा लिम्बुलाई ना.६ त ३००० नम्बरको ट्याक्टरले आइतबार बिहान ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । ट्याक्टर […]

ऐतिहासिक असन बजारमा कोरोनाको मार

११ असोज, काठमाडौं । झण्डै एक किलोमिटर रिक्सा तानेर यात्रु ओरालेपछि दलबहादुर तामाङले अन्नपूर्ण मन्दिरको दाहिनेपट्टि रिक्सा अड्याएर लामो सुस्केरा हाले । यी ६५ वर्षीय वृद्धलाई पछिल्लो ३ सालदेखि त्यही असनले साहारा दिइरहेको छ । अपराह्न ३ बजे उनको त्यो तेस्रो टिप थियो । योसँगै उनले आजको गाँसको जोहो भएको संकेत स्वरूप सुस्केरा छाडे । […]

मल्लकालकै शैलीमा फर्कियो बालगोपालेश्वर, सोमबार गजुर राखिँदै

११ असोज, काठमाडौं । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा सोमबार गजुर प्रतिस्थापन गरिने भएको छ । यो मन्दिरको लामो समयको विवादपछि निर्माण भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार सोमबार मध्यान्हमा जुरेको शुभ साइतमा मन्दिरमा गजुर राखिनेछ । क्षमता पुजा पनि हुनेछ । उनका अनुसार अब पहिलो चरणको योजनाअनुसार पोखरी वरपर सरसफाइ लगायतको केही […]

नेकपाको इन्जिनियरिङ एसोसिएसनमा विवाद

११ असोज, काठमाडौं । सत्तारुढ नेकपाको इन्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन (पिन) को विवाद चर्किएको छ । साविक एमाले र माओवादी मिलेर नेकपा बनेपछि सबै जनवर्गीय संगठनहरुको एकतामा विभिन्न किसिमका विवादहरु देखापरिरहेको छ । दुइवर्ष अगाडि पूर्व एमाले र माओवादीको इन्जिनियरहरुको केन्द्रीय कमिटी एकता भएपनि प्रदेश कमिटीहरुमा विवाद थियो । बागमती, कर्णाली, सुदुरपश्चिम र गैरभौगोलिक […]

चन्द्रप्रसाद हत्या आरोपमा पाँच जना पूर्पक्षका लागि थुनामा

११ असोज, विराटनगर । मोरङको बेलबारी नगरपालिका– ५ कसेनीका चन्द्रप्रसाद राईको हत्यामा संलग्नको आरोप लागेका सातमध्ये पाँचजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । दुई जनालाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले शुक्रबार थुनछेक बहसपछि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका सातमध्ये पाँचजनालाई […]

बिजुलीबजारको पुलमा रंगरोगन

११ असोज, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिज अन्य पुलभन्दा भिन्न छन् । यसलाई अझ सुन्दर बनाउने गरी सडक विभागले रंगरोगन थालेको छ । यसअघि नै यो पुलमा सडक उज्यालिने गरी बत्ती जोडेर साँझमा झिलीमिली देखिने बनाइसकिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीका अनुसार यो पुलमा रंगरोगन […]

ग्रेडिङमा असन्तुष्टि जनाउँदै क्यानलाई खेलाडीको ध्यानाकर्षणपत्र

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सार्वजनिक गरेको पुरुष र महिला क्रिकेटरको ग्रेडिङलाई लिएर उत्पन्न विवाद गहिरिँदै गएको छ । ग्रेडिङमा भएका त्रुटि र विरोधाभाषका कारण राष्ट्रिय टिमकै खेलाडीहरु सन्तुष्ट छैनन् । गत मंगलबार चितवनमा बसेको नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकबाट खेलाडीको ग्रेडिङ लिस्ट सार्वजनिक भएको थियो । पुरुषमा १८ […]

केन्द्र विवादले ३ महिनादेखि रोकियो गण्डकी गाउँपालिकाको गाउँसभा

११ असोज, गोरखा । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस निकट जनप्रतिनिधिबीचको विवादले गोरखाको गण्डकी गाउँपालिकाको गाउँसभा शनिबार पनि स्थगित भयो । गाउँ कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ । तर कानुनले तोकेको समय भन्दा ३ महिना ढिला भइसक्दा पनि जनप्रतिनिधिहरु गाउँपालिकाको […]

कर्णालीमा थपिए ४५ कोरोना संक्रमित

११ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार ४५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३३ जना संक्रमित भएका छन् । जसमा ९ जना कर्मचारी, ३ जना सुरक्षाकर्मी, २/२ […]

७८ दलले बुझाएनन् खर्च विवरण, साझा पनि चुक्यो

११ असोज, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण निर्धारित समयभित्र आयोगलाई नबुझाएको भेटिएको छ । आर्थिक पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने साझा पार्टीसमेत समयमा विवरण बुझाउन चुकेको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा बुझाउनुपर्छ । आयोगमा बुझाएको […]

‘पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू’

११ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको छ । उनले भनेका छन्, ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि […]

उपत्यकामा ८०९ संक्रमित थपिए, थप ५ जनाको मृत्यु

११ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ र ललितपुरका २ जनाको मृत्यु भएको छ । काठमाडौं ६१ र ६२ वर्षका पुरुष तथा ५० […]

अज्ञात रोगबाट सुनकोसी गाउँपालिकामा ५० बाख्रा मरे  

११ असोज, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए । ‘कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा […]

कोरोना परीक्षणको रिपोर्ट प्रयोगशाला आफैंले दिनू : मन्त्रालय

११ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना परीक्षणको रिपोर्ट आफैं दिन प्रयोगशालाहरुलाई आग्रह गरेको छ । यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिने गरेको थियो । अब संक्रमितहरुलाई होम आइसोलेसनमा समेत राखिने भएकाले ल्याबहरु आफैंले जानकारी दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

इजरायलको रोजगारी : ‘शून्य लागत’ को नीति मिचेर सरकारले नै श्रमिकबाट पैसा उठाउने

११ असोज, काठमाडौं । नेपालले इजरायलसँग असोज १४ गते श्रम सम्झौता गर्दैछ । पाँच सय नेपाली केयर गिभर लैजाने गरी हुन लागेको यो सम्झौतामा हस्ताक्षर गर्न सरकारले इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यलाई अनुमति दिइसकेको छ । श्रम विज्ञहरुले भने यो श्रम सम्झौतामाथि प्रश्न उठाएका छन् । सरकारले म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउँदा सबै शुल्क सम्बन्धित […]

एकैदिन १५७३ जनामा कोरोना संक्रमण पुष्टि

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा ५२४ महिला र १०४९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार […]



from समाचार – Online Khabar https://ift.tt/3cyhlLt
via IFTTT
Powered by Blogger.