समाचार
१२ असोज, कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत अहिलेसम्म प्रदेश सरकारले प्राप्त गर्न सकेको छैन । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा […]
१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएको छ । झापा, सुनसरी, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर, चितवन, गुल्मी, जाजरकोट र कैलालीका एकएक जनाको मृत्यु भएको वास्थ्य तथा जनसख्ंया मन्त्रालय तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनााएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४८८ पुगेको छ […]
१२ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी लक्षित लकडाउन सुरु हुनुभन्दा दुई दिन पहिले ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले ४ बैशाखदेखि कार्य प्रारम्भ गरेको छ । स्थानीय तहमार्फत गरिएको प्रारम्भिक लगतअनुसार देशभरी १४ लाख भूमिहीन परिवार रहेको आयोगको निश्कर्ष छ । उनीहरूलाई व्यवस्थित […]
१२ असोज, काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३२ जना महिला सांसद १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई कडा सजायको पक्षमा उभिएका छन् । यसका लागि सार्वजनिकरुपमा दबाब सिर्जना गर्न उनीहरुले ‘टाक्सफोर्स’ नै गठन गरेका छन् । सोमबार भएको महिला सांसदको भेलामा बलात्कारीलाई कस्तो सजाय दिन सकिन्छ भन्नेबारे गर्मागर्मी बहस भयो । […]
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने यो समूहको चेतावनी छ । पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी […]
१२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था […]
१२ असोज, काठमाडौं । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । ‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण […]
१२ असोज, काठमाडौं । सरकारले थप ३ वटा सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । सडक विभागले यस वर्ष धरान–लेउतीरोड, गोदाबरी (ललितपुर)–मानेभञ्ज्याङ (काभ्रे) र दिपायल (डोटी)–खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको हो । ‘सुरुङमार्ग विकास कार्यक्रम’ नै बनाएर विभागले अध्ययनको काम अघि बढाएको छ । ३ वटै सुरुङमार्गको अध्ययन अघि बढाउन परामर्शदाता छनोटको काम […]
१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ […]
१२ असोज, काठमाडौं । नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएको छ । योसँगै नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशमा समायोजन गर्ने बाटो खुलेको छ । ऐनले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर प्रदेश मातहत रहने परिकल्पना गरेपछि विवाद भएको थियो । त्यही विवादका कारण समायोजनसम्बन्धी खाका मन्त्रिपरिषदबाट […]
१२ असोज, वीरगञ्ज । मिर्गौलाको उपचार र शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीमा कोरोना संक्रमण देखिए अबदेखि पर्सामा उपचारको समस्या नहुने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले सोमबार सरोकारवालासँग छलफल गरी समस्या समाधानको बाटो पहिल्याएको हो । बैठकले कोरोना संक्रमित मिर्गौलाका बिरामी, शल्यक्रिया गर्नुपर्ने व्यक्ति र गर्भवतीमा कोरोना संक्रमित भए नेसनल मेडिकल कलेजले स्थापना गरेको […]
१२ असोज, काठमाडौं । सरकारले नक्सालस्थित नेपाल बाल संगठनको परिसरका दुई विद्यालय सारेर बालमन्दिरका बालबालिका राख्ने निर्णय गरेको छ । हाल बाल संगठनको परिसरमा सञ्चालन भएका आदर्श आधारभूत विद्यालय र केन्द्रीय बहिरा उच्च माविलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने र त्यहाँका संरचना मर्मत सम्भार र नयाँ संरचना निर्माण गरेर बालमन्दिरमा रहेका बालबालिकाको आवास बनाउने निर्णय आइतबारको […]
१२ असोज, काठमाडौं । ललितपुर र प्युठानमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२३ धापाखेल डाउनटाउन बस्ने मानबहादुर केसीको घरको बाहिरी भागमा टायल राख्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने बाराको देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको मृत्यु भएको हो । घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले […]
१२ असोज, काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित बनेको ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनल कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीका सञ्चालक पारस केसीले दायर गरेको रिटको सुनुवाई गर्दै कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । गत चैतमा चीनबाट […]
१२ असोज, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको छ । महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको सोमबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय […]
१२ असोज, जनकपुरधाम । प्रदेश २ मा एकैपटक ९८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २२७ जना महिलासहित ९८७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो अवधिमा सबैभन्दा बढी बाराका २०५ जना संक्रमित डिस्चार्ज भएका छन् । रौतहटका २०१ जना निको हुँदा महोत्तरीका […]
१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न निर्देशन दिइसकेको बताएका छन् । पञ्चायती बस्ने र बलात्कारको घटनामा मेलमिलाप गराउनेलाई मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको उनले बताए । बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ […]
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्लामा चीनले नेपाली भूमि मिचेको दाबी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् । मैले विज्ञ टोलीसहित परराष्ट मन्त्रालय, भूमि मन्त्रालय, नेपाली सेनाका प्रतिनिधि र त्यहाँका जनप्रतिनिधिहरुको संयुक्र टोली अनुगमनमा जान पर्यो भन्ने माग राखेकी छु,’ सांसद शाहीले अनलाइनखबरसँग भनिन । चीनले नेपालको भूमि मिचेको […]
१२ असोज, काठमाडौं । सरकारले उद्धार कार्यमा खटिने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई दिनको ३ सय रुपैयाँको दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० का दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको जानकारी दिए […]
१२ असोज, जनकपुरधाम । प्रदेश २ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा धनुषा र सर्लाहीका एक/एक जना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार सर्लाहीको हरिपूर्वा नगरपालिका- ३ घर भएकी ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि उनलाई […]
१२ असोज, काठमाडौं । कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् । सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले चर्को शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
from समाचार – Online Khabar https://ift.tt/348uTcC
via IFTTT