Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महिला सांसदबीच बहस : बलात्कारीलाई मृत्युदण्ड कि लिंगछेदन ?

१२ असोज, काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३२ जना महिला सांसद १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई कडा सजायको पक्षमा उभिएका छन् । यसका लागि सार्वजनिकरुपमा दबाब सिर्जना गर्न उनीहरुले ‘टाक्सफोर्स’ नै गठन गरेका छन् । सोमबार भएको महिला सांसदको भेलामा बलात्कारीलाई कस्तो सजाय दिन सकिन्छ भन्नेबारे गर्मागर्मी बहस भयो । […]

बलात्कारमा मेलमिलाप गराउनेलाई पनि कारबाही हुन्छ : गृहमन्त्री थापा

१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न निर्देशन दिइसकेको बताएका छन् । पञ्चायती बस्ने र बलात्कारको घटनामा मेलमिलाप गराउनेलाई मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको उनले  बताए । बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ […]

बिहीबारदेखि दशैंलक्षित पाँच दर्जन सहुलियत मूल्यको पसल

१२ असोज, काठमाडौं । बजारको महँगी नियन्त्रण गर्न सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गते बिहीबारबाट सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म देशैभर ६० वटा सहुलियत मूल्यको पसल  सञ्चालन गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । ‘काठमाडौं उपत्यकामा १३ सहित […]

चीनले सीमा मिचेको भन्दै परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्लामा चीनले नेपाली भूमि मिचेको दाबी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् । मैले विज्ञ टोलीसहित परराष्ट मन्त्रालय, भूमि मन्त्रालय, नेपाली सेनाका प्रतिनिधि र त्यहाँका जनप्रतिनिधिहरुको संयुक्र टोली अनुगमनमा जान पर्‍यो भन्ने माग राखेकी छु,’ सांसद शाहीले अनलाइनखबरसँग भनिन । चीनले नेपालको भूमि मिचेको […]

गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरीलाई दिनको ३ सय भत्ता

१२ असोज, काठमाडौं । सरकारले उद्धार कार्यमा खटिने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई दिनको ३ सय रुपैयाँको दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० का दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको जानकारी दिए […]

प्रदेश २ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु

१२ असोज, जनकपुरधाम । प्रदेश २ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा धनुषा र सर्लाहीका एक/एक जना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार सर्लाहीको हरिपूर्वा नगरपालिक- ३ घर भएकी ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि उनलाई […]

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

१२ असोज, काठमाडौं । विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिन थालेको छ । अनशनको १५ औं दिनमा उनलाई छातिको दुखाई, रिंगटा लाग्नेलगायत विभिन्न स्वास्थ्य समस्याहरु देखिएको चिकित्सकले बताएका छन् । डा. केसीको हेरविचार गरिरहेको स्वास्थ्य टोलीका संयोजक डा. सुभाषप्रसाद आचार्यले विज्ञप्तिमार्फत उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा जनाइए अनुसार उनको […]

ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ३ जना घाइते

१२ असोज, काठमाडौं । मकवानपुरको चुरियामाईमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टर चालक बाराको परवानीपुर गाउँपालिका-१ बस्ने २२ वर्षीय लालबाबु यादव रहेका छन् । हेटौंडा उपमहानगरपालिका-१५ स्थित चुरियामाईमा ना.५ ख ४१६४ नम्बरको ट्रकले ना.३ त ६९३१ नम्बरको ट्याक्टरलाई सोमबार बिहान ठक्कर दिंदा […]

हेटौंडामा साबुन फ्याक्ट्रीको गोदाममा आगलागी, ५० लाखको क्षति

१२ असोज, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ स्थित महाशक्ति सोप (साबुन) फ्याक्ट्रीको कार्टुन गोदाममा आगलागी भएको छ । विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा कार्टुन, रेपर र केमिकल समेत जलेर करिब ५० लाख रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक […]

होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

१२ असोज, काठमाडौं । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेकी जाजरकोटकी एक महिलाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटकी ७६ वर्षीय महिलाको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुर लैजाने क्रममा सोमबार मृत्यु भएको हो । कोरोना संक्रमण भएको आशंकामा असोज ५ गते शिक्षण अस्पतालमै पीसीआर जाँच गराउँदा ६ गते कोरोना संक्रमण पुष्टि […]

कर्णालीमा थपिए ३३ कोरोना संक्रमित, १५ जना डिस्चार्ज

१२ असोज, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा […]

आशय करणी मुद्दामा १० दिन कैद सजाय तोकिएका चार जना पक्राउ

१२ असोज, सप्तरी । आशय करणीको मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार रहेका चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । चार वर्षअघि जिल्ला अदालतले आशय करणी मुद्दामा गरेको फैसला अनुसार ५ सय रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा डाक्नेश्वरी ४ का ७० वर्षीय बिन्देश्वर […]

सरकारले भन्यो : कोरोनाको जोखिम अझै पूर्वानुमान गर्न सकिन्न

१२ असोज, काठमाडौं । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । ‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण […]

प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

१२ असोज, काठमाडौं । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ । उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ ।  प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

१२ असोज, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते अस्पतालमा भर्ना भएकी थिइन् । दमको रोगी समेत रहेकी उनमा असोज १० गते […]

उपत्यकामा ८१७ संक्रमित थपिए, थप एकको मृत्यु

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी […]

विराटनगर र धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

१२ असोज, विराटनगर । कोरोना संक्रमणबाट विराटनगर र धरानमा एक/एक जनाको मृत्यु भएको छ । सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३८ वर्षीय महिला र नोबेल मेडिकल कलेज विराटनगरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । झापाको गौरादह-१ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको शिक्षण […]

१३५१ जनामा कोरोना संक्रमण पुष्टि

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ […]

सरकारलाई यातायात व्यवसायीको पत्र-आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याइयोस्

१२ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीका सिटभरि यात्रु राखेर चलाउन दिन लिखित माग पेस गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आधा सिटमा मात्रै यात्रु राख्न पाउने व्यवस्था हटाउन माग गरेको हो । महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले हस्ताक्षर गरेको पत्रमा कोभिड-१९को महामारीले थलिएको सार्वजनिक यातायात […]

पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु

१२ असोज, बुटवल । पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिकाको वडा नंं. ७ डबकामा सोमबार दिउँसो गोठ भत्किँदा गोठ मालिक स्थानीय ५५ वर्षका हरि लम्तरीको घटनास्थलमै मृत्यु भएको हो । गोठ भत्किँदा ४८ वर्षका अम्बरबहादुर पेग्नी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ । घटनामा एउटा भैंसी, पाडो […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित

१२ असोज, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले आन्दोलित भएका छन् । चिकित्सा सेवा सुधारको माग गर्दै अस्पतालमा कार्यरत सिनियर चिकित्सकहरु आन्दोलित बनेका हुन । आन्दोलित बनेका चिकित्सकले प्रतिष्ठानको सेवा सुधार गर्नुपर्ने, कोरोना संक्रमणविरुद्ध खटिका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउनु पर्ने, स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा गर्नुपर्ने, आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको […]



from समाचार – Online Khabar https://ift.tt/3360cWi
via IFTTT
Powered by Blogger.