समाचार
१३ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा […]
१३ असोज, बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति […]
१३ असोज, बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई वटा वडामा जमिन भासिँदा तीन सय घर जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्वर ११ को ढुंगेशेरा र वडा नं. १२ को कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेका जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको हो । ‘जनप्रतिनिधि र सुरक्षा निकायले स्थलगत अध्ययन […]
१३ असोज, काठमाडौं । राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरे । बूढानीलकण्ठ नगरपालिकालाई २००, […]
१३ असोज, दिक्तेल । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम […]
१३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी भयो । आईपीएल इतिहासमा पहिलो पटक […]
१२ असोज, महेन्द्रनगर । प्रहरीले कञ्चनपुरको कृष्णपुर–१, दोमिल्लाबाट एउटा भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय लालबहादुर विष्ट र कमल थापा छन् । दुई दिनअघि गाउँमा भरुवा बन्दुक देखाएर आतंक सिर्जना गरेको भन्ने सूचना प्राप्त भएपछि गरिएको खोजतलासका क्रममा उनीहरुलाई पक्राउ गरिएको कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले अनलाइनखबरलाई बताए । थापाका अनुसार […]
१२ असोज, कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत अहिलेसम्म प्रदेश सरकारले प्राप्त गर्न सकेको छैन । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा […]
१२ असोज, काठमाडौं । सरकारले थप ३ वटा सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । सडक विभागले यस वर्ष धरान–लेउतीरोड, गोदाबरी (ललितपुर)–मानेभञ्ज्याङ (काभ्रे) र दिपायल (डोटी)–खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको हो । ‘सुरुङमार्ग विकास कार्यक्रम’ नै बनाएर विभागले अध्ययनको काम अघि बढाएको छ । ३ वटै सुरुङमार्गको अध्ययन अघि बढाउन परामर्शदाता छनोटको काम […]
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने यो समूहको चेतावनी छ । पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी […]
१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएको छ । झापा, सुनसरी, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर, चितवन, गुल्मी, जाजरकोट र कैलालीका एकएक जनाको मृत्यु भएको वास्थ्य तथा जनसख्ंया मन्त्रालय तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनााएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४८८ पुगेको छ […]
१२ असोज, काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३२ जना महिला सांसद १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई कडा सजायको पक्षमा उभिएका छन् । यसका लागि सार्वजनिकरुपमा दबाब सिर्जना गर्न उनीहरुले ‘टाक्सफोर्स’ नै गठन गरेका छन् । सोमबार भएको महिला सांसदको भेलामा बलात्कारीलाई कस्तो सजाय दिन सकिन्छ भन्नेबारे गर्मागर्मी बहस भयो । […]
१२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था […]
१२ असोज, काठमाडौं । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । ‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण […]
१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ […]
१२ असोज, काठमाडौं । सचिवालय बैठकबाट मन्त्रिमण्डल पुनर्गठनको निर्णयमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रालय फुटाउने गृहकार्य थालेको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे दैनिकजसो छलफल हुन थालेको छ । सोमबार भएको छलफलमा पनि पुनगर्ठनको मोडालिटी (सबै हटाउने, बहुसख्ंयक हटाउने वा केही […]
१२ असोज, काठमाडौं । नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएको छ । योसँगै नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशमा समायोजन गर्ने बाटो खुलेको छ । ऐनले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर प्रदेश मातहत रहने परिकल्पना गरेपछि विवाद भएको थियो । त्यही विवादका कारण समायोजनसम्बन्धी खाका मन्त्रिपरिषदबाट […]
१२ असोज, वीरगञ्ज । मिर्गौलाको उपचार र शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीमा कोरोना संक्रमण देखिए अबदेखि पर्सामा उपचारको समस्या नहुने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले सोमबार सरोकारवालासँग छलफल गरी समस्या समाधानको बाटो पहिल्याएको हो । बैठकले कोरोना संक्रमित मिर्गौलाका बिरामी, शल्यक्रिया गर्नुपर्ने व्यक्ति र गर्भवतीमा कोरोना संक्रमित भए नेसनल मेडिकल कलेजले स्थापना गरेको […]
अहिले मन्त्रालयको संख्या बढाउने चर्चा सुुरु भएको छ । यो चर्चासँगै केही मन्त्रालय थप्ने गृहकार्य पनि सुरु भएको समाचार आएको छ । विगतमा ५० जनाभन्दा पनि बढी मन्त्री बनाइएको तीतो यथार्थ हामीसँग छ । लहडका आधारमा मन्त्रालयको संख्या फोर्ने, मन्त्रीहरू थप्ने, मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा सही गर्ने जस्ता असंसदीय र विकृत रूप हिजोको […]
१२ असोज, काठमाडौं । सरकारले नक्सालस्थित नेपाल बाल संगठनको परिसरका दुई विद्यालय सारेर बालमन्दिरका बालबालिका राख्ने निर्णय गरेको छ । हाल बाल संगठनको परिसरमा सञ्चालन भएका आदर्श आधारभूत विद्यालय र केन्द्रीय बहिरा उच्च माविलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने र त्यहाँका संरचना मर्मत सम्भार र नयाँ संरचना निर्माण गरेर बालमन्दिरमा रहेका बालबालिकाको आवास बनाउने निर्णय आइतबारको […]
१२ असोज, काठमाडौं । ललितपुर र प्युठानमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२३ धापाखेल डाउनटाउन बस्ने मानबहादुर केसीको घरको बाहिरी भागमा टायल राख्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने बाराको देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको मृत्यु भएको हो । घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले […]
from समाचार – Online Khabar https://ift.tt/2HIOUPH
via IFTTT